आत्मनिर्वासन
आज जति झुन्ड र झन्डामा विभाजित भए पनि मानिसका शोकगीत एकै छन्। जीवनगीत एउटै बनाउने कोसिसमा मानिसहरू अनेक टुक्रामा विभाजित बने। टुक्रा–टुक्राबाट जीवनको सग्लो सौन्दर्य बनाउनसके यी झुन्ड र झन्डा सार्थक होलान् !
आज जति झुन्ड र झन्डामा विभाजित भए पनि मानिसका शोकगीत एकै छन्। जीवनगीत एउटै बनाउने कोसिसमा मानिसहरू अनेक टुक्रामा विभाजित बने। टुक्रा–टुक्राबाट जीवनको सग्लो सौन्दर्य बनाउनसके यी झुन्ड र झन्डा सार्थक होलान् !
सरकारले कोरोना रोकथाम प्रभावकारी ढंगले गर्न सकेन भनेर सडकमा प्लेकार्ड बोकेर मुर्दावाद जिन्दावादभन्दा चाहिँ कोरोना रोकथाममा सहयोग पुर्याउँछ । हाम्रो चेतनाको स्तर जति बढ्दै गएको छ त्योभन्दा धेरै हामी आक्रन्त र धैर्यता गुमाउँदै छौं ।
हरेकका मनबाट त्रासदीपूर्ण तस्बिर अझै हट्न सकेका छैनन्। हटोस् पनि कसरी ? महामारीकोयो रोग आएको पनि झण्डै चार महिना भइसकेको छ। ठाउँठाउँ होहल्ला मच्चिएको नै छ। त्यसो त धेरैका इहलीला मात्र होइन, पटक पटक अलग अलगरूपमा प्रकृतिले हामीलाई दौडाएको छ।
अध्यात्म मलमपट्टी हो। दुखेको छ, ठीक छ, बिस्तारै निको हुन्छ भन्दै जीवन र दिनचर्यालाई रमाएर निरन्तरता दिन अध्यात्मले सिकाउँछ। तिमीले आफूलाई सिकाउँछौ सिर्फ पहिला आफूलाई चिन। आफ्नो प्रकृतिलाई चिन।’
कतै हाम्रो सम्बन्ध भारतले दिँदै आएको अनुदानमा लुट्पुटिएको त हैन? भुटेको मकै दिएर मकैबारी हडप्ने जमिन्दारको कथा सार्थक हुन खोजिरहेको त छैन?
नेपालका लागि व्यावसायिक शिक्षा यस्तो हुनुपर्छ, जसले स्थानीय तहमा रहेका प्राकृतिक स्रोत र साधनलाई धेरैभन्दा धेरै उपयोग गरी उत्पादन वृद्धि गर्दै देशको आर्थिक र रोजगारीका क्षेत्रमा महत्वपूर्ण योगदान गरोस् ।
खोल्सामा टिनले बारेको खुला चर्पी प्रयोग गर्दै आएको गाउँमा व्यवस्थित आधुनिक चर्पी बनाउनु सामान्य कुरा थिएन। चर्पी अभियान सफल बनाउन ठूलै पापड बेल्नुप-यो। ठूलै लडाईं जित्नु प-यो।
नेपालमा २०३३ सालदेखि गाँजा, भाङ, चरेसको खेती र कारोबारमाथि प्रतिबन्ध लगाइयो । भाङबाट हुने औषधोपचार पनि गर्न दिइएन । अधिकांश नेपालीको आयआर्जनको स्रोत मासियो ।
नेपालले आफ्नो एक इन्च जमिन कसैलाई छाड्न सक्दैन र अरुको एक इन्च जमिन पनि लिँदैन । हामी यो कुरामा गौरवान्वित छौँ कि नेपालले विश्वसामु कहिल्यै घँुडा टेक्नुपरेन । न त विश्वसामु नेपालले कहिल्यै शिर निहुराउनुप¥यो, हामी सदैव शिर ठाडो पारेर हिँड्ने वीर नेपाली हौँ ।
परिस्थिति सामान्य भएका बेला त राम्रो सम्मान पाउन नसकेका निजी संस्थामा काम गर्ने शिक्षकको अहिलेको जनजीवन झन् बढी कष्टकर बनेको छ ।
अधिकांश गैर दलितहरू कथित उच्च जातीय अहंकारको दलदलमा मानवीय चेत र विवेक गुमाएर कसरी मौन बस्छन् र दलितको मुद्धा दलितकै मुद्धाका रूपमा मात्र हेरिन्छ भन्ने कुरो रुकुम घटनाले देखाएको छ।
यो ग्रहण ऐन्द्र पर्वमा परेकाले शासकहरूमा परस्पर वैमनस्य, युद्धको स्थिति, शासनको अस्थिरता, जाडोमा तयार हुने बालीको हानी, प्रायः कुशलता र शान्ति व्यवस्थामा कमी रहन्छ।
आजको दिनमा संसारका धेरै देश आपूर्ति शृंखला (सप्लाई चेन) मा आबद्ध छन् । जब सयौं देशमा सञ्चालन भएको कम्पनीमध्ये एक देशका मात्रै कामदार बिरामी परे वा अहिले जस्तो महामारीको संकुचनलाई सीमित गर्न सामाजिक दूरी आवश्यक पर्नाले आपूर्ति शृंखलामा बाधा पु¥याउँछ । फलस्वरूप धेरै देशले घरेलु उत्पादनलाई प्राथमिकता दिन थाल्छन्, जसले गर्दा विश्वव्यापी रूपमा आवश्यक चिजको अभाव द्रूत रूपमा विकसित हुन सक्छ ।
सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राख्नुका साथै कोरोना भाइरस महामारीबाट बेरोजगार भएकाहरुलाई विभिन्न आयमूलक काममा लगाइ स्वरोजगार बनाउने गरी बजेट ल्याएको छ । देश यतिखेर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आर्थिक तथा सामाजिक रुपमा थला परिरहेका बेला नेपालको संघीय तथा अन्य प्रदेश सरकारहरुले जस्तै यस प्रदेश सरकारले पनि स्वास्थ्य र विदेशबाट फर्किएका युवावर्गलाई स्वरोजगारका कार्यक्रममा बजेटलाई केन्द्रित गर्न खोजेको देखिन्छ ।
साइक्लिङका लागि भक्तपुरको अनन्तलिंगेश्वर मन्दिर क्षेत्र उपयुक्त छ । मन्दिरको सिरानीमा रहेको कैलाशडाँडाबाट काठमाडौं उपत्यकाको भ्यू छर्लङ्ङ देखिन्छ ।
आज लिपुलेक लिम्पियाधुरा तथा कालापानीको सवालमा संविधान संशोधन गर्दा मधेसको सवाल पनि समावेश होस् भन्ने मधेसीको चाहना थियो, तर सरकार लगायत शक्तिले मधेसको माग संशोधन गर्न मानेन, तैपनि मधेसी शक्तिहरू राष्ट्रियताका लागि लाखौँ विमतिलाई पर राखी संविधान संशोधनमा सहमति जनाए ।
फेरि राजतन्त्र फर्काउने नियत राख्नु, नागरिक भएका ज्ञानेन्द्र शाहको आफ्नै वचनबद्धताको उल्लंघन हो । यसको सट्टा गणतन्त्रलाई सुदृढ गर्ने कदम चाल्नु युग अनुसारको अग्रगमन हो र मध्यममार्ग पनि । ज्ञानेन्द्रलाई फेरि सत्तामा आउने पूर्वाग्रह छ भने राजा हुनका लागि होइन, राष्ट्रपति र प्रधानमन्त्री हुनका लागि राजनीति गर्नुपर्छ ।
रोजगारीका लागि भारत गएकामध्ये कोभिड–१९ को महामारीका कारण जेठमा मात्रै ४१ हजार कर्णालीवासी घर फर्किए । उनीहरु घर फर्किने क्रम अझै रोकिएको छैन । रोजगारीका लागि तेस्रो मुलुक गएका कर्णालीवासीको संख्या पनि ठूलै छ तर उनीहरु भने बन्दाबन्दीले हवाई उड्डयन बन्द भएकाले फर्कन पाएका छैनन् ।
स्वास्थ्य मन्त्रालयको २०७४/७५ को वार्षिक प्रतिवेदनअनुसार, २०७४/७५ सम्म नेपालभर १२५ सार्वजनिक अस्पताल, १९८ प्राथमिक उपचार केन्द्र, ३ हजार ८ सय ८ हेल्थपोस्ट, एक हजार आठ सय २२ वटा गैरसार्वजनिक सुविधा केन्द्र रहेका छन् ।
अंग्रेजी वर्ष २०१९ को अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा अहिले पूरै विश्व आक्रान्त छ। नयाँ वर्षको सुरुवातदेखि नै दिनहुँजसो चीनमा यो भाइरसबाट संक्रमित हुने र मर्ने मानिस बढ्दो क्रममा भएका समाचार आउन थालेका थिए।
कोरोना रोगको त्रासभन्दा पनि भोक, शोक र अभावको चिन्ताले सामाजिक मनोविज्ञान ज्यादा प्रभावित भएकाले घरबन्दीको वर्तमान समयमा सरदर दैनिक १५ देखि २० जनाले आत्महत्या गरिरहेको कहालीलाग्दो तथ्यांक छ ।
देशमा व्यवस्था फेरिए पनि अवस्था भने उस्तै छ। जसले गर्दा समयमा काम नगर्ने, हतारको काम गतिलो नहुने समस्या बर्षेनी दोहोरिन्छ। मुलुकमा गणतन्त्र आयो, चुनाव भयो, गाउँमा बजेट चलाउने अधिकारसहितको सरकार छ तर पनि आर्थिक बर्ष सुरु भएको ११ महिना बिति सक्दा समेत विकासले गति लिएको छैन। आर्थिक बर्षको अन्तिम एक महिना बाँकी रहँदासमेत रोल्पामा कुनै पनि सरकारी निकायले गतिलोसंग काम गरेका छैनन्। पहिलेका आर्थिक बर्षहरुमा पनि यस्तै गरेका उनीहरुलाई यो बर्ष कोरोनाले काम गर्न नदिएको बहाना मिल्ने भएको छ।
सन् १९५८ मा नेपाल एयरलाइन्सको स्थापनाले नेपाल पर्यटकको निम्ति सहज पहुँच बन्न पुग्यो । ‘शाह एन्ड राई’ नामक नेपालमा पहिलो ट्राभल एजेन्सी खुलेको थियो, सन् १९५९ मा । यस्तै, १९६५ मा पहिलो पाँचतारे होटल अन्नपूर्णको स्थापनासँगै व्यावसायिक पर्यटन मौलाउन थाल्यो ।
ताङतिङको वेस क्याम्प सोंधाको दूधपोखरी माविमा पढ्दाको दुःख सम्झँदा आफैंलाई कथा जस्तो लाग्छ ।