१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रेम लामिछाने


प्रेम लामिछानेका लेखहरु :

महामारीपछिको विश्व अर्थतन्त्र

आजको दिनमा संसारका धेरै देश आपूर्ति शृंखला (सप्लाई चेन) मा आबद्ध छन् । जब सयौं देशमा सञ्चालन भएको कम्पनीमध्ये एक देशका मात्रै कामदार बिरामी परे वा अहिले जस्तो महामारीको संकुचनलाई सीमित गर्न सामाजिक दूरी आवश्यक पर्नाले आपूर्ति शृंखलामा बाधा पु¥याउँछ । फलस्वरूप धेरै देशले घरेलु उत्पादनलाई प्राथमिकता दिन थाल्छन्, जसले गर्दा विश्वव्यापी रूपमा आवश्यक चिजको अभाव द्रूत रूपमा विकसित हुन सक्छ ।

महामारीमा भ्रष्टाचार

महामारीका बेला स्वास्थ्य उपकरणहरूको सामान खरिदमा भ्रष्टाचारको उच्च जोखिम बढ्छ । तसर्थ हामी चनाखो भई सरकारको काम र गतिविधिलाई अरु बेला भन्दा अझै बढी सजग भएर नियाल्नुपर्छ ।

फ्रान्समा नेपाली भाषा पढाउने गुरु

फ्रान्सको राजधानी पेरिसमा रहेको भाषा तथा अनुसन्धानसम्बन्धी काम गर्ने फ्रेन्च संस्था इनाल्कोमा नेपाली विषय पनि समावेश गरिएको छ।

लामो यातायात हडताल

फ्रान्सले डेढ महिनादेखि यातायात हडताल भोगिरहेको छ। यो आन्दोलन यहाँको सरकारले ‘पेन्सन’ (निवृत्तिभरण) प्रणालीमा गर्न लागेको परिवर्तनविरुद्ध भएको हो। फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले पेन्सनसम्बन्धी विद्यमान ४२ किसिमका व्यवस्था परिमार्जन गरेर एकलबिन्दु प्रणालीमा ल्याई सबैलाई समान गराउने योजना अघि बढाएपछि विरोध सुरु भएको हो।

सडक सुरक्षामा ध्यान

काठमाडौंमा मेट्रो रेल सञ्चालन गरी देशलाई समृद्धिको बाटोमा लम्काउन लागिपरेको नेपाल सरकारले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका निम्ति पनि तत्काल कदम चाल्न आवश्यक छ।

विदेशमा नेपाली रक्तदान अभियन्ता

‘रक्तदान गरी जीवन दान गरौं, तपाईंले गरेको रक्तदानले कसैको ज्यान बच्छ र कसैको परिवारमा खुसी मिल्छ भने जीवनमा त्योभन्दा ठूलो सन्तुष्टि अरू केबाट मिल्छ?’

नेपाल भ्रमण वर्ष सफल पारौं

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ ‘पर्यटन वर्ष २०२०’ घोषणा गरेको छ। यो सफल पार्न रात्रिबस सञ्चालन, सडक र सुविधाका लागि कदम चालिएका छन्। यसघिको भ्रमण वर्ष २०११ ले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिए पनि ७ लाख मात्रै पर्यटक नेपाल आए। पछिल्लो २०१८ को तथ्यांकअनुसार नेपालमा ११ लाख पर्यटकले भ्रमण गरे, जसमा सबैभन्दा धेरै क्रमशः भारत, चीन, अमेरिका, र युकेबाट पर्यटक आए। २०२० मा २० लाख पर्यटक पुर्‍याउन थुप्रै रचनात्मक पहल तत्काल गर्न आवश्यक छ।

जसले नोबेल पुरस्कार अस्वीकार गरे

सार्त्रले ‘लेखकले आफूलाई संस्थामा रूपान्तरण गर्नु हुँदैन’ भनेर पुरस्कार अस्वीकार गरेको भने पनि विश्वका चर्चित व्यक्ति र ठूला मिडियाले विभिन्न टीका–टिप्पणी गरे।

‘उबर’बाट सिक सरकार

भर्खरै नेपाल सरकारले मोटरसाइकलमार्फत यात्रु ओसार्ने निकै प्रचलित ’टुटल’ तथा ’पठाओ’ सेवामा रोक लगाएको छ। यी सेवालाई सहजीकरण गरी प्रोत्साहन गर्नुको सट्टा सरकारले लागाएको रोकले फेरि पनि स्वदेशमै रोजगारी गर्न चाहेका युवा र समग्र नेपालीलाई निराश बनाएको छ। प्रविधिसँगै नेपालमा भित्रिएका यस्ता क्रियाशील कदम चिनेर समयको मागअनुसार नियम–कानुन बनाउनुको साटो उल्टै अवरोध गर्नु निकै दुःखद हो।

यस्तो विश्वविद्यालय भए !

यस विश्वविद्यालयको हाताभित्र विश्वका ४० देशका आवास छन्। जसका चार हजार आठ सय कोठामा विश्वका एक सय ४० भन्दा बढी देशका करिब १२ हजार विद्यार्थी बस्छन्। प्रायः निवास सम्बन्धित देशले नै सञ्चालन गर्छन्।

मैले देखेको एनआरएनए

गैरआवासिय नेपाली संघ (एनआरएनए) को चुनाव भर्खरै सकिएको छ। ८० लाखभन्दा बढी नेपाल बाहिर रहे तापनि करिब ३ हजारले मात्रै चुनावमा भाग लिई एनआरएनएको प्रतिनिधित्व गरे।

सार्वजनिक सवारीसाधनका समस्या

सार्वजनिक यातायातमा बज्ने चर्को संगीतले जोकोहीलाई झर्को लाग्छ। काठमाडौँमा हर्न निषेध गर्न सरकार सफल भएजस्तै सार्वजनिक यातायातमा बज्ने गरेको चर्को संगीत पनि तत्काल बन्द गर्न आवश्यक छ। यो काम गर्न केवल एक निर्णय र एकदिन नै काफी छ।

फ्रान्स आउनुअघि...

केही वर्षयता फ्रान्स आउने नेपालीको संख्या निकै बढेको छ । विशेषगरी विद्यार्थी भिसामा उच्च शिक्षाका नाममा आउनेहरू धेरै छन् । नेपाली कन्सल्टेन्सी उक्लेदेखि फ्रान्सेली कलेज ओर्लेसम्म पाइलापाइलामा कन्सल्टेन्सी र दलालको भर पर्दा नेपाली विद्यार्थी सास्ती खेप्न बाध्य छन् । यसले गर्दा फ्रान्समा दुःख पाउने नेपाली बढ्दो छ। भाषा ज्ञान नहुुनु, वास्तविकता नबुझ्नु र कन्सल्टेन्सीलाई पूरै विश्वास गर्नुले यस्तो अवस्था सिर्जना भएको हो ।

काठमाडौँ खुसी छ...

हामी एकथरी काठमाडौँवासी भन्छौँ– यो काठमाडौँ एउटा होइन, हजार कारणले खुसी छ। काठमाडौँबाहिर, अझै देशैबाहिर रहेका मित्रहरू डाह गर्लान् ! यहीँ काठमाडौँमा हामी एक थरीका ज्याद्रो मान्छेहरू भेट्छौँ जो जहिले गुनासो गर्छन्, एक होइन हजार कुराको, तिनको कमी छैन यहाँ। तिनलाई यो काठमाडौँको हरेक चौबाटो, दोबाटो, कुइनेटो र गल्ली जहाँसुकै जहिले पनि भेट्न सकिन्छ। धुलो उड्यो– गुनासो, बाटो बनेन– गुनासो, ड्राइभरले ढिलो चलायो– गुनासो, छिटो चलायो– गुनासो, जाम भयो– गुनासो, भिडको हिस्सा आफैँ छ– भिडलाई नै गुनासो, मौसमको हिस्सा आफैँ छ– मौसमलाई नै गुनासो। तर यही काठमाडौँ जहाँ कसैलाई कसैको मतलब छैन। त्यहाँ हामी एक थरीका होइन हजार थरीका मानिस एक अर्कालाई सहयोग गरेर रमाइरहेका देख्न सकिन्छ। अचम्मै लाग्दो किसिमले।

नेपाल फर्कौं!

युरोपको कुनै प्रशासनिक कार्यालयमा जाँदा जो कसैलाई निकै आनन्द महसुस हुन्छ। मीठो मुस्कान, चिया–कफीको व्यवस्था, प्रशस्त सहयोगी मानिस र आफूले चाहेको काम अति सजिलरी फत्ते हुने त्यो ठाउँ जो कसैलाई फेरि जान पनि मज्जा लाग्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्