३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

सप्तरी–३ः उपेन्द्र यादवलाई हराउँदै रास्वपाका अमरकान्त विजयी

सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन्।  

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतअन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। अमरकान्तले उपेन्द्रलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन्।

अमरकान्तले ३२ हजार ८७५ मत पाउँदा उपेन्द्रले १५ हजार २३९ मत प्राप्त गरे।

यस्तै, नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४२८, एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५, जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ८६९, नेपाली कम्युनिष्ट पार्टीका अरुण कुमार साहले १ हजार ६३५ मत प्राप्त गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App