१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनको भव्य र्‍यालीमा पनि भएन जाम

नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरका अध्यक्ष वचन देउजाले महाधिवेशन सुरु हुनु एकदिन अगाडि सार्वजनिक विज्ञप्ति प्रकाशित गरी आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन भक्तपुरमा हुने भएको र त्यो क्रममा उदघाटन रयाली हुँदा धेरैथोरै सवारी जाम हुने भएको भन्दै सार्वजनिक रुपमा त्यसका लागि माफे मागे ।  

पार्टीको ११ औं केन्द्रीय महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने र रयालीको क्रममा राजमार्ग अवरद्ध हुनसक्ने भएको भन्दै त्यसको लागि अत्यावश्यक बाहेकका निजी प्रयोजनका सवारी साधन सञ्चालनमा वैकल्पिक सडक प्रयोग गर्न उनले आह्वान गरेको थिए । उनले सकेसम्म राजमार्ग अवरुद्ध नपार्ने तर लाखौ जनता रयालीमा रहने भएकाले यातायात सहजताका लागि यस्तो आग्रह गरेका थिए । विज्ञप्तिमा लेखिएको थियो, एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उदघाटन सत्र २७ गते शनिबार परेको छ । त्यसर्थ कार्यालयहरु, विद्यालयहरु सबै सार्वजनिक निकायमा विदा रहेकाले अत्यावश्यक काम बाहेकका अन्य सवारीसाधन त्यस दिन भक्तपुरको मुख्य सडक अरनिको राजमार्ग भएर सञ्चालन हुँदैनन् भन्ने हामीले विश्वासका साथ अपेक्षा गरेका छौं ।

विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ, देशभरबाट कार्यक्रमस्थलमा आउने लाखौं देशवासीको विशाल जनर्‍यालीका कारण पूर्वतर्फ भक्तपुरको जगातीदेखि पश्चिमतर्फ लोकन्थलीको मनोहरा पुलसम्म केही घण्टा सडक अवरुद्ध हुने सम्भावना रहला । रयाली कार्यक्रमस्थलमा आइपुगेपछि सडक सहज सुचारु होला नै यद्यपि सुरक्षा निकायसँगको छलफलमा सकेसम्म सडक सञ्चालन गर्नसक्ने गरी र्‍यालीको व्यवस्थापन गर्ने तयार गरेपछि चारैतिरबाट र्‍याली आउने हुँदा सडकमा केही बाधा हुनसक्ने भएकाले यसलाई मध्यनजर गर्दै शनिवार उदघाटन सत्र सम्पन्न नभएसम्मका लागि अत्यावश्यक बाहेकका निजी प्रयोजनका सवारी साधन सञ्चालनमा वैकल्पिक सडक प्रयोग गरी सहयोग गरिदिनु हुन अपिल गर्दछौं ।’

तर अध्यक्ष देउजाले मागे जस्तै क्षमा जनताले दिनुपरेन । किनकि जाम खासै परेन । दसौं हजारको जुलुशमा पनि राजमार्ग खासै अवरुद्ध भएन । रयाली राजमार्गको सर्भिस ट्याकबाट आयो । अनि विच भागको मुख्य सडक सवारीसाधनकै लागि भयो । यही अर्थमा पनि खासै जाम भएन । यसमाथि स्वयमसेवकहरुले रयालीमा जाम हुन नदिनमा विशेष भूमिका निभाए । यही कारण पनि जाम भएन । यस अर्थमा पनि एमाले महाधिवेशन सफल भएको मानेका छन् धेरैले ।

महाधिवेशन अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारीसँगैको नेपाल टष्टको नाममा भएको एक सय ८ रोपनीको खुल्ला चौरमा भएको थियो । यसअघि पूर्वतिरबाट भक्तपुरको जगाती र पश्चिमतिरबाट भक्तपुरको मध्यपुर थिमि गठाघरबाट भव्य रयाली सुरु भएको थियो । कार्यक्रमस्थलबाट दुईदुई किलोमिटर दुरीमा पूर्व र पश्चिममा रहेका दुबै ठाउँबाट भव्य रयाली सल्लाघारीमा पुगेर उदघाटन सत्रमा पुगेको थियो ।

कार्यक्रममा सहभागी पार्टी कार्यकर्ता हीरा श्रेष्ठले झण्डै डेढदेखि दुई लाख कार्यकर्ताहरु उपस्थित भएको कार्यक्रम पनि सभ्य र भव्य रुपमा सम्पन्न भएको खुशी व्यक्त गरिन् । कार्यक्रम समापनको अन्तिम चरणमा सल्लाघारीको छेउमा थापेको खाजाको स्टलमा टपरीमा भक्तपुरको लोकल खाजा सेट खाँदै गरेकी उनले नागरिकसँग भनिन्, जे होस् कार्यक्रम सभ्य अनि भव्य नै भयो ।  

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन दिउँसो एक बजेदेखि साँझ साढे चार बजेसम्म चलेको थियो । योवीचमा सल्लाघारी उदघाटनस्थल आसपास र भित्र चौरमा दसौ हजार एमाले पार्टी कार्यकर्ता सहभगी थिए । यस हिसावले त्यहाँ वरिपरि व्यापार व्यवसाय गर्नेहरु पनि उतिकै खुशी भए । भक्तपुरको जुजु धौ बेच्न बसेका धौ (दही) कान्छादेखि वरिपरि वदामदेखि एक लिटरको जारको बोटल पानी वेच्नेहरु पनि निकै हर्षित देखिए ।

कार्यक्रमस्थलमा पुगेकाहरुलाई निःशुल्क पानीको व्यवस्था थियो । तथापि अत्याधिक भीडका कारण कार्यक्रम वरिपरिका पसलहरुबाट पानी किनेर खानेहरु पनि उतिकै भेटिए । कार्यक्रममा अत्याधिक भीड भएकाले आयोजकले खाजाको व्यवस्था गरेको थिएन । सहभागीहरु आफैंले वरिपरि आफैं पैसा तिरेर खाजा खाएका थिए ।

महाधिवेशनमा भाग लिन पूर्वतिरका विभिन्न जिल्लाहरुबाट गाडीमा आएकाहरुको गाडी पार्किंगको लागि भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ स्थित भाइरल प्यालिंगमा पार्किंगको व्यवस्था थियो । साथै पश्चिमतिरका काठमााडौंलगायतका देशभरिबाट आएकाहरुको गाडी पार्किंग मध्यपुर थिमिको खुल्ला चौरमा थियो ।

प्रकाशित: २७ मंसिर २०८२ १९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App