२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकमा किओस्क मेसिनबाटै खाता खोल्ने सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ।

बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो।

बैंकमा खाता खोल्न ग्राहकले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट सहजै आफ्नो बैंक खाता खोल्न सक्ने छन्।

यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरू किओस्क मेसिन माफ्र्त प्रदान गर्नुपर्नेछ। आवश्यक कागजातहरू प्रविष्टी गरेपछि खाता नम्बर उपलब्ध गराइनेछ। हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ।

प्रकाशित: १५ माघ २०८२ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App