१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

जिरीको मीठो सम्झना

जाऔं है दोलखा

दोलखाको जिरी उपत्यका। तस्बिर:अमृत भादगाउँले

 

‘जाऔं है दोलखा’ अभियानका संयोजक तथा दोलखाका पर्यटन अभियन्ता लिलाराम खड्काले पटकपटक दोलखा घुम्न जाने निम्ता गरिरहे। दोलखाली मित्र लिलारामको यो नै पहिलो निम्ता भने होइन। अचेल काठमाडौंलाई कर्मथलो बनाएका उनको जन्मस्थल जिरी हो।  

दाइ संघर्ष बिष्ट, निर ललितप्रिय र म २८ माघ का दिन जीपमा जिरीतर्फ निस्कियौं। दुबै सहयात्री पर्यटन व्यवसायी। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु भई सकेको थियो। बीस लाख पर्यटक भित्र्याउने सरकारको महत्त्वाकांंक्षी योजना। केही हप्तामा पर्यटकीय सिजन सुरु हुँदै थियो। पर्यटनकर्मीमाझ उत्साह जागिरहेको थियो। तन, मन, धन सबै लगाएर पर्यटकलाई स्तरीय सेवा दिने योजनाका साथ अहोरात्र खटिरहेका थिए पर्यटन व्यवसायी। यात्रामा हाम्रो कुराकानीको मूल बिषय पर्यटनमै केन्द्रित थियो।     

दोलालघाटबाट सुनकोसीमा साहसिक जलयात्राको मज्जा लिँदै पनि कुशेस्वर पुग्न सकिन्छ। सप्ताहान्तमा जानेहरूका लागि खाना तथा बसोबासका लागि होटल र लज छन्। माछा पारखीका लागि त सुनकोसीका माछाले लोभ्याउँछ नै।  

गफिँदै धुलिखेल पुगेको पत्तै भएन। रुट चयन गर्ने जिम्मा मेरो भागमा। जिरी जान धुलिखेलबाट दुइटा रुट चयन गर्न सकिन्छ। एउटा पाँच खाल, दोलालघाट, खाडीचौर मुडे, चरिकोट हुँदै जाने। अर्को कुशेश्वर, खुर्कोट, मन्थली, भीरकोट मैनापोखरी भएर। तुलनात्मक हिसाबले मुढेको बाटो छोटो पर्छ। तर सबैको सहमतिमा खुर्कोट, मन्थलीको रुट चयन गरियो। मेरा लागि दुबै रुट नौला थिएनन्। साइकलमा पटकपटक नापेको यो सडकमा नौलो कुरा भनेको तीन जना जीपमा हुइँकिँदै थियौं। कैयन पटक हिँडेको यो बाटोमा साइकल कुदाउने धित मरेको कहाँ छ र? जिपमा हुइँकिँदा पनि कताकता साइकलको झझल्को आइरह्यो। पुराना याद पस्किँदै गएँ सहयात्रीलाई।  

देवेन्द्र बस्न्यात

कुशेश्वर महादेव

पशुपतिनाथबाट दुम्जाको दूरी करिब ८० किलोमिटर छ। दुम्जा पूर्वी नेपालबाट काठमाडौँ आवतजावत गर्ने पुरानो पैदलमार्ग। पौराणिक ग्रन्थमा उल्लेख गरिएको सुवर्ण कौशिकी अर्थात सुनकोसी र रोसीको दोभानमा कुशेश्वर मन्दिर छ। कुशेश्वर महादेव आदिलिङगका रुपमा चिनिन्छन्। कुशेश्वर उत्पत्तिबारे विभिन्न किम्बदन्ती र जनश्रुति पाइन्छ। कुशेश्वरको पूजा, आराधना तथा पितृहरूको श्राद्ध गरे २१ पुस्ताको पापबाट मुक्त हुने भनाइ छ।  

कुशेश्वरका विषयमा हिमवतखण्डमा विस्तृत व्याख्या गरिएको छ। विश्वामित्र ऋषिले तपस्या गरेको विश्वामित्र गुफा यहीँ छ। यहाँ महाशिवरात्रि, बालाचतुर्दशी, पुसे औंसीमा श्रद्धालुको भिड लाग्छ।  

शीतल बिहानी। बसन्त ऋतु धर्तीमा पदार्पण गर्नै लागेको समय। भकुण्डे कटेपछि पहाडका खोंचबाट सलल्ल बगेको खोला। खोलाका छेउछाउमा हरिया फाँट। बीचका पाटापाटामा पहेंलपुर तोरी। बिछट्टै रमाइलो। रोसी खोलाले सिंचेको मंगलटार देखि सुनकोसीले सिंचेको कुशेश्वर सम्मको पुरै उपत्यका ढकमक्क तोरीले पहेंलपुर थियो।  

काभ्रे र सिन्धुलीको संगमस्थल कुशेश्वरमा बीपी राजमार्ग निर्माण पछि देशका विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटक जानेक्रम बढ्दो छ। यो स्थल धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रुपमा विकसित हुँदै गएको छ। दोलालघाटबाट सुनकोसीमा साहसिक जलयात्राको मज्जा लिँदै पनि कुशेस्वर पुग्न सकिन्छ। सप्ताहान्तमा जानेहरूका लागि दा खाना तथा बसोबासका लागि होटल र लज छन्। माछा पारखीका लागि त सुनकोसीका माछाले लोभ्याउँछ नै।  

हामी मन्दिर दर्शन पश्चात् पुनः मुख्य गन्तव्य तर्फ प्रस्थान ग¥्यौं। साइक्लिङ, बाइकिङ, जीप ड्राइभिङ जे गर्दा होस् प्राकृतिक सौन्दर्यले पुलकित बनाउने यो राजमार्गबाट यात्रा गर्दा मेरा आँखा कहिल्यै थाकेनन्। केही वर्षकै अन्तरालमा यहाँ निकै परिवर्तन भइसकेको छ। मूलकोट र खुर्कोटमा हरेक बर्ष नयाँनयाँ होटल खुल्दै छन्। कतिपय होटलको स्तरोन्नति हुँदै गइरहेको छ। कुशेश्वर, मूल्कोट, खुर्कोटका बजारमा नास्ता चाख्ने अवसर चुकाएनौं हामीले।  

खुर्कोटबाट बीपी राजमार्ग छाडेर तामाकोसीको किनार पच्छ््याउँदै मन्थली तर्फ लाग्यौं। रामेछापको सदरमुकाम मन्थली। बजार विस्तारीकरण तीव्र छ। मन्थलीबाट भीरकोटको बाटो भएर हामी जिरीतर्फ उकालिंदै गयौं। दुई पहाडको बीचबाट बहेको कन्चन तामाकोसीको सुन्दरताले निक्कै मुग्ध बनायो। यहाँ हरेक सिजनअनुसार प्रकृतिले रंग भर्छ। एक पटकको यात्रा अपुरो नै लाग्छ। त्यसैले पटकपटक यता बरालिन मन लाग्छ।      

तामाकोसी छाडेर हामी अझ उकालियौं जिरीतर्फ। बाटो चौंडा पार्ने काम तीव्र हुँदै रहेछ। गाडी गुड्दा धुलोले बाटो देख्नै मुस्किल। अब यो कामले कति वर्षमा बिट मार्ला ! सोचनीय नै छ। हाम्रातिर विकाससँगै भोग्नु परेका विनाशका व्यथाका कुरा गर्दै जिरी बजारतर्फ नजिकियौं। काठमाडौंबाट खुर्कोट, मन्थली हुँदै जिरीसम्म आइपुग्दा करिब २१० किमी यात्रा पूरा भएछ।  

दोलखा

समग्रमा दोलखा बाग्मती प्रदेशमा अवस्थित रमणीय जिल्ला हो। दोलखामा कालिन्चोक, मेलुङ, बिगु, गौरीशंकर, वैतेश्वर, शैलुङ र तामाकोसी गरी सात गाउँपालिका तथा भीमेश्वर र जिरी दुई नगरपालिका छन्। दोलखा धार्मिक  तीर्थस्थल, संस्कृति र प्राकृतिक सम्पदाले भरिएको छ। कालिन्चोक भगवती, भीमेश्वरजस्ता प्रसिद्ध तीर्थस्थल, पदयात्राका लागि प्रसिद्ध रोल्वालिङ क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र, च्छोरोल्पा ताल लगायत गन्तव्य छन्। आन्तरिक हुन् या बाह्य, दुवै पर्यटकका लािग आकर्षक गन्तव्य हुन् यी ठाउँ।  

जिरी

जिरी नगरपालिका बाग्मती प्रदेशको दोलखामा पर्छ। समुद्र सतहबाट १,६४९ मिटरदेखि ५,३४१ मिटरसम्म फैलिएको जिरी नगरपालिका  भौगोलिक विविधताले भरिपूर्ण छ। २११.२५ वर्ग किलोमिटरमा फैलिएको नगरपालिका पर्यटकीय तथा व्यापारिक केन्द्रका रुपमा परिचित छ।  

जिरी उपत्यका मनमोहक छ। मौसम अनुसार जिरीले आफ्नो रङ बदल्छ भन्दा फरक नर्पला। कुनै समय सगरमाथाको प्रवेशद्वारका रुपमा चर्चित थियो जिरी। पर्यटकीय नगरीका रुपमा समेत सुपरिचित थियो। सन् १९५३ मे महिनाको २९ तारिखका दिन एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरे। उनीहरू जिरीबाटै सगरमाथा ओहोर दोहोर गरेका थिए।

हामी जिरी बजार मुन्तिर गाई फारम, प्राविधिक शिक्षालय, अस्पताल लगायत क्षेत्रहरु सरसर्ती घुम्यौं। बजार मास्तिरको ५१ फिट अग्लो छोर्तेन, गुरु पद्मसंभवको मूर्ति भएका ठाउँमा घुम्यौं।

हामी जिरी बजार मुन्तिर गाई फारम, प्राविधिक शिक्षालय, अस्पताल लगायत क्षेत्रहरु सरसर्ती घुम्यौं। बजार मास्तिरको ५१ फिट अग्लो छोर्तेन, गुरु पद्मसंभवको मूर्ति भएका ठाउँमा घुम्यौं।  

 

लुक्लामा हवाई यातायात सुविधा विस्तार नहुँदासम्म आरोही तथा पदयात्री जिरी हुँदै सगरमाथा जान्थे, त्यसैले यसलाई ‘सगरमाथाको प्रवेशद्वार’ पनि भनिन्थ्यो। विभिन्न जातजाति तथा धार्मिक समुदायको बसोबास भएको जिरी नगरपालिकामा अन्य जातिका तुलनामा क्षेत्री, जिरेल तथा शेर्पाको संख्या बढी छ। कृषि तथा पशुपालन यहाँका बासिन्दाका मुख्य व्यवसाय। विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेकाले यहाँ सांस्कृतिक विविधता पाइन्छ।  

जिरीलाई आधार मानेर विभिन्न तीर्थस्थल तथा अन्य गन्तव्य घुम्न सकिन्छ। चिज र छुर्पीका लागि जिरी प्रख्यात छ। बजारबाट तीन घण्टा पदयात्रामा च्र्योदोङ चीज कारखाना पुगिन्छ। यहाँ वैशाखदेखि कात्तिकसम्म चिज बनाएको हेर्न पाइन्छ। बजारबाट ६ घण्टा पदयात्रामा च्योर्दोङ्ग (३,६९० मिटर) डाँडामा पुगिन्छ।  

हाम्रो गन्तव्य यस पटकका लागि जिरीसम्म मात्र। जिरी बजार मुन्तिर गाई फारम, प्राविधिक शिक्षालय, अस्पताल लगायत क्षेत्रहरु सरसर्ती घुम्यौं। बजार मास्तिरको  ५१ फिट अग्लो छोर्तेन, गुरु पद्यसम्भवको मूर्ति भएका ठाउँमा घ्ुम्यौं।  

 

हिउँदको समय भन्दा हरीयाली हुने सिजन आकर्षक हुन्छ। बजार यात्राका क्रममा स्थानीय उत्पादनतर्फ हाम्रा आँखा दौडिए। सर्वाधिक रोजाइमा पर्ने छुर्पी लिन पछि परेनौं हामी।  

विसं २०७२ सालको भूकम्प पश्चात् जिरीको स्वरुपमा परिवर्तन आएको छ। बजार आसपास घुमघाम पश्चात् हामी स्थानीय होटल गाबिलामा पुग्यौं। जिरीको पर्यटनलाई टेवा पु¥्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने दाइ केशर जिरेलसँग भेट हुन सकेन। उहाँ स्वास्थ्य उपचारका लागि काठमाडौं जानु भएको भाउजू  हर्कमायाले बताउनुभयो। होटल म्यानेजमेन्ट अध्ययन पश्चात् पारिवारिक व्यवसाय छोरा कविराजले संहालेका छन्।  

जिरीबाट कोसेलीको रुपमा चौरीको चिज, नौनी, छुर्पी, पदमचालबाट बनेको रक्सी, गुन्द्रुक, किबी, अर्गानिक पिठो र मूलाका परिकार ल्याउन पाइन्छ। गाबिला होटलमा पनि यी सामान किन्ने सुविधा छ।  

जिरीबाट कोसेलीको रुपमा चौरीको चिज, नौनी, छुर्पी, पदमचालबाट बनेको रक्सी, गुन्द्रुक, किबी, अर्गानिक पिठो र मूलाका परिकार ल्याउन पाइन्छ। गाबिला होटलमा पनि यी सामान किन्ने सुविधा छ।  

चियानास्ता गर्दैगर्दा जिरी घुम्न निम्ता दिने मित्र लीलारामसँग फोनमा संवाद भयो। वास्तवमा जिरी जानु अगाडि हामीले उनलाई थाहा दिएका थिएनौं। उनको जन्मथलोमा हामी पुगेको खबरले उनी खुसी भए।  

 

जिरीको पर्यटन प्रवद्र्धनमा पछिल्लो एक दशकदेखि क्रियाशील छन्.उनी। मुलुकले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरीरहँदा उनको नेतृत्वमा ‘जाऔं है दोलखा अभियान’ चलाउने तयारी हुँदै थियो। तर, कोरोना भाइरसले त्यसलाई बिथोल्यो।  

उनको अभियानलाई साथ दिन साङ्केतिक रुपमै भए पनि हामी जिरी भ्रमणमा गएका थियौं। केही बेरको कुराकानी पश्चात् हामीले जिरी भ्रमण बिट मार्ने तरखर ग¥यौं।  

अन्तमा

त्यसबखत माघको पहिलो हप्ता चीनबाट नेपाल आएका एक नेपाली युवामा कोरोना सङ्क्रमण पुष्टि भएको अखबारमा छापियो। डिसेम्बरमा पहिलो पटक चीनको वुहान प्रान्तमा देखिएको यो भाइरस कोरिया, जापान, थाइल्याण्ड, सिंगापुर,  युरोप तथा अमेरिका पुगिसकेको थियो। यात्रामा कोरोना सङ्क्रमण यति भयावह रुपमा फैलेला भन्ने अड्कल थिएन। आधुनिक विज्ञानको चमत्कार नै मान्नु पर्छ यस भन्दा अगाडि स्वाइन फ्लु, वर्ड फ्लु, इवोला जस्ता महामारी रोक्न सफल भएको थियो।  

हामी आशावादी थियौं, आधुनिक विज्ञानले यसलाई नियन्त्रण गर्न सक्छ भनेर।      

कोरोना भाइरसबाट हामी अछुतो रहन सकेनौं। अहिले हामी दोस्रो लहरको चपेटामा छौं। समय असामान्य बनेको छ। आशा गरौँ हाल स्थगित भएका अभियान कोरोना भाइरसलाई नियन्त्रणमा राखे पछि पुनः अगाडि बढ्ने छ। ओझेलमा परेका स्थानीय गन्तव्यको खोजी गर्दै विश्व जनसमुदाय समक्ष पस्कन जागरुक थुप्रै लीलाराम यो मुलुकलाई चाहिएको छ।  

प्रकाशित: २३ भाद्र २०७७ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App