४ वैशाख २०८१ मंगलबार
debendra-basnyat
देबेन्द्र बस्न्यात


देबेन्द्र बस्न्यातका लेखहरु :

जिरीको मीठो सम्झना

हामी जिरी बजार मुन्तिर गाई फारम, प्राविधिक शिक्षालय, अस्पताल लगायत क्षेत्रहरु सरसर्ती घुम्यौं। बजार मास्तिरको ५१ फिट अग्लो छोर्तेन, गुरु पद्मसंभवको मूर्ति भएका ठाउँमा घुम्यौं।

साइकलमै तारकेश्वर

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित तारकेश्वर (१,७०० मिटर) शक्ति पिठका रूपमा पूजिन्छ। सतिदेवीको दाहिने तिघ्रा यहीँ स्थानमा पतन भएको थियो। मन्दिरमा शिवरात्रि, साउने सोमबार तथा माघमा भक्तजनको भीड लाग्छ।

बन्दाबन्दीमा साइकल यात्रा

चैत एघारबाट बन्दाबन्दीको घोषण भयो । हातका औंला भाँच्दा भाँच्दै लकडाउन थपिँदै गयो । बन्दाबन्दी खुल्ने आसमा दिन बिते । अन्योल बढ्दै गए ।

विशंखुनारायण

साँघुरो गुफाभित्र नारायणको मुख्य पूजास्थल छ। गुफाको बाहिरी भागलाई फलामे सिक्रीले घेरीएको छ। धार्मिक दृष्टिले बिशंखुनारायण हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल। हरिबोधनी एकादसीका दिन बिशंखुनारायणमा ठूलो मेला लाग्छ।

अनन्तलिंगेश्वर दर्शन

साइक्लिङका लागि भक्तपुरको अनन्तलिंगेश्वर मन्दिर क्षेत्र उपयुक्त छ । मन्दिरको सिरानीमा रहेको कैलाशडाँडाबाट काठमाडौं उपत्यकाको भ्यू छर्लङ्ङ देखिन्छ ।

स्वर्गको टुक्रा बल्थली

हिमाल, पहाड र सुन्दर उपत्यकाको भूगोल र मौलिक नेपाली गाउँघरको सुन्दर दृष्यको संगम बनेको छ बल्थली । आकास खुलेका बेला गौरीशंकर, दोर्जेलाक्पा, लाङटाङ आदि हिमश्रृखलाको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।

हेलम्बूको न्यानो काखमा...

पाल्चोकमा जयवागेश्वरी मन्दिर छ । हरेक बिहान आठ बजे नित्य पूजा सकेपछि दर्शनार्थीका लागि खुल्ला हुन्छ । यिनको दर्शनले मनोकामना पूरा  हुने जनविश्वास छ ।

साइकलमा फनफनी मकवानपुर

हेटौडाको सेरोफेरो जैविक विविधताको भण्डार मानिन्छ । धार्मिक, पौराणिक, ऐतिहासिक महत्व बोकेका ठाउँमा होटल र पार्क निर्माण गर्न सके स्वदेशी मात्र होइन, ग्रीष्म ऋतुमा भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ ।

हिउँदे साइक्लिङ रुटहरू

शनिबार सबेरै शहरमा साइकलका शौखिनको बाक्लै उपस्थिति देखिन्छ । केही दशकअघि कार्यालय समयमा देखिने साइकलको हुल भने आजकल मोटर साइकल तथा अन्य सवारी साधनले विस्थापित गरी सक्यो ।

बाईझाँउ हुम्ला

‘बाई झाँउ हुम्ला’ । तिब्बती साँध सीमामा जोडिएको, उत्तर पश्चिम नेपालको हिमाली जिल्ला हुम्ला । पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको महसुस गरेका स्थानीय जागरुक युवाले ‘प्रयत्न नेपाल’ नामक संस्थाको स्थापना गरे ।

मनसुन साइक्लिङका रुटहरु

राजधानी काठमाडौं नजानिँदो गरी साँघुरो हुँदै गइरहेको छ। मध्यकालीन समयमा टुंडिखेलसमेत शहर बाहिरको भाग थियो। अहिले उपत्यका लगभग भरिएको छ। उपत्यकावासीको दैनिकी दिनानुदिन निक्कै उकुसमुकुस हुँदै गइरहेको छ।

हात्तीको वनभोज

पुस ११ गते, मध्य मिन पचासको बिहानी। निकै चिसिएको काठमाडौं खाल्डो। सबेरै बाहिर निस्कँदा हड्डीको भित्री भाग समेत कठ्यांग्रेला जस्तो ! घुम्ने आकांक्षा धेरै। डुलुवा बानीले बरालिएको मनले हात्ती महोत्सवमा जान तयार हुँदा जाडोलाई त काँचै पचाइदियो नि।

साहसी मुटुलाई साइकल

‘साइकल’ नाम एक, किसिम र प्रयोग अनेक। खेलकुद, कामकाज, मनोरञ्जन, व्यायाम, घुमफिर, साहसिक यात्रा, रोमाञ्चक यात्रा, वातावरण संरक्षण, जनचेतना, पर्यटन प्रवद्र्धन आदि विविध कृयाकलापका लागि साइकल। निकै उपयोगी साधन सावित भएको छ साइकल।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्