फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ निर्वाचन क्षेत्रको मतपरिणाम धमाधम आइरहेको छ।
यो समाचार तयार पार्दासम्म १३६ क्षेत्रको अन्तिम मतपरिणाम आउँदा १०७ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ भने रास्वपाले १८ क्षेत्रमा अग्रता लिइरहेको छ।
यस्तै, १५ निर्वाचन क्षेत्रमा जित निकालेको नेपाली कांग्रेस २ क्षेत्रमा अगाडि छ। नेकपा (एमाले) ७ क्षेत्रमा विजयी हुँदा ३ मा अग्र स्थानमा छ।
यस्तै, चार क्षेत्रमा विजयी भएको नेकपाको ३ क्षेत्रमा अग्रता कायमै छ। यसैगरी एक क्षेत्रमा नतिजा आफ्नो पक्षमा पारेको श्रम संस्कृति पार्टीले दुई क्षेत्रमा अग्रता छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक-एक क्षेत्रमा निर्वाचित भएका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ ११:५८ आइतबार





