८ वैशाख २०८१ शनिबार
ब्लग

महामारीपछिको विश्व अर्थतन्त्र

कोभिड–१९ को महामारीले संसारै ठप्प छ । यसले नेपाल मात्रै नभई विश्वमै ठूलो आर्थिक, सामाजिक तथा वातावरणीय चुनौती थपिदियो । विश्वले सुरुमा आकलन गरेको भन्दा ज्यादै ठूलो क्षति बेहोरिसकेको छ । धेरैले यसलाई पछिल्लो समय उच्च गतिमा बढेको भूमण्डलीकरणको अन्त्य गर्न सक्ने आकलन समेत गरेका छन् । तसर्थ, कुनै पनि देशको नेतृत्व तहमा रहेका मानिसले थप चनाखो र महŒवाकांक्षी भई दीर्घकालीन दृष्टिकोणका साथ आवश्यक कदम चाल्नुपर्छ ।

कोरोना महामारीले नेपाल दुई महिनादेखि लकडाउनमा भएसँगै देशको सबै आर्थिक गतिविधि ठप्प भई देशको अर्थतन्त्रलाई पछाडि धकेलेको छ । यसबाट नेपालले एक खर्ब ८४ अर्ब २७ करोड ८० लाख रुपैयाँभन्दा बढी घाटा बेहोर्ने आकलन गरिएको छ ।

नेपालले सन् २०२२ सम्म कम विकसित राष्ट्रबाट विकासोन्मुख देशमा स्तरोन्तति हुने लक्ष्य राखेको थियो । अर्थ मन्त्रालयले चालू वर्षको आर्थिक वृद्धिदर ८.५ लक्ष्य राखेकामा अब घटेर २.३ हुने अनुमान गरेको छ । त्यस्तै, ६ प्रतिशत मूल्यवृद्धि आकलन गरिएकामा अब बढेर ६.७ प्रतिशत हुने आकलन गरेको छ । लकड़ाउनपछि उत्पादन वृद्धि गरि रोजगारी सिर्जना गर्नुपर्ने हुँदा सरकारलाई थप सकस पर्नेछ । यद्यपि यो वर्ष प्रतिव्यक्ति आयदर ४६ ले बढेर १०८५ डलर हुने आकलन गरिएको छ ।

महामारीको यो संकटसँगै विश्वका धेरै मानिसले विरोध गरेका वर्तमान नवउदारवादी व्यापार र लगानी व्यवस्थालाई परिवर्तन गर्ने अवसर हुन सक्छ ।

आजको दिनमा संसारका धेरै देश आपूर्ति शृंखला (सप्लाई चेन) मा आबद्ध छन् । जब सयौं देशमा सञ्चालन भएको कम्पनीमध्ये एक देशका मात्रै कामदार बिरामी परे वा अहिले जस्तो महामारीको संकुचनलाई सीमित गर्न सामाजिक दूरी आवश्यक पर्नाले आपूर्ति शृंखलामा बाधा पु¥याउँछ । फलस्वरूप धेरै देशले घरेलु उत्पादनलाई प्राथमिकता दिन थाल्छन्, जसले गर्दा विश्वव्यापी रूपमा आवश्यक चिजको अभाव द्रूत रूपमा विकसित हुन सक्छ ।

अकाल्पनिक एकता

कोभिड–१९ महामारीले खासगरी विकसित देशका मानिसलाई विकासोन्मुख देशलाई भन्दा बढी पीडा र चिन्ताको अनुभव गर्न बाध्य तुल्याएको छ । आजको विश्व अर्थव्यवस्था बहुराष्ट्रिय कर्पोरेसन प्रणालीबाट सञ्चालित भएको हुँदा विश्वका धनी देशले पनि कोरोनाभाइरस जस्ता रोगबाट आफ्नो देशलाई जोगाउन आवश्यक पर्ने मास्क, स्यानिटाइजर, भेन्टिलेटर र अन्य चिकित्सा आपूर्तिको पर्याप्त आपूर्ति गर्न सक्दैन । एउटा देशको मेडिकलसम्बन्धी वस्तुको उत्पादन घटनाले अर्को देशलाई प्रत्यक्ष असर पार्छ ।

जब कुनै संकट लामो समयसम्म रहन्छ, त्यसले यस प्रणालीको जोखिम बढाउँछ । यद्यपि विश्वका महŒवपूर्ण सामान अहिले मुख्यतः एक वा दुई देशले उत्पादन गर्छन्, जसमा चीनमा आउटसाइड सेयर रहेको हुन्छ । तुरुन्त अन्त कतै उत्पादन गर्न गाह्रो हुन्छ, किनकि कुनै चिजको उत्पादन गर्न चाहिने सामानहरू कम लागतमा पाइँदैन । जस्तो कि जीवन बचाउने मेसिनहरू बनाउने देशहरूले समेत भेन्टिलेटर बनाउन सक्दैनन्, जुन चीन लगायत निकै कम देशमा मात्रै उत्पादन गर्न सक्छ ।

आजको दिनमा संसारका धेरै देश आपूर्ति शृंखला (सप्लाई चेन) मा आबद्ध छन् । जब सयौं देशमा सञ्चालन भएको कम्पनीमध्ये एक देशका मात्रै कामदार बिरामी परे वा अहिले जस्तो महामारीको संकुचनलाई सीमित गर्न सामाजिक दूरी आवश्यक पर्नाले आपूर्ति शृंखलामा बाधा पु¥याउँछ । फलस्वरूप धेरै देशले घरेलु उत्पादनलाई प्राथमिकता दिन थाल्छन्, जसले गर्दा विश्वव्यापी रूपमा आवश्यक चीजको अभाव द्रूत रूपमा विकसित हुन सक्छ ।

महामारीले जब मानिस लकडाउनमा महिनौं बस्न बाध्य भए, यसले उनीहरू विकसित देशबाट सञ्चालित उद्योग धन्दा तथा कारखाना प्रणालीको विकल्प स्वरूप अहिले आइपरेको एकजुटता वास्तवमा महŒवपूर्ण भइदिन्छ । यसले धनी देशलाई आफ्नो व्यापार र लगानी बढाउन मुस्किल पर्न सक्छ । आकस्मिक आएको कोरोनाभाइरस जस्ता महामारी या वातारणीय प्रकोपले अहिलेको अन्तर्राष्ट्रिय ‘स्वतन्त्र व्यापार’ सम्झौताको मोडल परिवर्तन हुन सक्छ । यद्यपि विश्व राजनीतिले यसको निर्धारण गर्छ ।

व्यापारमा असामान्य फिर्ता

कोभिड–१९ सँगै संयुक्त राज्य संघको नियमावलीबिना कुनै देशको विकास हुन नसक्ने बताउनेहरू चुप भएका छन् । यसले भूमण्डलीकरणको आधारभूत सिद्धान्त र कानुनी दायित्व बिस्तारै छोड्दै गएको महसुस गर्न सकिन्छ । तसर्थ, कुनै पनि देशलाई सामान्य रूपमा फर्काउन चुनौती पर्छ । यतिबेला संसारका धेरै देशहरू आफ्नो जनताका हितका लागि अर्थ–व्यवस्थालाई आकार दिन केन्द्रित छन् । अब सबैजसो देशले आफ्नो देशको बासिन्दाको आवश्यकतालाई प्राथमिकता दिँदै काम गर्नेछन् ।

अहिलेको समयमा विश्व बजारमा भएका दुर्गम स्रोतको बाँडफाँड गरी स्वास्थ्य क्षेत्रतर्फ निर्देशित गर्न सक्षम हुन्छन् । चिकित्सा उपकरणको व्यापारमाथिको सबै प्रतिबन्ध हटाई विश्वव्यापी आपूर्ति शृंखला स्वतन्त्र रूपले चलाउन ईयुले वार्ता सुरु गरिसकेको छ । यद्यपि यो आत्मनिर्भरता माथिको व्यर्थ प्रयास हो । अहिलेको संकटले मानिसलाई यथार्थतामा यसरी ब्युँताएको छ कि अब भूमण्डलीकरणको शासनबाट सरकारले सार्वजनिक हितको सुरक्षा गर्न सक्दैन । किनकि अहिलेको ‘ग्लोबल सप्लाई’ चेनले सामान्यतः छोटो अवधिमा अधिकतम नाफा गर्नमा केन्द्रित हुन्छ ।

यी यथार्थतालाई जोड दिँदै गत मार्चमा सम्पन्न जी–२० का वाणिज्य मन्त्रीहरूले अहिलेको संकटसँग लड्न सरकारको क्षमतामा सीमित बनेको हुँदा देशहरूले डब्लुटिओको अपवादका लागि योग्य हुनुपर्ने बताएका थिए । जस्तो कि अहिले धेरै देशले औषधि र मेडिकल सामान अनुमतिबिना उत्पादन गर्न सक्दैनन्, खाना आपूर्ति प्रबन्ध गर्न सक्दैनन्, स्वास्थ्यदेखि रिटेलमा धेरै सेवा क्षेत्रमा नियमन सीमित छ, आदि ।

पूर्वीय र पश्चिमीबीचको अन्त्य

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ संकट विरुद्धको प्रतिक्रियाले भूमण्डलीकरण बहसको राजनीतिक पंक्तिलाई भत्काएको छ, सामूहिक चिन्तन मानदण्डलाई तोडेको छ, जसले राजनीतिक सम्भावनाको पुनर्गठन गर्छ । अहिलेको महामारीको प्रतिक्रियालाई पूर्वीय र पश्चिमी भन्दा पनि पपुलिस्ट विरुद्ध कर्पोरेटिस्ट हो, किनकि कर्पोरेटले नेतृत्व गरेको भूमण्डलीकरणले सक्रिय शासनलाई भत्काउन सक्छ ।

प्रगतिशील डेमोक्र्याटले लामो समयदेखि माग गरेका नीति अहिले रुढीवादी लोकतन्त्रद्वारा प्रतिध्वनि भइरहेको छ । यस महामारीले हाम्रो आपूर्ति शृंखलामा त्रुटि पनि उजागर ग¥यो । हामी अब अमेरिकामा महŒवपूर्ण चिजको उत्पादन गर्दैनौं, किनकि त्यो हाम्रो स्वास्थ्य, राष्ट्रिय सुरक्षा र अर्थ व्यवस्थाका लागि एक खतरा हो । विश्वका धेरै देशले वर्तमान विश्वव्यापी आर्थिक निर्माणमा चीनको भूमिका र चीनमा निर्भर हुनाले हुने जोखिमको पुनर्मूल्यांकन गर्नेछ । एउटा मुद्दामा जापानी सरकारले भर्खरै आफ्ना बहुराष्ट्रिय कम्पनीलाई चीन छाड्न मद्दत गर्न भनेर दुई बिलियन डलरको घोषणा गरेको छ । कोभिड महामारीपूर्व नै विभिन्न देशले अनुसन्धान र उत्पादन क्षमता बढाई चीनले २०२५ सम्म लक्ष्य राखेको ‘भविष्यका उद्योग’को योजनालाई काउन्टर गर्न लागिपरेका थिए ।

चीनसँगको सन्तुलन सम्बन्ध

कोभिड–१९ को पूर्व संकटको बीचमा चीनले विश्वमा करोडौंलाई गरिबीबाट निकालेको छ । आफ्नो उच्च प्राविधिक अधिनायकवादलाई सक्रिय रूपले बढावा दिन चीनले गरेको प्रयास अमेरिकालाई चिन्ताको विषय हो । यद्यपि अमेरिका, युरोप या अन्य कोहीले चाहे पनि चीनको भूमिकालाई भूमण्डलीकरण आर्थिक संरचनाबाट अलग गर्न सक्दैन ।

कोभिड–१९ को संकटले विश्व अर्थतन्त्रको नियमलाई पुनरुत्थान गर्न सक्छ । यस संकटको पाठलाई सकारात्मक परिवर्तनका लागि उपयोग गरियो भने स्थानीय, राष्ट्रिय र क्षेत्रीय अर्थ व्यवस्था थप मजबुत बनाउन सक्छ । जस्तो कि आवश्यक वस्तु र सेवा सस्तोमा उत्पादन गर्ने, फराकिलो पहुँच बनाउने, साना किसान तथा रोजगारीलाई सहयोग गर्ने, वातावरण संरक्षण गर्ने आदि । विगतका दृष्टिकोणले मजदुर र वातावरणीय मापदण्डमा केन्द्रित नगरी अन्तर्राष्ट्रिय व्यापारको फाइदामा मात्रै केन्द्रित थियो ।  

आवश्यक सामानका लागि विशेष नियम

सन् १९९० मा विश्व व्यापार संगठनले असंख्य ‘स्वतन्त्र व्यापार’ सम्झौता गर्यो । ट्रेड नियमहरूले खाद्यान्नलाई अन्य सामान भन्दा भिन्न व्यवहार गरे, किनकि सबैलाई बाँच्नका लागि खाना चाहिन्छ । यसले सरकारलाई कसरी सस्तो र भरपर्दो आपूर्तिको सुनिश्चित गर्ने भनेर निर्धारण गर्न पर्याप्त नीतिगत ठाउँको आवश्यकता प¥यो । त्यतिबेला यो खानका लागि केन्द्रित भएको भए पनि अहिले यसलाई अन्य महŒवपूर्ण क्षेत्रमा पनि लागू गर्नुपर्छ । जस्तै चिकित्सा आपूर्ति, जहाँ घरेलु वा क्षेत्रीय निर्माणसम्बन्धी आपूर्ति शृंखलाको अभावले चरम जोखिम पैदा गर्छ ।

आवश्यक वस्तुको उत्पादन वितरण गर्न, १९७० को मल्टी फाइबर अरेन्जमेन्ट (एमएफए) एक मोडल पनि रोचक छ । एमएफएले साना औद्योगिक क्षमता वा उच्च ज्याला भएका देशमा उत्पादन वितरण गर्ने तरिकाको रूपमा विश्वव्यापी कपडा बजारमा सेयर बाँडफाँड ग¥यो । जब डब्लुटिओले एमएफए समाप्त ग¥यो, चीन र केही अन्य एसियाली राष्ट्रमा कर्पोरेट व्यापारतर्फ उत्पादन केन्द्रित भयो, जबकि अफ्रिका, अमेरिका र क्यारिबियन, युरोप र साना एसियाली देशको क्षमता खस्कियो ।

लचिलो, दिगो व्यापार र लगानीलाई बढावा दिन थप आधारभूत नियम आवश्यक पर्छ । सन् १९४० को दशकको अन्तर्राष्ट्रिय व्यापार संगठनले कसरी मानव आवश्यकतालाई माथि उठाउने भनेर देखाएको छ ।  

नीति विकल्पको अभावभन्दा पनि शक्ति र राजनीतिको प्रतिस्पर्धाले भविष्यको निर्धारण गर्नेछ । जबसम्म प्रगतिवादीहरू आफ्नो देशमा सामान्य रूपले व्यवसायको अन्त्यको माग गर्दैनन्, हामी आफूलाई एक राष्ट्रवादी विकल्पको अधीनमा भेट्न सक्छौं ।

प्रकाशित: ५ असार २०७७ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App