आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बु जिल्लाबाट नेकपा (एमाले) ले पाँच जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
आज सम्पन्न नेकपा (एमाले) सोलुखुम्बुको १०औं जिल्ला बैठकले प्रतिनिधि सभा सदस्यका लागि मानवीर राई, डुफकुमार बास्तोला, कल्पना राई, सूर्यकुमारी सुनुवार राई र वीर उदास श्रेष्ठलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले पार्टीको संगठनात्मक अवस्था, निर्वाचन रणनीति र उम्मेदवार छनोटबारे छलफल गर्दै ती नामहरू सिफारिस गरेको जनाइएको छ। सिफारिस गरिएका उम्मेदवारहरूको अन्तिम टुंगो पार्टीको केन्द्रीय नेतृत्वले लगाउनेछ।
प्रकाशित: २१ पुस २०८२ २०:२१ सोमबार





