२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

अपाङ्गता मैत्री संरचना निर्माणको माग गर्दै नगरलाई बुझाइयो ध्यानकर्षण पत्र

अपाङ्गताका क्षेत्रमा काम गर्ने झापाका चार संघ संस्थाले दमक नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । संस्थाका प्रमुख तथा प्रतिनिधिले दमक नगरपालिकालाई पहुँच युक्त भौतिक संरचना निर्माण गर्न ध्यानकर्षण गराएका हुन् ।

दमक अपाङ्ग सहयोग समितिका सचिव मदन बोहोराका अनुसार, नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भटराई प्रसाईलाई अपाङ्गता मैत्री योजना बनाइ नगरका भौतिक पूर्वाधार सबैका लागि पहुँचयोग्य बनाउने माग राखिएको छ।

ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालाई अपांगतामैत्री बनाउन अगुवाहरूले माग गरेका छन् । अपाङ्ग सहयोग समितिका कार्यवाहक अध्यक्ष मनमाया तिम्सिना, पूर्वाञ्चल बहिरा संघ अध्यक्ष रमेश श्रेष्ठ, अटिजम सोसाइटी झापाका अध्यक्ष रमेश रिजाल र आदिवासी महिला अपाङ्गता संघ दमककी सचिव पुनम भुजेलले संयुक्त रूपमा ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका थिए ।  

ध्यानाकर्षण पत्र बुझिसकेपछि नगर प्रमुख थापा र उपप्रमुख भटराईले अपाङ्गता भएका व्यक्तिहरुको माग कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन्।

नगरप्रमुख र उपप्रमुखको प्रतिवद्धतापछि पनि अपाङ्गताका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले प्रतिवद्धता कार्यन्वयनमा लैजान खबरदारी गरिरहने बताएका छन् ।  

 

प्रकाशित: २१ पुस २०८२ २०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App