८ वैशाख २०८१ शनिबार
ब्लग

अध्यात्म : डिप्रेसनको उपचार

प्रकृति काफ्ले

प्रकृति काफ्ले  

सोफिया मेरो साथी, उनीसँग बहस भइरहेको थियो, हामी युवापिँढीमा डिप्रेसनको बढ्दो कारण के हो भनेर। उनी भन्दै थिइन्, ‘करिअर, ओभर थिंकिङ, आफूलाई अरूसँग दाज्नु र लभ लाइफका कारण। खाली दिमाग शैतानको घर भएकाले जति व्यस्त भयौं उति डिप्रेशन कम हन्छ।’  

उनले मलाई सोधिन्, ‘प्रकृति हजुरलाई के लाग्छ नि?’  

मनमनै ठीकै छ भन्दै मैले पनि उनलाई सोधें, ‘को हौ तिमी?’ उनले छक्क पर्दै भनिन्, ‘म सोफिया।’  

‘सोफिया त हजुरको नाम मात्र हो, हजुरचाहिँ को हो?’, मैले प्रतिप्रश्न गरें ।  

‘म मान्छे, सामाजिक प्राणी’, उनले भनिन् ।  

अध्यात्म मलमपट्टी हो। दुखेको छ, ठीक छ, बिस्तारै निको हुन्छ भन्दै जीवन र दिनचर्यालाई रमाएर निरन्तरता दिन अध्यात्मले सिकाउँछ। तिमीले आफूलाई सिकाउँछौ सिर्फ पहिला आफूलाई चिन। आफ्नो प्रकृतिलाई चिन।’

‘मान्छे चरित्र होइन र ?’ उनको ‘अँ’ इशारा पाएपछि मैले सोधें, नाम र चरित्रविना तिमी को हौ?’

मेरो प्रश्नमा उनी टोलाइन्। मैले ध्यानाकर्षण गराएँ, ‘आफू को हो भन्ने ज्ञान नहुनु नै डिप्रेशनको मूल कारण हो ।’

डब्लुएचओको अध्ययनअनुसार विश्वका २६४ मिलियन मान्छेमा डिप्रेशन पाइएको छ, त्यसमध्ये कतिले त आफूलाई डिप्रेशन भएको कुरा खुलाएका पनि छैनन्! अझ एंग्जायटी, फ्रस्ट्रेशन त अहिलेको परिवेशअनुसार सबैलाई छ जस्तो लाग्छ।  यहाँ आफूदेखि कोही सन्तुष्ट छैनन्। कोही खुसी छैनन्। धनी गरीब, विद्वान, मूर्ख,  पढअनपढ सबैको मन अशान्त छ। खोज्ने हो भने सबैमा एउटै समानता भेटिनछ, त्यो हो चिन्ता।  

धेरै मान्छे आफ्नो जिन्दगीबाटै हारिसके, आफूबाटै थाकिसके। निराश छन् समय र जिन्दगीसँग। मेरो विचारमा यी सबको मूल कारण अध्यात्ममा नलाग्नु हो। हाम्रो पुस्ता अध्यात्म शब्द सुन्नेबितिकै तर्सिन्छ। नतर्सिनुस् म अध्यात्ममा लाग्नु भन्नाले पूजापाठ, दानदक्षिणा, यज्ञहोम, वर्ततीर्थ गर्नुस् भन्दिन। त्यो आआफ्नो इच्छा हो तर हामी सबै अध्यात्ममा लाग्नुपर्छ भन्छु्र।

‘त्यसो भए अध्यात्म भनेको के हो त?’ यो प्रश्न सुन्नासाथ म झस्किएँ। अहो, मैले सोफियाजी हुनुहुन्छ भन्ने कुरै पो बिर्सेएछु । मुस्कुराउँदै मैले फेरि भन्न सुरू गरें, ‘अध्यात्म भनेको आफ्नो आत्मालाई अध्ययन गर्नु हो। आफूलाई चिन्नु हो। हामीले संसारलाई बुझ्ने कोसिस ग-यौं तर आफूलाई बुझ्लाई बुझ्ने कोसिस गरेनौं।  

हाम्रो हात केहि कारणवश काटियो रगत बग्छ, पीडा हुन्छ, कसैलाई धेरै दुख्छ, कसैलाई थोरै, कसैको एकदम गहिरो काटिन्छ जसको दाग जीवनभर जाँदैन्। त्यसो भयो भन्दैमा तिमी आफ्नो पूरै हात छिनाली दिन्छौ? छिनाल्दैनौं नि? हो, जिन्दगीमा आउने उतारचढाव त्यही हो।  

हामी को हो भन्ने कुरा हाम्रो प्रकृतिमा आधारित हुन्छ। कसैलाई आत्मदेखि नै डाक्टर भन्न मन लाग्छ अनि बन्छ भने त्यो खुशी हुन्छ। सन्तुष्ट हुन्छ र चिन्तारहित हुन्छ तर अरूको देखासेखी, करकापबाट बन्छ भने ऊ कहिले खुसी हुँदैन।  अहँ, कुनै हालतमा हुनै सक्दैन किनकि उसको त्यो प्रकृति हैन। काठको छेस्कालाई पानीमा हाल्नुस्, , त्यसमा त्यो बिलिन हुन्छ त? त्यहि पानीमा नूनलाई हाल्नुस् एकैछिनमा बिलिन हुन्छ मतलब नूनको प्रकृति पानी हो तर काठको छेस्काको हैन।  त्यही भएर आफ्नो प्रकृतिलाई चिन्, तिमीले आफूलाई चिन्छौ।  

अहिलेका युवालाई करियरको चिन्ताले धेरै सताएको हुन्छ। अलिअलि जीवनकाबारे चिन्तन गर्नु स्वाभाविक हो। तिम्रो प्रकृति के हो बुझ, तिम्रो प्रकृति गुरु हुन सक्छ तर तिमी लागिराको छौ बैंक मेनेजर बन्न। अनि तिमी त्यही काठको छेस्को नभएर के हुन्छौ त? पैसा अलि कम मिलोस, तिमी जेमा खुशी हुन्छौ त्यही गर किनकि जीवन भन्दा ठूलो पैसा त होइन नि। तिमी, तिमी हौ अरू बन्न नखोज।  कोही हिरा हुन्छन् त कोही ढुंगा। अब ढुंगाले आफूलाई हिरासँग तुलना गरेर हिरा बन्न खोज्नु त महामूर्खता होइन् र? तिमी जे छौ एकदम ठीक छौ, आफूलाई अपनाउन सिक।

मेरा कुरा सुनेपछि सोफिया बोलिन्, ‘हामीमा यही कमी छ, आफूजस्तो छ त्यस्तैलाई अपनाउनै सक्दैनौं। हामी ढुंगा भएर हिरा बन्न दिनरात लागिपर्छौं तर त्यही ढुंगालाई मेहनत गरेर कुँध्यौं भने सबैले पुज्ने देवता पनि त बन्छौ नि होइन र प्रकृतिजी?’  

‘हाहाहा !’ हो, अब भनेचाहिँ म जोडले हासे उनले मेरो कुरामा हामी भरेको देखेर।  

मैले मेरा कुरालाई निरन्तरता दिदै भने, ‘यो लभ लाइफ त प्रमुख कारण जस्तो लाग्छ। हरेकको गुनासो नै यही  हुन्छ। जोविना हाम्रो कुनै अस्तित्व नै हुने थिएन्। हाम्रो जिन्दगी, हामी नै हुने थिएनौ, जसले हामीलाई निस्वार्थ भावनाले प्रेम गरिरहे, हाम्रा आमाबुवा, उहाँहरूको प्रेमलाई नदखाएर कोही पैसाको प्रेममा हामी कति मुग्ध भैदिन्छौ है। प्रेम नगर्नु भन्दिन तर अरूलाई आफ्नो मन मस्तिष्कसँग खेल्ने कहिले नदिनु, ऊविना आफ्नो अस्तित्व नै छैन भनेर चोट नपुराउनु। हामी युवालाई यी सब कुरा एकदम राम्ररी थाहा छ तर व्यवहारमा भने उतार्न सकिरहेका छैनौ र यसको कारण न त्यही हो, आफूलाई नचिन्नु। जब तिमी अध्यात्ममा लाग्छौ यी सब कुरा बोलीमा मात्र हैन, व्यवहारमा नि लागु हुन्छ।

दुःखी बनाउने हार्मोनलाई कसरी कम गर्ने वा रोक्ने त? यसको उत्तर ज्ञान र विज्ञानले एउटै भनेको छ र अध्यात्मले पनि यही भन्छ–योग, प्राणायाम अनि ध्यान।  

अध्यात्ममा लाग्नु भनेको पूजापाठ मात्र हैन, पूजापाठ गर्नेले पनि आफूलाई चिनिरहेका हुँदैनन्। म फेरि भन्छु अध्यात्म भनेको आत्मलाई अध्ययन गर्नु हो। हाम्रो हात केहि कारणवश काटियो रगत बग्छ, पीडा हुन्छ, कसैलाई धेरै दुख्छ, कसैलाई थोरै, कसैको एकदम गहिरो काटिन्छ जसको दाग जीवनभर जाँदैन्। त्यसो भयो भन्दैमा तिमी आफ्नो पूरै हात छिनाली दिन्छौ? छिनाल्दैनौं नि? हो, जिन्दगीमा आउने उतारचढाव त्यही हो।  

जिन्दगीमा हुने लभ लाइफका समस्या, करियरका समस्या, जे जति समस्या छन् ती सब त्यो हातमा लागेको घाउजस्तै हो। तिमीलाई दुख्नु स्वभाविक हो तर दुख्यो भन्दैमा मलमपट्टी गर्न डराउछौ। त्यो हात र घाउलाई हेर्दै सबथोक छाडेर, त्यही सोचेर बस्छौ भनेचाहिँ अस्वभाविक हो। जीवनमा अध्यात्म भनेको भनेको त्यही मलमपट्टी हो। दुखेको छ, ठीक छ, बिस्तारै निको हुन्छ भन्दै जीवन र दिनचर्यालाई रमाएर निरन्तरता दिन अध्यात्मले सिकाउँछ। तिमीले आफूलाई सिकाउँछौ सिर्फ पहिला आफूलाई चिन। आफ्नो प्रकृतिलाई चिन।’  

यति भन्दै मैले आफ्ना शब्दलाई पूर्णविराम दिएँ।  म रोकिएको देखेर उनले मलाई सोधिन्, ‘त्यसो भए हामी को हो त? हामीले आफ्नो प्रकृतिलाई कसरी चिन्ने? आफूलाई कसरी चिन्ने?’

मैले मन्द मुस्कान दिँदै भनें, ‘यसको उत्तर त म दिन्न, आफै खोज्नुस, तिर्खा नलागी हाम्रो अगाडि नै खोला बग्यो भने पनि त्यसको महत्व हुँदैन। म यति मात्र भन्न चाहान्छु एंग्जायटी, फ्रस्ट्रेसन, स्याडनेस, जे जति छन् ती हाम्रो ज्ञान अर्थात् शास्त्र नुसार नकारात्मक ऊर्जा हुन्। र विज्ञान अनुसार हाम्रो दिमागमा उत्पन्न हुने हार्मोन हुन्। कुनै खुसी बनाउने हार्मोन हुन्छन् त कुनै दुःखी बनाउने। दुःखी बनाउने हार्मोन हामीमा कति उत्पन्न हुन्छ, त्यहीअनुसार हामी कति दुःखी हुन्छौं, त्यसमा निर्धारित हुन्छ। नकारात्मक ऊर्जा वा दुःखी बनाउने हार्मोनलाई कसरी कम गर्ने वा रोक्ने त? यसको उत्तर ज्ञान र विज्ञानले एउटै भनेको छ र अध्यात्मले पनि यही भन्छ, योग, प्राणायाम अनि ध्यान।  

यसले नकारात्मक ऊर्जालाई कम त गर्छ नै, आफू को हो भनेर पनि चिनाउँछ। हामी आफूलाई जान्न दिनको आधा घण्टा त अवश्य दिन सक्छौं। जतिसुकै व्यस्ततापूर्ण जीवन भए पनि। महत्वपूर्ण कामका नतीजा एकै दिनमा आउदैन, केही समय लाग्छ। केही समय आफूलाई देऊ किनकि तिमी एकदम महत्वपूर्ण छौ। योग, प्राणायाम र ध्यान गर्दा तिमी को हौ, तिमी आफै बुझ्छौ। आफू बदलिएको अनुभव गर्छौ। एकैदिनमा अनुभव नगरलौला तर तरीका सही भयो भने अवश्य आफूलाई चिन्छौ अनि सबभन्दा ठूलो कुरा तिमी खुसी हुन्छौ, सन्तुष्ट हुन्छौ र चिन्तारहित हुन्छौ। ’

सोफियाजी मेरो कुराको नदीमा यति डुबिसक्नुभएछ कि समयले नेटो काटेको थाहै पाउनु भएन। मैले आफ्ना कुराको नदीबाट उतार्दै भने, ‘सोफियाजी मेरो कुरा सकियो अब घरतिर लाग्ने हो कि?’

अलि खिन्न भएर उहाँले भन्नुभयो, ‘हुन्छ।’ 

प्रकाशित: १० असार २०७७ ०५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App