मानिसहरू जन्मिन्छन् अनि मर्छन्। यो नियमितताको कुरा हो। कोही पनि अजम्बरी हुँदैन भौतिक रूपमा। तर कोहीकोही मानिसहरू भौतिक रूपमा मृत्युवरण गरेर पनि बाँचिरहन्छन् जनहृदयमा।
“मलाई सुन्दर हिमाल, पहाड र तराई चाहिन्छ, विकृतिका चाङ देखिनुपर्छ, सकेदेखि भ्रष्टाचारी पनि देखा, विदेश जानेको लर्को, बुढाबुढीको बिजोक पनि हालिनुपर्छ। यी सबै कुराको फेहरिस्त मैले मेरा सिर्जनामा डक्कै पारेको छु।”
भनिन्छ, हिमालको सुरम्य काख हो तिलिचो, जहाँ पुगेर यात्रुहरू आफैंलाई बिर्सन्छन् एकफेरा। यसो पनि भनिन्छ, अचम्मको सम्मोहन छर्छ तिलिचो त्यहाँ पुग्ने यात्रुहरूलाई। हामीलाई पनि सम्मोहित बनाएको छ तिलिचोले, हामीले पनि बिर्सिएका छौं एकफेरा आफैंलाई।
पुरानो वर्ष नयाँ वर्षका मुखमा हेरेर टोलायो। उसले कैयौं पटक तुलना गरिरह्यो-चुनाव ताका आश्वासनका पुलिन्दा बोकी आउने नेता अनि आशाको पुन्तुरो च्यापी ल्याउने यो नयाँ वर्षलाई।