२२ असार २०७७ सोमबार
अर्थ

बैंकको ब्याजदर एकल अंकमा आउँछः मन्त्री खतिवडा

अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन्। नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी आवको साउनदेखी बैंक वित्तीय संस्थाको ब्याजदर एकल अंकमा झर्नै दावि गरेका छन्।  

बैंक वित्तीय संस्थालाई कर्जामा ब्याजदर घटाउँदा निक्षेपकर्तालाई कति ब्याज दिने, बैंकको कर्जा र निक्षेपको ब्याज मिलाउनु निर्देशन दिइसकेको बताउँदै उनले यो समस्या आगामी आवको मौद्रिक नितीमार्फत सम्वोधन गरिने बताए।  

सरकारले रोजगारीको लागि विदेश जाने नेपालीलाई सहजिकरण गरेको बताउँदै उनले आगामी आवमा मुलुकको आर्थिक अवस्था पुरानै गतिमा फर्कने उनले दाबी गरे।  

त्यसैगरी, विदेशी मुद्रा सञ्चिती अहिलेसम्मको बढी रहेको र आगामी आवमा विप्रेषण अपेक्षा भन्दा बढी नै आउने गरेको बताए।  

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म कूल विदेशी मुद्रा सञ्चिति १० अर्ब ७८ करोड अमेरिकी डलर छ।

रेमिट्यान्स, विेशी सहायता, सरकारी ऋण र लकडाउनका कारण आयात आयात घटेपछि विदेशी मुद्रा सञ्चिती बढेको हो।  

चालु आवको विदेशी मुद्रा सञ्चिती विगत तीन वर्षयताको उच्च हो। यसअघि विस् २०७४ असारमा १० अर्ब ७६ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिती रहेको थियो।

 

प्रकाशित: १६ असार २०७७ १६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App