२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

'झुम्की' बन्दै रिश्मा

फिल्म 'कबड्डी'को सफलतासँगै चर्चामा आएकी नयाँ अनुहार रिश्मा गुरुङ त्यसपछि अरू फिल्ममा देखिएकी थिइनन्। तर, सोझी थकाली युवतीको भूमिकामा दुरुस्तै देखिएकी रिश्मा अर्काे फिल्मका लागि अनुबन्ध भएकी छिन्। 
फिल्म 'दासढुंगा'का निर्माता अपिल विष्टले निर्देशन गर्ने फिल्म 'झुम्की'मा 'कबड्डी'को जोडी दयाहाङ राई र रिश्मा देखिने भएका छन्। सोसल ड्रामा भनिएको फिल्मलाई तीन सेड्युलमा छायांकन गरिने बताइएको छ। केही दृश्य पुसमा, केही फागुनमा र केही अर्काे वर्षको भदौमा गरी फिल्म पूरा हुने जनाइएको छ। फिल्मको कथा 'कबड्डी' निर्देशक रामबाबु गुरुङले लेखेका हुन्। फिल्मको मुख्य भूमिकामा मनोज आरसी, भोलाराज सापकोटा र प्रमोद अग्रहरि पनि छन्।

प्रकाशित: १७ पुस २०७१ १२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App