२३ असार २०७७ मंगलबार
ब्लग

चर्पी बनाउन सङ्घर्ष

ताङतिङ मेरो गाउँ

पोखरेली कलाकार डिबी गुरुङले बनाएको कास्की जिल्ला, ताङतिङ गाउँको चित्र ।

परिवारले हामीलाई सधैं सत्कर्ममा लाग्न प्रेरित गथ्र्यो। त्यसैले हामी सानैदेखि सामाजिक काममा लाग्थ्यौं। विकृतिविरुद्ध धावा बोल्थ्यौं। ताङतिङलाई जुवातास, धूमपान र मद्यपानमुक्त गाउँ बनाउन हामी एकजुट भयौं। विसं २०४२ ताका नै हामीले गाउँमा जुवातास बन्द गराएका थियौं।  

सजिलो थिएन हाम्रो अभियान। हामी निकै खट्थ्यौं। गाउँका काका, बाबा र मामाहरूलाई सम्झाएर जुवातास बन्द गरायौं। खुलेआम रूपमा भइरहेको रक्सी सेवन पनि बन्द गरायौं।

खोल्सामा टिनले बारेको खुला चर्पी प्रयोग गर्दै आएको गाउँमा व्यवस्थित आधुनिक चर्पी बनाउनु सामान्य कुरा थिएन। चर्पी अभियान सफल बनाउन ठूलै पापड बेल्नुप-यो। ठूलै लडाईं जित्नु प-यो।

यस्ता रचनात्मक काम गर्दा मान्छे हामीसँग खुसी हुन्थे। कति आमाहरू ‘हाम्रो रक्सी खाने मान्छे कोही छैन’, किन बन्द गर्नुप-यो भनेर रिसाउँथे। पछि तिनका सन्तानहरूले लुकीछिपी रक्सी र लागूपदार्थ सेवन गर्न थालेपछि हामीलाई गुहार्न आउँथे।  

हामी ५ कक्षा पढ्दैदेखि सामाजिक काममा सक्रिय भयौं। त्यो बेला छिमेकी काकाहरू बुट जुत्ता टिलिक्क पारेर, टाटेपाटे सैन्य पोशाकमा ठाँटिएर छुट्टीमा गाउँ आउँथे। उनीहरू दुश्मनहरूलाई मूला काटेझैं काटेका कुरा सुनाउँथे। तिनका कुरा सुन्दा भुर्र उडेर मन लाहुर पुगिहाल्थ्यो। अनि म पनि मनमनै बुट बजार्दै गाउँ डुल्थें।

हाम्रो गुरुङ समाजमा हुरी प्रथा अझै छ। हामी सानैदेखि कोदो रोप्ने, गोडने र हुरी गथ्र्यौं। असारसाउनमा केटाकेटी मिलेर दशैंमा चेलीबेटीहरू (हुरी, गर्ने दौंतरी)लाई पिङमा सम्मानपूर्वक खेलाउँथ्यौं। जेठमा गोठ पुगेर दूध मागेर ल्याउँथ्यौं। त्यसको खीर बनाएर चेलीबेटीलाई खुवाउँथ्यौं।  

यसरी बुझौं गाउँ हाम्रा लागि खुला स्कुल थियो। हामीले जीवनोपयोगी ज्ञान, सीप र धेरै कुरा गाउँमै सिक्यौं।  

मादीमा पानी बगिरह्यो। हामी हुर्केर लक्का जवान भयौ। विसं २०४४ तिर होला, घान्द्रुकमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाइलट प्रोजेक्ट शुरू भयो। त्यसमा डा. चन्द्रबहादुर गुरुङ र मिङ्मा शेर्पाको योगदान थियो। पछि २०४६÷०४७ सालतिर हाम्रो गाउँको पारि सिक्लेसमा एक्यापको कार्यालय खोलियो।

हाम्रो गाउँमा पनि उपसमिति (संरक्षण क्षेत्र व्यवस्थापन उपसमिति नामार्जुङ) गठन गर्न एक्याप सिक्लेसका कार्यालय प्रमुख रामचन्द्र नेपाल आउनुभयो। समाजसेवी देवीजङ गुरुङको अध्यक्षतामा उपसमिति गठन गरियो। मचाहिँ सदस्य पदमा बसें।  

एक्यापको सहयोगमा पहिला हाम्रो विद्यालयमा बाँसले बारेर चर्पी बनाइयो। त्यो देखेर सबै गाउँले गलल्ल हाँसे। हामीले धेरै सम्झाइबुझाइ गरेर गाउँका तीन ठाउँमा सामुदायिक चर्पी बनायौं।

एक्यापले हामीलाई वन तथा वन्यजन्तु संरक्षण, एकीकृत कृषि, पर्यटन, सरसफाइ, सामुदायिक विकासका कुरा देखाउन स्याङ्जाको शिरुवारी, चितवनको सौराहा र  तनहुँको दमौलीस्थित कृषिविज्ञ केवी गुरुङको फार्म घुमायो।  

म सानै थिएँ। हाम्रो भ्रमण दलमा समाजसेवीहरू थाकका गंगाबहादुर गुरुङ (तत्कालीन कास्की जिविसका उपसभापति), सिल्दुजुरेका पूर्व प्रधानपञ्च रुद्रबहादुर गुरुङ, तप्राङका समाजसेवी चन्द्रप्रसाद गुरुङ, सिक्लेसका समाजसेवी एवं पूर्व प्रधानपञ्च डम्बरबहादुर गुरुङ लगायत हुनुहुन्थ्यो।  

समय क्रममा हामीलाई एक्यापले नेतृत्व विकास, संरक्षण, वनवन्यजन्तु, जनसहभागिता, दिगो विकास लगायत धेरै विषयमा तालिम दियो। हाम्रो गाउँमा शिकारी कुकुर पालेर मृग लखेटिन्थ्यो। मृग थाकेपछि कुकुरले समात्थ्यो। अनि त्यसलाई शिकारीले बन्दुक सोझ्याउँथे। मृगको मासु बाँडेर खाने चलन थियो।  

गाउँ नजिकैका वनमा फँडानी पनि धेरै हुन्थ्यो। सिक्लेसमा एक्याप आएपछि त्यहाँका कर्मचारी हाम्रो गाउँमा आएर संरक्षण, विकास र सरसफाइ विषयक फिल्म देखाउँथे। उनीहरू हामीलाई जैविक विविधता संरक्षण गर्न हौस्याउँथे।

हाम्रो गाउँमा शिकारी कुकुर पालेर मृग लखेटिन्थ्यो। मृग थाकेपछि कुकुरले समात्थ्यो। अनि त्यसलाई शिकारीले बन्दुक सोझ्याउँथे। मृगको मासु बाँडेर खाने चलन थियो।

एक्यापको आगमनले शिकार खेल्न रोक लगाइयो। सामुदायिक विकास, संरक्षण, बिजुली, सरसफाइ लगायतका कामहरू भए। मलाई मन छोएको कामचाहिँ चर्पी अभियान हो। चर्पी बनाउनु कुन ठूलो काम भयो भन्ने लाग्न सक्छ। झन्डै तीन दशकअघि हाम्रो गाउँमा सेफ्टी ट्यांकीसहितको व्यवस्थित चर्पी थिएन। हामी खोल्सामा टिनले बारेर बनाइएका चर्पी प्रयोग गथ्यौं।

एक्यापको सहयोगमा पहिला हाम्रो विद्यालयमा बाँसले बारेर चर्पी बनाइयो। त्यो देखेर सबै गाउँले गलल्ल हाँसे। हामीले धेरै सम्झाइबुझाइ गरेर गाउँका तीन ठाउँमा सामुदायिक चर्पी बनायौं। त्यसपछि निजी शौचालय बनाउनेमा तत्कालीन संरक्षण क्षेत्र व्यवस्थापन उपसमितिका अध्यक्ष बालासिङ गुरुङ पहिलो, सदस्य हर्कबहादुर गुरुङ दोस्रो र म तेस्रो भयौं।  

खोल्सामा टिनले बारेको खुला चर्पी प्रयोग गर्दै आएको गाउँमा व्यवस्थित आधुनिक चर्पी बनाउनु सामान्य कुरा थिएन। चर्पी अभियान सफल बनाउन ठूलै पापड बेल्नुप-यो। ठूलै लडाईं जित्नु प¥यो। गाउँलेमा व्यवस्थित चर्पी बनाउनुपर्छ भन्ने चेतै थिएन। सामान्य टिनले बारेको खुल्ला चर्पीको चलन थियो। मेरै घरमा पनि सोचे जस्तो सजिलो भएन। आँगनमा चर्पी बनाउन बुबासँग सल्लाह गर्दा मान्नु भएन। ‘नजिकैको खोल्सामा चर्पी छँदैछ, घरको आँगन मासेर किन बनाउनु प¥यो’, भनेर कड्किनुभयो।  

मैले जसरी पनि सरसफाइ अभियान सफल बनाउने अठोट बोकेको थिएँ। त्यसैले पाँच जना कामदारको सहयोगमा चैतमा सेफ्टी ट्यांकी खनाउन थालें। ढुङ्गा जम्मा गर्ने, काठ काट्ने काम तीव्र गतिमा चल्दै थियो। एक दिन मुसलधारे पानी प¥यो। आँगनमा थुपारिएको ढुङ्गा र माटो बगाउला जस्तो भयो। बुबालाई घरको माया लागेछ। हामीले खनेको खाल्डो बारेर भकारीको गोठ बनाउनुभयो। त्यसपछि चर्पी बनाउन हामीलाई पूरै सहयोग गर्नुभयो। हामीले सेफ्टी टयांकीसहितको चर्पी र बाथरुम बनायौं। जुन चर्पी अहिलेसम्म प्रयोगमा छ।  

खानेपानी पनि व्यवस्थित ग-यौं। पोखराको विजयपुरबाट बोकेर पाइप ल्याइएको थियो। सिमेन्ट र बालुवा भने खच्चडमा ल्याइयो। यसरी पौनितिमा रहेको पौनेमूल भन्ने ठाउँबाट पानी ल्याएर गाउँभन्दा माथि तीन ट्याङ्की बनाएर गाउँमा वितरण गरिएको छ।

आज गाउँका सबैको घरमा आधुनिक चर्पी, बाथरुम र उन्नत चुलो छ। आखिर सबै मिलेर गरेमा सामुदायिक विकास सम्भव हुन्छ।  

मलाई सानैदेखि लोककल्याणकारी काममा लगाव थियो। बुबाले मलायाबाट ल्याउनुभएको पानासोनिक रेडियोबाट एम्नेस्टि इन्टरनेसनल र रेडक्रस अभियानबारे सुनेको थिएँ। विसं २०७० भन्दा अगाडि मैले पनि नेपाल रेडक्रस सोसाइटी कास्की शाखामा कार्य समितिमा सदस्य र उपकोषाध्यक्षमा गरी दुई कार्यकाल बिताएँ। साथै साविकको नामार्जुङ गाविसको उपशाखामा रेडक्रस सभापति भएर पनि सेवा गरें।  

बेलाबेलामा आउने प्राकृतिक विपत्तिमा ज्यानको बाजी थापेर रेडक्रसमार्फत समुदायमा सक्दो सहयोग पु-याएँ। विसं २०६६ साउनमा तप्राङको पहिरोले बस्तीलाई विस्थापित गर्दा पोखराबाट हिँडेरै उर्लंदो खोला तरी गाउँमा पुगेर सहयोग गरेको थिएँ।  

पाहार ट्रस्ट नेपालको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा तप्राङ र सेती खोलामा पहिरोबाट विस्थापितहरूलाई घर बनाउन पनि सहयोग ग-यौं।  

विसं २०६६ तिर कास्कीकै मिजुरे, गहतेमा पहिरोमा परेर दलित परिवारले तीन जना सन्ताउन गुमाउँदा साउने झरीमा रुझ्दै रेडक्रसबाट राहत लिएर पीडित परिवारलाई मलमपट्टि गरेको थिएँ। त्यस्तै बाढीले नेपालगञ्ज डुबानमा पर्दा समेत रेडक्रसकर्मीका रूपमा त्यहाँ पुगेको थिएँ। हामीले त्यहाँ बाढी प्रभावितलाई खाद्यान्न र लत्ताकपडा बाँडेका थियौं। मैले गरेका काममध्ये केही मात्र यहाँ प्रस्तुत गरेको छु।

गाउँघरमा आगलागी, बाढीपहिरो जस्ता समस्या आउँदा सक्दो सहयोग गर्छु। रेडक्रस अभियानमा लाग्दा पनि धेरै कुरा सिक्न पाएँ। म रेडक्रसको बोर्ड सदस्य रहेका बेला २०६६ सालतिर गाउँमा नयाँ खानेपानी योजना, उन्नत चुलो, आधुनिक चर्पी र बाथरुम निर्माणका लागि पहल गरें।  

विसं ०३५÷०३६ सालमा हाम्रा अग्रजहरूले खानेपानीको व्यवस्था मिलाएका थिए। धेरै वर्ष भएकाले हाम्रो त्यो खानेपानी जीर्ण भएको थियो। हामीले २०४७ सालतिर देखेको सपना पूरा हुँदै थियो। खानेपानी तथा सरसफाइ आयोजनाका लागि २०६७ सालमा युनिका फाउण्डेसन नेदरल्याण्डले आर्थिक सहयोग ग-यो। रेडक्रस सोसाइटी कास्कीले प्राबिधिक सहयोग पु¥यायो। बल्ल सबै घरमा चर्पी, धारा, उन्नत चुलो बनाउने अभियान पूरा भयो। खानेपानी, चर्पी र उन्नत चुलो बनाउन युनिका फाउण्डेसन नेदरल्याण्ड र रेडक्रस सोसाइटी कास्कीले सहयोग गर्नुअघि गाउँका लगभग ४० घरमा चर्पी बनिसकेको थियो।  

हामीले शुरू गरेको अभियान सफल बनाउन झन्डै तीन दशक लाग्यो। हामीले नयाँ ढंगले खानेपानीको व्यवस्था मिलायौं। चर्पी अभियान चलाउने बेला चर्पी बनाउन गारो भएका दश घरमा बनाउन हामी हिमालय मिलन माविका शिक्षक र विद्यार्थीले श्रमदान ग-यौं। हामीले बिहानबेलुका ढुङ्गामाटो बोक्ने, गिट्टी कुट्ने लगायत काम गरेर सघायौं।  

खानेपानी पनि व्यवस्थित ग-यौं। पोखराको विजयपुरबाट बोकेर पाइप ल्याइएको थियो। सिमेन्ट र बालुवा भने खच्चडमा ल्याइयो। यसरी पौनितिमा रहेको पौनेमूल भन्ने ठाउँबाट पानी ल्याएर गाउँभन्दा माथि तीन ट्याङ्की बनाएर गाउँमा वितरण गरिएको छ। मेरै पहलमा छिमेकी गाउँ घ्याम्राङमा पनि कास्की रेडक्रसमार्फत खानेपानी योजना आएको थियो।  

हाम्रो गाउँमा बर्सेनी चैते दशैं मेला लाग्छ। धेरै वर्ष हाम्रै सक्रियतामा मेला सञ्चालन गरिएको थियो। यसबाट ताङतिङ गाउँको प्रचार, खेलकुद विकास र भाइचारा बढाउन मद्दत पुगेको छ।  

हामी सबैको मेहेनतले ताङतिङ नमूना गाउँ बन्यो। सामाजिक काममा लाग्दा मनमा ऊर्जा बढ्छ। त्यसैले म बाँचुञ्जेल मानव कल्याणमा समर्पित हुनेछु।  

(हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक गुरुङको प्रकाशोन्मुख पुस्तक ‘ताङतिङ मेरो गाउँ’को एक अंश ।)  

प्रकाशित: ९ असार २०७७ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App