१४ चैत्र २०८२ शनिबार
image/svg+xml
gita tripathi
गीता त्रिपाठी


गीता त्रिपाठीका लेखहरु :

पहिलो नजरमा व्यक्ति वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’

वसन्त अनुभवका लघुकथाहरूमा नेपाली समाज मुखरित छन्। पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ।

पहिलो नजरमा लघुकथाकार कुमार काफ्ले र उनको ‘सपना कतिपय’

कुमारका लघुकथामा समसामयिकता छ। उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ। विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले।

पहिलो नजरमा लघुकथाकार घनश्याम र उनको ‘महाकम्प’

घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ ।

सम्झनाका कुइनेटाहरूमा मुक्तिनाथ अधिकारी

मानिसहरू जन्मिन्छन् अनि मर्छन्। यो नियमितताको कुरा हो। कोही पनि अजम्बरी हुँदैन भौतिक रूपमा। तर कोहीकोही मानिसहरू भौतिक रूपमा मृत्युवरण गरेर पनि बाँचिरहन्छन् जनहृदयमा।

जीवनका तन्त्रिकाहरू

मैले कसैकसैले भनेको सुनेको छु-जीवन समस्याको श्रृङ्खला र समाधानको अनवरत प्रयास हो। म यसरी मात्र हेर्दिन जीवनलाई। जीवनका भौतिक र अभौतिक २ पाटा हुन्छन्।

ए.आइ.

“मलाई सुन्दर हिमाल, पहाड र तराई चाहिन्छ, विकृतिका चाङ देखिनुपर्छ, सकेदेखि भ्रष्टाचारी पनि देखा, विदेश जानेको लर्को, बुढाबुढीको बिजोक पनि हालिनुपर्छ। यी सबै कुराको फेहरिस्त मैले मेरा सिर्जनामा डक्कै पारेको छु।”

तिलिचो अर्थात् स्वर्गकी जादुगर्नी

भनिन्छ, हिमालको सुरम्य काख हो तिलिचो, जहाँ पुगेर यात्रुहरू आफैंलाई बिर्सन्छन् एकफेरा। यसो पनि भनिन्छ, अचम्मको सम्मोहन छर्छ तिलिचो त्यहाँ पुग्ने यात्रुहरूलाई। हामीलाई पनि सम्मोहित बनाएको छ तिलिचोले, हामीले पनि बिर्सिएका छौं एकफेरा आफैंलाई।

नयाँ वर्ष

पुरानो वर्ष नयाँ वर्षका मुखमा हेरेर टोलायो। उसले कैयौं पटक तुलना गरिरह्यो-चुनाव ताका आश्वासनका पुलिन्दा बोकी आउने नेता अनि आशाको पुन्तुरो च्यापी ल्याउने यो नयाँ वर्षलाई।

इन्द्राख्यानको आयाम

५१ जना विद्वान् सहृदयीले लेखेका संस्मरणमा उनीप्रतिको यस्तै सम्मोहन छ, उनको सामीप्यको अतृप्तिसँगै उनी रहनुका बीच नरहनुले नेपाली साहित्य र साहित्य चिन्तनमा अनुभूत भएको शून्यताको अभिव्यक्ति यी संस्मरणमा छन्। यी सब खालीपनले उनको स्थान र स्थिति निर्धारण गरेको छ। नेपाली भाषा साहित्यको सघनतामा राईको मौलिक आयाम यस ग्रन्थमा प्रतिविम्बित भएको छ।

‘गौरी’: शोक र साहसको चरम अनुभूति

हाम्रा रुवाइ समाजले सुन्न नहुने भए प्रकृतिले हामीलाई ध्वनि, भाव र भाषाविहीन नै रचना गर्ने थिइन् होला। गौरीको करुणामा विश्वभाषा छ। यही भाषा र भावको अनुबद्ध लयले कृतिको दुःखान्तलाई आँसुको फूल बनाएको छ।

आत्मनिर्वासन

आज जति झुन्ड र झन्डामा विभाजित भए पनि मानिसका शोकगीत एकै छन्। जीवनगीत एउटै बनाउने कोसिसमा मानिसहरू अनेक टुक्रामा विभाजित बने। टुक्रा–टुक्राबाट जीवनको सग्लो सौन्दर्य बनाउनसके यी झुन्ड र झन्डा सार्थक होलान् !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्