सिक्टाले छाड्यो खेतमा पानी
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ। आयोजनाले पश्चिम नहर र निर्माणाधीन पूर्र्वी नहरबाट पानी छाडेको हो।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ। आयोजनाले पश्चिम नहर र निर्माणाधीन पूर्र्वी नहरबाट पानी छाडेको हो।
मंगलबार दिउँसो काठमाडौंको रानीबारी र वनस्थली क्षेत्रको आकाशमा सलह देखिएको थियो। काठमाडौंको दक्षिणी क्षेत्रबाट सलहको झुण्ड प्रवेश गरेको बताइएको छ।
सवारी साधनकाे चाँपबढे संगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
यातायात क्षेत्रका मजदूर संगठनले सार्वजनिक सवारीसाधनको २० वर्षे अधिकत्तम आयू पुनर्विचार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग आब्हान गरेका छन् । सरकारले २० वर्षे आयु नाघेका सवारीसाधन विस्थापित गर्ने नीति अव्यवहारिक भएको भन्दै सवारीसाधनको अधिकत्तम आयु पुनर्विचार गर्न अनुरोध गरेका छन् ।
महालेखापरीक्षकको कार्यालयले कोभिड—१९ मा भएको खर्च, आम्दानी र कारोबारको अलग्गै लेखा परीक्षण गर्ने भएको छ । कोरोना महामारी नियन्त्रणका लागि भएको खर्च, जुटेको सहयोग लगायतका विषयमा कार्यालयले अलग्गै लेखा परीक्षण गर्ने भएको हो । महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक वर्ष सकिएपछि कोभिड—१९ नियन्त्रणका लागि भएको खर्च र भएको आम्दानी कोरोबार समेतको विशेष लेखा परीक्षण गरिने बताए ।
दाङमा सलहको ठूलो समुह प्रवेश गरेको छ । मंगलबार दाङको देउखुरी क्षेत्रबाट घोराही क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरेको हो । घोराही क्षेत्रको आकाशमा मंगलबार दिउँसो ठूलो संख्यामा रहेको सलहको झुण्ड घन्टौं सम्म उडेको थियो । आकाशमा उडेको सलह घोराहीबाट उत्तर पश्चिम क्षेत्रमा गएको छ ।
आर्थिक वर्ष २०७७।०७८ को बार्षिक बजेट एवम् नीति तथा कार्यक्रममा अध्यक्ष कृषि आयोजना र उपाध्यक्ष नारी उद्यमशिलता कार्यक्रम अघि सारेको हो । अध्यक्ष कृषि आयोजना अन्र्तगत गाउँपालिकाले एकघरःदश ओखर,एकघरः बीस घ्यूफल,एकघर ः सय भुँईकटहर अभियान ल्याएको छ ।
पाटन नगरपालिकाले कोरोना भाइरस रोकथाममा दुई करोड रुपैयाँ छुट्टाएको छ । आगामी आर्थिक वर्षको लागि उक्त रकम छुट्टाएको हो । स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत् कोरोना भाइरस नियन्त्रण रोकथाम र व्यवस्थापनमा सो रकम खर्च गरिने नगपालिकाले जनाएको छ ।
‘नेपालको भन्दा फरक कुरा के छ, भने उनीहरुले यात्रुलाई एकैपटक हुलमा लिने गरेको देखियो । हामीले ३०–३० जना गरेर जहाजभित्र लैजाने र ल्याउने गरेका छौं,’ उनले भने, ‘हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सामाविक दूरीका लागि मार्किङ गरिएको छ । स्वास्थ्य सजगता अपनाइएको छ । यसले पनि अरु देशको व्यवस्थापनको तुलनामा हामी पनि अगाडि छौं भन्ने देखिएको छ ।’
बाँकेमा लामो समयदेखी मापदण्ड विपरित सञ्चालित २४ वटा क्रसर उद्योगको बिद्युत लाइन काटिएको छ । जिल्ला अनुगमन समिति बाँकेको सिफारिसमा नेपाल बिद्युत प्राधिकरणले ति क्रसर उद्योगको लाइन काटिदिएको हो । समितिले मापदण्ड विपरित सञ्चालित २४ वटा क्रसर उद्योग बन्द नै गर्नुपर्ने निर्णय गरेपछि लाइन काटिएको हो । घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका अनुसार जिल्लामा तीन वटा क्रसर उद्योगको मात्र मापदण्ड पुगेको छ ।
अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन्। नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी आवको साउनदेखी बैंक वित्तीय संस्थाको ब्याजदर एकल अंकमा झर्नै दावि गरेका छन्।
कामना सेवा विकास बैंकले अनलाईन कर्जा सेवा सञ्चालनमा ल्याएको छ। ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ सुरु भएको उक्त योजना अन्तर्गत अब ग्राहकले घरमै बसेर कर्जा लिन सक्नेछन्।
गण्डकी प्रदेशमा मध्य असार सम्ममा ३६ प्रतिशत रोपाईं सम्पन्न भएको छ । गण्डकी प्रदेशमा कुल खेती योग्य जमिन एक लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल रहेकोमा सोमबार असार १५ गते सम्ममा ३६.२७ प्रतिशत रोपाईं सम्पन्न भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक निलकण्ठ पोखरेलले जानकारी दिए ।
नेप्से परिसूचकमा लगातार तेस्रो पटक सकरात्मक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर बजार बन्द भएको छ। कारोबार सूरु भएपछि नेप्से परिसूचक तेस्रो पटक ६ दशमलव ६ प्रतिशतले बढेपछि सकरात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द भएको हो।
मुलुकमा कोरोना महामारी सूरु भएपछि स्थापना गरिएको कोरोना नियन्त्रण र उपचार कोषबाट सरकारले ५५ करोड ६३ लाख भुक्तानी दिएको छ। हालसम्म कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा करिब २ अर्ब ३५ करोड रुपैयाँ संकलन भएकोमा पहिलो पटक उक्त रकम भुक्तानी दिइएको हो।
नेपाल रेडक्रस सोसाइटी र कोकाकोला फाउन्डेसनले सहयोग स्वरूप उपलब्ध गराएका स्वास्थ्य सामग्री बुझ्दै अहिलेसम्म देशमा संक्रमण भएका १३ हजार संक्रमितमध्ये ९४ प्रतिशत विदेशबाट आएका र ६ प्रतिशत समुदायस्तरमा संक्रमण फेला परेको उनले बताएका हुन् ।
धान रोपाइँका लागि उपयुक्त मानिने वर्षातकाे समय असार १५ बितिसक्दा हिमाली जिल्ला म्याग्दीमा ४० प्रतिशत रोपाइँ भएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा रहेका खेतहरूमा धान रोपाइँ गरिएको हो । यसवर्ष समयमै मनसुन सुरु भएको हुँदा जिल्लाको अधिकांश ठाउँमा रोपाइँ भैरहेकाले हालसम्म जिल्लामा ४० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
आजको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको ४८ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार राेकिएकाे हाे ।
ट्याक्सी व्यवसायी स्यानिटाइनजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यसअघि नै ज्ञापनपत्र बुझाएका थिए । सरकारबाट माग सम्बाेधन नभएपछि आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।
कृषिविज्ञ मदन राईले प्रतिकिलो १०० रुपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन्। भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १०० रुपैयाँमा खरिद गर्ने बताएका हुन्।
आयातीत सामानको परल मूल्यलाई कम गरी भन्सार राजस्व तिरेकै कारण धेरै व्यवसायीले बिलबिजक जारी गर्न सकेका छैनन्। यसले सामान आयात गर्नेदेखि उपभोक्तालाई बेच्ने तल्लो तहसम्मको सिंगो व्यापारलाई अपारदर्शी बनाएको छ।
राष्ट्रिय धान दिवसको कार्यक्रम उद्घाटन गर्न सिन्धुली पुगेका कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सलह भगाउन ‘मेटल म्युजिक’ बजाउन सकिने तरिका सुझाए। ‘हेभी मेटल म्युजिक बजेपछि जहाँको त्यही कक्रक्क हुँदो रहेछ,’ अस्ट्रेलिया बस्ने भाइले सिकाएको उपाय सापटी लिएको बताउँदै उनले थपे, ‘सलह जहिले आउला त्यसैबेला गरौंला भन्ने पनि थियो तर केही सूचना संकलन गर्ने काम पनि भएको थियो।’
पर्यापर्यटन प्रवद्र्धनका लागि डिभिजन वन कार्यालयको सहयोगमा ताप्लेजुङका बिभिन्न स्थानमा पदमार्ग निर्माण तथा दर्शनीय स्थलहरुको विकास गरिएको छ ।
प्रदेश न. ५ मा फेरी भारत हुँदै पहिलेको भन्दा ठूलो संख्यामा सलहको झुन्ड छिरेको छ । रुपन्देही र कपिलवस्तुमा भारत हुँदै बाक्लो मात्रामा सोमबार दिउँसोदेखि सलह आएको स्थानीयहरूले बताएका छन् । पहिलेको भन्दा बाक्लो झुन्ड आकाशमा देखिएको स्थानीयलाई उदृत गर्दै कार्यदलका संयोजक एंव बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले बताईन ।