१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई देशका रूपमा मान्यता दिनु हमासको लागि पुरस्कार : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविरामका लागि आफू सक्रिय रहेको भन्दै वार्ताका पक्षहरूले यसलाई सम्भव बनाउनुपर्ने बताएका छन्। 

ट्रम्पले हालै बेलायतसहित धेरै पश्चिमा देशहरूले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिएको उल्लेख गर्दै भने, ‘यो हमासको क्रूरताको लागि पुरस्कार हुनेछ।’

ट्रम्पले शान्ति चाहनेहरूले एउटै सन्देशमा एकताबद्ध हुनुपर्ने बताउँदै भने बन्धकहरूलाई अहिले नै रिहा गर्नुपर्ने बताए। 

संयुक्त राष्ट्र संघको महासभामा बोल्दै उनले संयुक्त राष्ट्र संघको नै आलोचना पनि गरेका छन्। उनले युद्ध रोक्न भएका वार्तामा संयुक्त राष्ट्र संघ अमेरिकासँग नभएको आरोप समेत लगाए। 

ट्रम्पले महासभालाई सोधे, ‘संयुक्त राष्ट्र संघको उद्देश्य के हो?’ ट्रम्पले संयुक्त राष्ट्र संघको ८० औं महासभामा विश्व नेताहरूलाई आफ्नो युद्ध रोकेको दाबी पनि दोहोर्‍याए। 

उनले भने, ‘केवल सात महिनामा, मैले सात कहिल्यै नसकिने युद्धहरू रोकें। यीमध्ये दुई ३१ वर्षदेखि चलिरहेका थिए। एउटा ३६ वर्षदेखि चलिरहेको थियो। एउटा २८ वर्षदेखि चलिरहेको थियो। यसमा थाइल्याण्ड र कम्बोडिया, कोसोभो र सर्बिया, कंगो र रुवान्डा, पाकिस्तान र भारत, इजरायल-इरान, इजिप्ट र इथियोपिया, र आर्मेनिया-अजरबैजान समावेश छन्।’ एजेन्सी

प्रकाशित: ८ आश्विन २०८२ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App