२२ असार २०७७ सोमबार
अर्थ

कामना विकास बैंकको अनलाईन कर्जा

कामना सेवा विकास बैंकले अनलाईन कर्जा सेवा सञ्चालनमा ल्याएको छ। ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ सुरु भएको उक्त योजना अन्तर्गत अब ग्राहकले घरमै बसेर कर्जा लिन सक्नेछन्।  

लकडाउनका कारण घर बाहिर निष्कन सक्ने अवस्था नभएका कारण घरमै बसेर बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन/ आवेदन गर्न सकिने बैंकले जनाएको छ। उक्त योजना सञ्चालन भएपछि बैंकका हरेक शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेसनल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सकिने जनाइएको छ।  

नेपाल राष्ट्र बैंकवाट 'ख' वर्गको इजाजत प्राप्त बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैकिङ, सि–आस्वालगायतका माध्यमबाट बैंकिङ् सेवा प्रदान गर्दै आएको छ।  

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकका १ सय २३ वटा शाखा तथा ६४ वटा एटिएम वुथ सञ्चालनमा छन्।

 

प्रकाशित: १६ असार २०७७ १६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App