१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

लकडाउनले जुराएको मिलन

अंग्रेजी वर्ष २०१९ को अन्तिमदेखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चपेटामा अहिले पूरै विश्व आक्रान्त छ।  नयाँ वर्षको सुरुवातदेखि नै दिनहुँजसो चीनमा यो भाइरसबाट संक्रमित हुने र मर्ने मानिस बढ्दो क्रममा भएका समाचार आउन थालेका थिए।  यो भाइरस मान्छेबाट मान्छेमा छिटो सर्ने सरुवा रोग भएकाले झन मन आत्तिन्थ्यो, कतै यो अरू देशमा त फैलँदैन भन्ने त्रास उत्पन्न हुन्थ्यो। त्यसैले यो भाइरस नियन्त्रणमा आयो कि आएन भनेर दिनदिनै खबरको अपडेट खोजिरहन्थेँ।  

एक दिन यो खबर मैले मेरो अमेरिकन सहकर्मी मित्रलाई सुनाएकी थिएँ। उसले  युरोप, अमेरिका जस्ता विकसित मुलुकमा प्रकोपले त्यति असर नगर्ने धारणा राख्यो। यो नोबेल कोरोना भाइरस सबैतिर फैलन्छ तर असर त्यति भयाबह नहोला भन्थ्यो ऊ। तर त्यो छलफल गरेको दुई हप्ता पनि नबित्दै कोरोनाले इटालीमा चीनको भन्दा पनि भयानक रूप देखायो र संसारलाई त्रसित बनायो।

हामीले यो भुल्नुहुँदैन कि समय चलायमान छ। त्यसैले यो क्षण पनि बितेर जान्छ र भोलि हामीले सोचेको जस्तै सामान्य दिन लिएर पक्कै आउनेछ।

म सन् २०१२ देखि अमेरिकाको युटाहा राज्यको साल्ट लेक सिटीमा परिवारका साथ बस्दै आएकी थिएँ। परन्तु करिब अढाइ वर्षदेखि मेरा श्रीमान्  म्यासाचुसेट्स राज्यको बोस्टन अवस्थित हार्वर्ड मेडिकल स्कुलमा पोस्टडक जागिर गर्न जानुभयो। त्यसपछि मलाई साथ दिन नेपालबाट ममी÷बुबा आउनुभएको थियो। तर उहाँहरू पनि गत वर्षको अक्टोबरमा नेपाल फर्केपछि म एक्लै दुई साना छोरा (४ र १ वर्ष) को जिम्मेवारी सम्हालेर जागिरमा जान थालेँ। म पेसाले युटाहा विश्वविद्यालयको रसायन विज्ञान विभागमा पोस्टडक्टोरल रिसर्चरका रूपमा काम गर्थँे। बिहान छोराहरूसहित आफूलाई घरमै बनाएको खाजा प्याक गरेर उनीहरूलाई ८ः३० बजे नै आआफ्नो स्कुल पु¥याउन मलाई मुस्किल हुन्थ्यो। बेलुका ६ बजे मात्रै घर ल्याउने भएकाले दुवैजनाको खाना, दिउँसो फेर्ने लुगा, सानुको दूध र डाइपरसहित गर्दा एक झोला त सामानै हुन्थ्यो। उनीहरूलाई बिहानको नास्ता गराएर स्कुल छाड्थेँ र आफ्नो काममा पुग्दा ९ः३० भइसक्थ्यो।  

यसरी हाँस्दै÷खेल्दै छोराहरूको उट्पट्याङमा हप्काउँदै बितेको दिनचर्या रमाइलो  हुन्थ्यो तर छोराहरू बिरामी भए भनेचाहिँ साहै्र पिर लाग्थ्यो। अस्वस्थ भएका बेला रातभर रोएर अलिकति पनि आराम पाइन्न थियो। अनि एउटा रोएपछि अर्को पनि उठेर रुन थाल्थ्यो। यस्तो अवस्थामा म आफैँ पनि आत्तिन्थेँ। यसरी लामो समयसम्म परिवार छुट्टै बस्नुपरेको बाध्यतालाई चिर्दै हामी बूढाबूढीले अब सपरिवार एकसाथ बोस्टनमा बस्ने निधो फेब्रुअरीमा नै गरेका थियौँ। श्रीमान् अप्रिल ७ तारिखमा बोस्टनबाट साल्ट लेक सिटी हामीलाई लिन आउने अनि १० तारिखमा सबै बोस्टन फिर्ता हुने सल्लाह भयो। त्यहीअनुरूप बोस्टन जाने डेल्टा कम्पनीको हवाईजहाज टिकट काटिसकेका थियाँै। मैले मेरो प्रोफेसरलाई मार्च  ३० तारिखदेखि अनुसन्धान छाड्ने अग्रिम जानकारी गराइसकेकी थिएँ। उता श्रीमान्ले अप्रिल १० देखिका लागि नयाँ घरको व्यवस्था गरिसक्नुभएको थियो।  

हामीले कोरोना भाइरस यति ठूलो महामारी भएर फैलेला भन्ने सोचेका थिएनाँै। चीन हुँदै युरोप अनि अमेरिकामा पनि यो भाइरस भुसको आगोझैँ फैलँदै गएको थियो। संक्रमित संख्या दिनानुदिन बढ्न थालेपछि अमेरिकाको धेरै राज्यले आपत्काल घोषणा गर्दै अति आवश्यकबाहेकका सबै सेवा बन्द गराए।। युटाहमा पनि मर्च १५ देखि युनिभर्सिटी तथा स्कुलहरू बन्द भएका सूचना आउन थाले।  

छोराहरू घरमै बस्नुपर्ने भएकाले म पनि अनुसन्धानमा जान सकिन। त्यसैले घरबाटै गर्न सकिने अनुसन्धानका काम तथा सोधपत्र लेख्न थालेँ। तर घरमा कामका लागि धेरै समय दिन मुस्किल हुने भएकाले छोराहरू सुतेका बेला मौका छोप्नुपथ्र्यो। कोरोनाको महामारी सुरु भएपछि सामाजिक दूरी कायम गर्ने अभ्यास सुरु भयो। नजिकैका नेपाली साथीहर पनि एकापसमा भेट गर्न छाड्नुभयो। त्यसपछि हाम्रो पनि कसैसँग बोलचाल र भेटघाट हुन छाड्यो। मलाई पनि जागिरमा जाने बानी भएकाले घरमै बस्नुपर्दा निसास्सिएको अनुभूति हुन थाल्यो।  

तर मनलाई एकाग्र गर्न किताबले नै सहयोग गर्छ भनेर धेरैपछि नेपाली किताब जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पढ्न भ्याएँ।  छोराहरू पनि स्कुल जान तथा साथीहरूसँग खेल्न नपाएर २ दिनमा नै आत्तिन थालिसकेका थिए। ठूलो छोरो ‘आज स्कुल छ ममी ?’ भनेर बारम्बार सोधिरहन्थ्यो। ‘मलाई शिक्षक तथा साथीहरूको धेरै याद आउँछ, स्कूल जान्छु’ भनिरहन्थ्यो। ‘स्कुल किन बन्द भएको, किन हामी नजिकको अंकल, आन्टीकोमा जान नहुने, खेलमैदानमा साथीहरूसँग खेल्न किन नहुने ?’ जस्ता विभिन्न प्रश्न तेस्र्याउँथ्यो। उसलाई भाइरसले मानिस बिरामी छन् बाहिर तथा स्कुल जानुहुन्न, हामी पनि बिरामी होइन्छ भनेर सम्झाएँ। उसले कहाँबाट र किन भाइरस आयो भन्ने प्रश्नहरू लगातार गरिरहन्थ्यो। र, पृथ्वी फोहोरी भएर हो भनेर आफैँ गरेको अड्कल सुनाउँथ्यो। उसको यो तर्क सुनेर म अचम्ममा परेँ। मैले उसको कौतुहलता मेटाउने प्रयास गर्दै भनेँ– त्यसैले सधैँ सफा सुग्घर हुनुपर्छ, त्यसका लागि खेलेपछि, खाना खानुअघि र जनावरलाई छोएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ।

हरेक कुराका राम्रा÷नराम्रा दुवै पक्ष हुन्छन्। मेरा लागि यो बन्दको राम्रो पक्ष भनेको छोराहरूसँग प्रशस्त समय बिताउन पाउनु हो। व्यस्त दिनचर्याबाट फुर्सद पाएको थिएँ र उनीहरूसँग मज्जाले खेल्ने अवसर पाएँ। उनीहरूले पनि बल्लतल्ल फुर्सदिली ममी पाएका थिए। त्यसैले होला, आफ्नो खेलौना नखेलेर मेरो काखमा मात्र बस्न खोज्थे। हुन त ममीको काखमा बस्न कुनचाहिँ बच्चालाई मन नपर्ला र ? एक जना मेरो काखमा आएर बस्यो भने अर्को पनि आइपुगिहाल्थ्यो, त्यसपछि म बस्छु, मेरो ममी हो, मेरो ममी भनेर तँछाडमछाड गर्थे र मलाई हसाउँथे।

बच्चाहरूमा धेरै शक्ति हुन्छ। घरभित्रै बस्दा पिँजडामा बसेको जस्तो छट्पटाउन थाल्छन्। घर वरिपरि शान्त वातावरण तथा भिडभाड नहुने भएकाले बाहिरको स्वच्छ हावामा पनि खेलून् भनेर उनीहरूलाई दिनको २–३ घण्टा मौसमअनुकूल हेरेर बाहिर निकाल्थँे। दिनहुँजसो खेल्न जाने घरअगाडिको खेल मैदान बन्द गरिएको सूचना टाँसिएको थियो। त्यसैले पिङ, घिस्री आदि खेल्न नपाए पनि  उनीहरूलाई हिँड्ने बाटोमा चित्र बनाउन र अक्षर लेख्न चक दिन्थेँ। ठूलो छोरो साइकल खेल्थ्यो। सानोलाई खेलौना स्कुटर, स्ट्रोल्लरमा हालेर डुलाउँथेँ।

बेलाबेलामा उनीहरू रुखवरिपरिका ससाना ढुङ्गा र सल्लाको गट्टा बटुलेर खेलेर बस्थे। घरभित्र धेरै समय टिभीमा बिताउन खोज्ने उनीहरू बाहिर खुला आकाशमुनि ढुङ्गा माटोमा आफ्नो बालपन उजागर गरेर खेल्थे। घरभित्र बस्दा म उनीहरूसँग चित्रमा रङ्ग भर्ने, चित्र कोर्ने, ब्लकले घर बनाउने, पजलहरू  मिलाउने खेलहरू खेलेर भुलाउँथेँ। नजिकैको पुस्तकालयबाट बच्चाहरूको किताब ल्याएकी थिएँ। बाबुहरूलाई दिनको ३–४ वटा किताब पढेर सुनाउँथे। फेरि त्यही किताबहरू अर्को दिन दोहो¥याएर पढेर सुनाउँथे। कहिलेकाहीँ ठूलो छोरो त्यही किताबको चित्र हेरेर हामीलाई कथा सुनाउँथ्यो। सानो छोरोलाई चाहिँ बालगीत मन पर्ने भएकाले होला, मलाई इसाराले गीत गाउनु भन्थ्यो। गीत गाउँदा ताली पिटेर साथ दिन्थ्यो।  बेलाबेलामा ठूलो छोरो २–३ वटा मेच मिलाएर त्यसमाथि सिरकहरू राखेर घरबनाइ खेल्थ्यो अनि सानो छोरोचाहिँ भत्काइदिन्थ्यो। यिनीहरू खेलेको देख्दा मलाई आफ्नो बालपनमा भाइ÷बहिनीसँग खेलेको झल्को आउँथ्यो र कताकता भित्रभित्रै रमाउँथेँ।  

तर चकचके उमेरका छोराहरू घरभित्रै राखेर भुलाउन  कम्ता मुस्किल हुन्नथ्यो। म किचेनमा हँुदा सानो छोरो कहिलेकाहीँ आफ्नो खेलौना नखेलेर किचेनकै सामान निकालेर खेल्थ्यो र भेट्टायो भने खानेकुरा सबै पोख्दिने गथ्यो। पोख्नमा खप्पिस ऊ कहिलेकाहीँ फोहोरको डस्टबिनसमेत पोखेर हैरान पाथ्र्याे। फ्रिज पनि उसको मनपर्ने चिज थियो। सबै खानेकुरा जति निकालेर पोख्ने÷खेल्ने गथ्र्यो। त्यही ढोका खोलेर बस्थ्यो। ‘बाबु त्यहाँ चिसो लाग्छ, नबस्’ भन्दै ढोका भन्द गर्न खोज्यो भने झगडा गरेर फकाउनै मुस्किल पाथ्र्यो। एकपल्ट त फ्रिजको चिसो बनाउने स्विच नै बन्द गरिदिएछ। मैले त्यो थाहा पाइन। भोलिपल्ट त तरकारीहरू सबै बिग्रिसकेछन्। किन बिग्रेछन् भनेर हेर्दा पो थाहा भयो कि फ्रिज नै अफ रैछ। जुन त्यही सानो छोराको कमाल थियो।

सानो छोराको बदमासी त छँदै थियो, ठूलो छोराको चकचके बानी पनि कम्ता थिएन। किचेन टेबल, डाइनिङ टेबलमाथि चढ्ने, त्यहाँबाट हाम फाल्ने गरिरहन्थ्यो। यता र उता उफ्रिरहने, एकछिन चूप लागेर बस्दैनथ्यो। कहिलेकाहीँ दुवै जनालाई एउटै खेलौना चाहिने। दाजुभाइ चलेर हैरान खेलाउँथे। त्यसमाथि केही भइहाल्यो भने अस्पताल लग्न पनि डराउनुपर्ने  अवस्था छ । कतै त्यहीँबाट कोरोना संक्रमण हुने त होइन भन्ने डर लाग्थ्यो। त्यसैले ठूलोलाई ‘धेरै न उफ्र, न चल बाबु, यो बेला घाउ भयो भने हस्पिटल जान पनि पाइन्न’ भनेर सम्झाउँथेँ। एकछिन त मान्थ्यो तर एकछिनपछि फेरि उस्तै।  

त्यसैगरी खाद्यान्न किनमेल गर्न पसल जान पनि त्यत्तिकै चुनौतीपूर्ण थियो। घर नजिकै पसल थिएन। एक्लै भएको हुँदा छोराहरूलाई साथ लिएर गाडीमा जानुपथ्र्याे। पसल निकै भिडभाड हुने स्थान हो र त्यस्ता ठाउँमा कोरोना संक्रमण हुने सम्भावना प्रबल हुन्छ। मलाई त्यस्तो कठिन परिस्थितिमा साथी अनु र प्रतिभाले बेलाबेलामा सामानहरू किनेर ल्याउन सहयोग गर्नुहुन्थ्यो। पसलबाट ल्याएको सामान भाइरसयुक्त हुन सक्छ भनेर सबै सामान राम्रोसँग धोएर,  सेनिटाइजरले पुछेरमात्र फ्रिजमा राख्थेँ।  

उता नेपालबाट पनि ममी, बुबा, मामा, माइजू, सासू, ससुरा, फुपूसासू सबै आफन्त र साथीहरूले फोन गरेर अमेरिकामा धेरै मान्छे मरिरहेका छन्, कोरोनाको असर धेरै भयाबह छ, त्यहाँ के गरी बसेकी छौ, छोराहरूले धेरै दुःख दिन्छन् होला, श्रीमान्लाई चाँडो बोलाउ, सँगै बस, सुरक्षित बस, बाहिर ननिस्क भनेर सल्लाह दिइरहनुहुन्थ्यो। अमेरिकामा कोरोना संक्रमण उच्च विन्दुमा भएको बेलामा हामी बोस्टन आउजाउ गर्नुपर्ने भएकाले सबै जना त्यसैको चिन्तामा हुनुहुन्थ्यो। जुन स्वाभाविक पनि थियो।  

बोस्टनमा श्रीमान्को मार्च २५ तारिखबाट प्रयोगशाला बन्द भएकाले घरबाटै काम गर्न थाल्नुभयो। त्यसपछि उहाँलाई हामी भएकै ठाउँमा चाँडो गएर छोराहरूलाई समय दिन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो र अप्रिल ७ का लागि काटेको टिकट मार्च २८ का लागि सार्नुभयो। यता छोराहरू बाबा चाँडै आउने हुनुभयो भनेर धेरै उत्सुक भएर बसेका थिए तर त्यो दिनको हवाईजहाज शायद कोभिड–१९ को महामारीले थोरैमात्र मानिस यात्रा गर्ने भएकाले रद्द भयो। फेरि अर्को उपलब्ध मिति अप्रिल १ का लागि मिल्यो। कोरोना कहरबाट अमेरिकाको कुनै सहर अछूतो थिएनन्, त्यसमाथि न्युयोर्क र न्युजर्सीपछि बोस्टन तेस्रो स्थानमा थियो भने यता साल्ट लेक सिटीमा भने कोरोनाको त्यति धेरै प्रकोप थिएन।  

श्रीमान्को बोस्टनबाट साल्ट लेक सिटीको हवाई यात्रा चुनौतीपूर्ण थियो जुन कुनै युद्धमा जानेभन्दा कम थिएन तर उहाँले सुरक्षा सावधानी पालना गरेर आउनुभएको थियो। बजारमा मास्क, पन्जा तथा अरु आवश्यक सरसफाइका सामानको अभाव नचुलिएको होइन तर मुस्किलले एउटा पसलमा मास्क र पन्जा किन्न पाउनुभएछ र त्यही प्रयोग गरेर कोभिडको युद्ध मैदान छिचोल्दै अप्रिल १ तारिख बेलुका हाम्रोमा आइपुग्नुभयो।  

अमेरिकामा आन्तरिक हवाई सेवा पूर्ण बन्द नभएकाले यस्तो जटिल परिस्थितिमा हाम्रो परिवार एकै स्थानमा हुन पायौँ। श्रीमान् सँगै भएपछि छोराहरू खेलाउनेदेखि लिएर खाद्यान्न किनमेल गर्न जान मलाई धेरै राहत भयो। अबको दस दिनमा सपरिवारको यात्रा साल्ट लेक सिटीबाट बोस्टन थियो र यी दस दिन आवश्यक समान छुट्याउने, अनावश्यक सामान डम्पस्टरमा फाल्ने, घर सरसफाइ गर्नेमा बित्यो।  

दस तारिख बेलुका ५ बजेको फ्लाइट भएकाले १२ बजे खाना खाएर उबर (ट्याक्सी) रिजर्भ ग¥र्यौँ। आफ्नो हातेझोलमा ह्यान्ड सेनिटाइजर्स, मास्कहरू, पन्जाहरू, सानो छोराको दूधको बोतल र खानेकुरा राखेँ। साथी अनुकी आमाले हातले सिलाएर उपहार दिनुभएको कपडाको बुट्टावाला सुन्दर मास्क छोराहरूलाई  लगाइदियौँ। उनीहरूले पनि आकर्षक मास्क भएकाले उत्सुकतासाथ लगाए। हामी दुवै जनाले पनि मास्क र पन्जा लगायौँ।  

दिउँसो २:३० बजे ट्याक्सी आइपुग्यो। ड्राइभरले अर्को यात्रुलाई छाडेपछि ट्याक्सी सरसफाइ गरेर ल्याएको रहेछ जुन हामीले चाहेका थियौँ। साथीहरू सूर्य र प्रतिभा  हामीलाई बिदाइ गर्न आउनुभएको थियो। उहाँहरूलाई फेरि भेट्ने वाचा गर्दै हामी एयरपोर्टतिर हुइँकियौँ। नजिकैको साल्ट लेक सिटी इन्टरनेसनल एयरपोर्ट १५–२० मिनेटमा नै पुगियो। त्यहाँको दृश्य देखेर हामी छक्क पर्यौ। अघिपछि खचाखच हुने पार्किङ लट त्यो दिन खाली थियो। न गाडीहरूको जाम न त मान्छेको चहलपल नै। एयरपोर्ट पूरै  सुनसान थियो। उही नेपाल बन्दको जस्तो महसुस भयो। तर यो बन्द कोरोनाले गराएको थियो र मैले अमेरिकामा यस्तो बन्दको अनुभव लिएको यो नै पहिलो थियो।  

लगेज चेक इन गरेर हामी सुरक्षा जाँचका लागि गयौँ। सधँै भीडभाड हुने त्यो स्थान आज खाली थियो। मात्र त्यहाँका कर्मचारी थिए। सुरक्षा जाँचका लागि अगाडि बस्ने कर्मचारी छेक्ने सिसाको बार लगाइएको थियो जुन यात्रुले खोक्दा, हाछ्यँु गर्दा ससाना थुकको छिटा हँुदै भाइरस संक्रमण नहोस् भनेर राखेको सुरक्षा कवच थियो। मैले निदाएको सानो छोरोलाई स्ट्रोलरबाट झिकेर सुरक्षा जाँच गरेँ भने पुलिस देखेर अलिअलि डराएको ठूलो छोरालाई श्रीमान्ले गराउनु भयो। चेक जाँचपछि हामीले हातको पन्जा र मास्क फाल्यौँ र नयाँ लगायाँै। छोराहरूले एकछिन मास्क लगाएर ट्याक्सीमै झिकेर फालिसकेका थिए।  

मान्छेको चाप कम भएकाले सुरक्षा जाँच फटाफट भयो। हामी फ्लाइटको निर्धारित समयभन्दा डेढ घन्टाअगाडि नै फ्लाइट गेट पुगिसकेका थियौँ। छोराहरू पहिलो पटक एयरपोर्ट आएका थिए र यो उनीहरूको पहिलो हवाई यात्रा भएकाले निकै उत्सुक भएर यताउता जान र छुन खोजिरहेका थिए। ठूलो छोरो ममी बाबा ‘ऊ सानो प्लेन उड्यो, ऊ ठूलो प्लेन आयो’ भनेर देखाउँथ्यो। ‘प्लेनको ढोका खोइ ? ढोकामा के लगाएको त्यो ?’ भनेर प्यासेन्जर बोर्डिङ बृज (जुन गेट सिधै प्लेनमा जान बनाइएको हुन्छ) देखाउँदै सोध्थ्यो। ‘म प्लेनबाट बादल हेर्छु, हामी कतिखेर प्लेनमा जाने ?’ भनेर बारम्बार सोधिरहन्थ्यो। उसको कौतुहलता मेटाउने प्रयास गर्दै  हामी उनीहरुले कतै नछोउन् भन्नेतर्फ धेरै ख्याल गरिरहेका थियौँ।  

हामीले अरू यात्रीभन्दा कम्तीमा ६ फिटको दूरी बनाएर बस्ने, एयरपोर्टको  झ्याल, समात्ने डन्डी तथा पब्लिक ठाउँ र शौचालय सकेसम्म प्रयोग नगर्ने र नछुने, प्लेनका सामान (पुस्तक, सिट आदि) नछुने, हातलाई मुख, नाक र आँखामा नलाने र बाबुहरूलाई पनि सकेसम्म लग्न नदिने, मिलेसम्म सेनिटाइजर तथा साबुन पानीले हात धुने आफ्नै नियम बनाएका थियौँ। ६ फिटको दूरी हवाईजहजमा बनाएर बस्न शायद नपाइएला, त्यस्तोमा के÷कसरी सुरक्षित जाने होला भन्ने मनमा डर त छँदै थियो तर जहाँ सकिन्छ त्यहाँ सकेसम्म कोभिडबाट बच्नुपर्छ भनेर हामी सचेतचाहिँ थियौँ।  

४:४५ बजे हामीले प्लेनको बोर्डिङ पास गरेर भित्र पुग्दा यात्रुहरूको न्यून संख्या देखेर हामी धेरै आश्चर्यचकित भयौँ। हामीसहित गरेर जम्मा १० जनामात्र यात्रु थियौँ। बाबुहरू निकै उत्सुक भइरहेका थिए। कहीले ममीको सिट त कहिले बाबाको सिटमा आउने गर्थे। अरू सामान्य दिनको तुलनामा प्लेन लगभग खाली थियो। यो दृश्यले हामीलाई २०११ मे ११ को दिन क्षत्री समाजले गराएको नेपाल बन्दको याद दिलायो। त्यतिबेला मेरो माइती घर भक्तपुरबाट श्रीमान्को घर बेनीमा बेहुली लिएर जानुपर्ने अवस्था चानचुने थिएन।  

ससुराबुबाले पहिले नै अनुमतिपत्र ल्याउनुभएको रहेछ। त्यसैले बाटोमा कुनै समस्या भएन। बाटो एकदम खाली। कतै ट्राफिक जाम नभएकाले बेनी सजिलै र चाँडो पुगेका थियौँ। त्यो समय सम्झँदै उहाँले तिमीलाई लैजान त सबै बन्द गर्नुपर्ने रहेछ, त्यो बेला नेपाल बन्द, अहिले कोभिडको बन्द भनेर एकछिन हँसिमजाक गर्नुभयो। कोभिड–१९ को त्रासदीका बीच यस्तै रमाइलो पल संगाल्दै अनि छोराहरूको जिज्ञासा मेटाउँदै निर्धारित साँढे ५ घण्टाको हवाई यात्रा साँढे ४ घण्टामै सकिएको पत्तै भएन। कोभिडको महामारीले एयर ट्राफिक कम भएकाले हामी बोस्टनको लोगन अन्तर्राष्ट्रिय एयरपोर्ट निर्धारित समयभन्दा निकै चाँडो पुगेका थियौँ।  

प्लेनबाट ओर्लँदै हामीले मास्क र पन्जा लगायौँ र बाहिर आएर घरसम्म जान ट्याक्सी रिजर्भ ग¥र्यौँ। ट्याक्सी ड्राइभरले पनि मास्क र पन्जा लगाएकाले हामीलाई धेरै राहत मिल्यो। घर पुग्दा मध्य रात भइसकेको थियो। युटाहाबाटै  बनाएर ल्याएको खाना तताएर खायौँ। भोलिपल्टदेखि यस्तो महामारीका बेला यात्रा गरेपछि अपनाउनुपर्ने बोस्टनको नियमअनुसार हामी पूर्णरूपले १४ दिनसम्म होम क्वारेन्टिनमा बस्यौँ। दिनदिनै हामी तातो पानी नै पिउँथ्यौँ र घरेलु जडीबुटी पानी तताएर खान्थ्यौँ। बेलाबेलामा तातोपानी तताएर त्यसको बाफ पनि लिने गथ्र्याँै जुन अघि–पछि लिँदा पनि स्वास्थ्यलाई राम्रो नै गर्छ। हामी आएको पनि अहिले २ महिना भइसक्यो तर हामीलाई कुनै लक्षण देखिएको छैन अर्थात हामी सुरक्षित छौँ।  

अहिलेको परिस्थितिमा आफन्त, साथीभाइसँग भेट गर्न र बोलचाल गर्न तथा सामान्य जीवन यापन गर्न नपाएर जोकोही पनि आत्तिनुभएको छ। घर सम्हालेर बसेकी एउटी गृहिणीदेखि लिएर सुत्केरी, गर्भवती, स्कुल जान र साथीभाइसँग खेल्न नपाएका केटाकेटी, बालबच्चाको अध्ययनको चिन्ताले पिरोलिनुभएका अभिभावक, आफ्नो देश र घर जान रोकिएका सबैलाई यो समय त्यत्तिकै दर्दनाक छ। कोरोनाले निम्त्याएको यो सङ्कटको घडीलाई हामी सबैले संयम भएर, धैर्य नगुमाइ आफ्नो मनोबल उच्च राखेर नै जित्न सकिन्छ। हामीले यो भुल्नुहँुदैन कि समय चलायमान छ। त्यसैले यो क्षण पनि बितेर जान्छ र भोलि हामीले सोचेको जस्तै सामान्य दिन लिएर पक्कै आउनेछ।

(बोस्टन, अमेरिका)

 

प्रकाशित: २ असार २०७७ १२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App