२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मिक्वाखोलाको नीति तथा कार्यक्रम

एक घरःदश ओखरदेखि सय भुईकटहरसम्मका लागि बजेट

आर्थिक वर्ष २०७७।०७८ को बार्षिक बजेट एवम् नीति तथा कार्यक्रममा अध्यक्ष कृषि आयोजना र उपाध्यक्ष नारी उद्यमशिलता कार्यक्रम अघि सारेको हो । अध्यक्ष कृषि आयोजना अन्र्तगत गाउँपालिकाले एकघरःदश ओखर,एकघरः बीस घ्यूफल,एकघर ः सय भुँईकटहर अभियान ल्याएको छ ।  

यस्तै पशुपालनमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउन एक टोल एक फार्म कार्यक्रम अघि सारेको छ । जस अन्र्तगत टर्की,बाख्रा र बंगुर पालन कार्यक्रममार्फत गाउँपालिकालाई मासुमा पूर्णतया आत्मनिर्भर बनाईने गरी नीति ल्याएको छ । गाउँपालिकाले एक वार्डःएक कृषि उपज संकलन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । उसले कृषि उपज उत्पादन व्यवस्थापनका लागि एक कृषि बजारःएक चिस्यान केन्द्र स्थापना गर्ने पनि भनेको छ । सिताके च्याउ, बेसार, अदुवा, टिमुर र  चिम्फिङ खेती तथा प्याकेजिङ उद्योग स्थापनालाई गाउँपालिकाले मूल लक्ष्यको रुपमा राखेको छ ।  

उपाध्यक्ष नारी उद्यमशिलता कार्यक्रम अन्र्तगत नारी उद्यमशिलता क्षमता विकास तालिम,नेतृत्व विकास तालिम,महिला उद्यमीलाई औजार र उपकरणका अनुदान सहितका कार्यक्रम अघि सार्ने नीति तथा बजेट तर्जुमा गरिएको गाउँपालिका अध्यक्ष रामकुमार साँवाले जानकारी दिए । गाउँपालिकाले स्थानीय सहकारीमार्फत सार्वजनिक यातायात सञ्चालनको सहजीकरणका लागि सम्भाव्यता अध्ययन समेत गर्ने भएको छ ।  

 

 

प्रकाशित: १६ असार २०७७ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App