गाउँठाउँको प्रचार गर्न म्युजिक भिडियो बनाउने लहर चलेको छ। गाउँलाई चिनाउने सजिलो माध्यम बनेका छन्, म्युजिक भिडियो। तनहुँ, ढोरको फिरफिरे गाउँ पनि विभिन्न भिडियोमा अटाएको छ।
मिलिनियम ट्रेकअन्तर्गत पर्ने फिरफिरे झोरा, रोइला, कौरा, सालैजो, सोरठी, ठाडो भाका, सुनिमायाजस्ता सांस्कृतिक हिसाबले पनि धनी छ। ग्रामीण पर्यटनमा पनि सघाउँदै आएको यस गाउँलाई म्युजिक भिडियोमा उतार्नु आवश्यक रहेको शब्द संकलक एवं निर्माता भीम गुरुङले बताए। भिडियोमा स्व. लोकबहादुर गुरुङको संगीत तथा निर्देशन र लब्सन गुरुङको नृत्य निर्देशन छ। प्रेम गुरुङले छायांकन गरेको भिडियोमा अञ्जना गुरुङको स्वर छ। यसमा झरना गुरुङ, वर्षा गुरुङ र अस्मिता गुरुङले अभिनय गरेका छन्।
प्रकाशित: १७ पुस २०७१ ११:०० बिहीबार





