झगडाको औषधि
झगडा बल्झदो छ। तर, झगडाको औषधि अझै पत्तो नपाए जस्तो छ। पानीको अभाव भनौ भने भर्खरै मेलम्चीको करोडौ लिटर पानी राजधानी झरेको छ। तर मेलम्ची ल्याउनेलाई नै बोलेर फुर्सद छैन।
झगडा बल्झदो छ। तर, झगडाको औषधि अझै पत्तो नपाए जस्तो छ। पानीको अभाव भनौ भने भर्खरै मेलम्चीको करोडौ लिटर पानी राजधानी झरेको छ। तर मेलम्ची ल्याउनेलाई नै बोलेर फुर्सद छैन।
तपाईँले नारीको परिभाषा कसरी बुझनुहुन्छ यो तपाईँको सानैदेखी हुर्किने क्रमको कुराहरुले झलकाउछ।तपाईँको परिवारमा नारीको कस्तो अर्थ सिकाईयो , तपाईको स्कुले जीवनमा कसरी बुझनुभयो यी कुराहरुले तपाईको मन मस्तिष्कमा यस शब्दको अर्थ अडिएर बसेको हुन्छ। तपाईँ महिला हुनुस् या पुरुष तपाईको परिचयसंग यसको कुनै पनि सरोकार रहदैन।
पाँंचतल्ले मन्दिरअगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमसँंगै सुरु हुने जात्रा यही रथ तान्ने क्रमको समाप्तिसँंगै सकिने गर्दछ। प्रत्येक वर्ष नयाँं वर्षको चार दिनअगाडि अर्थात् यो वर्ष २०७७ चैत २८ गते यही रथ तानेर सुरु भएको जात्रा प्रत्येक वर्ष वैशाख ५ गते यही रथ तान्ने क्रमको समापनसँंगै जात्रा समापन हुने गर्दछ।
पश्चिम रुकुम मुसीकोट नगरपालिकामा जन्मिएकी उनको १६ वर्षको कलिलो उमेरमा विवाह भएको थियो । घरेलु कामदारका रूपमा मजदुरी गर्दै जीविकोपार्जन गरिरहेकी उनले ३ सन्तान जन्माउँछिन् ।
आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइओएम) को पछिल्लो तथ्यांकअनुसार विश्वका ३.५ प्रतिशत अर्थात् २ सय ७२ मिलियन (औसत प्रति २८ मध्ये एक जना) मानिस आफू जन्मेको भन्दा फरक देशमा बसोबास गर्दछन् ।
व्यवस्थित ढंगबाट सुरक्षा मापदण्ड अपनाउदै जात्रा मनाउँन भनेर जात्रालु अग्रसर भए । तर सुरक्षा मापदण्डको बेवास्ता भयो । भद्रगोल तरिकाले हजारौको भिडद्धारा भैरवको रथ तानियो । ‘जिम्मेवारीको रथ’ कसैले तानेनन् । भिडभाड हुने जात्रा अझै बाकी छ । कोरोनाको संभावित जोखिमपुर्ण यो अवस्थामा विवेकको रथ कसले तान्ने होला ?
दुर्गम पहाडी जिल्लाहरुमा आज पनि महिलाहरु अनेकन समस्याका भारी बोकेर बसिरहेका छन्। हर क्षेत्रमा पिछडिएका ग्रामिण भेगका अधिकांस महिलाहरु शिक्षा, स्वास्थ्य, रोजगारी र राजनैतिक पहुचमा छैनन्।
एकै दिन भए पनि मधेशमा व्याप्त विभेदलाई होलीको रङले पोतिदिन्छ । आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुरयाउने पर्वको रूपमा होलीलाई लिइन्छ । फगुनाई हावामा रमाउँदै गरेका युवायुवतीको रङ्गीन अनुहारबाट एउटै स्वर गुन्जन्छ –जोगिरा सरर....!
बाहिर सिमसिम पानी परिरहेको थियो । चिया पसलभित्र ओत लागेको म मीठो चियाको प्रतिक्षामा थिएँ । त्यही पसलमा नागरिक समाजका अगुवा अमर ओली पुगे । चिसोलाई परास्त गर्न तातो चिया खाँदै गर्दा उनले छिमेकी गाउँ रुकुम पश्चिमस्थित खाराकी निर्मला खड्काको कहानी सुनाए । तस्विर पनि सँगै ल्याएका थिए । ती तस्विर देखाउँदै, ‘कसरी हुन्छ सर यिनी (निर्मला) लाई बचाउनु पर्यो’ भन्दै सहयोग माग्न थाले । मबाट उनले पैसाको सहयोग चाहेका रहेनछन् । मात्र एउटा समाचार प्रकाशनको अपेक्षा रहेछ उनीमा ।
सोच बदलौं । गलत संस्कार बदलौं । आफू बदलिएर अरूलाई बदलिन प्रेरित गरौं । फेरि पनि मार्टिन लुथर किडले भनेजस्तै जसरी पनि अगाडि बढ्नुबाहेक अर्को विकल्प छंदैछैन । जसका लागि ती देशहरूले जस्तै विधिलाई बलियो बनाऔं । अनि हामीले प्रवृत्ति पनि परिवर्तन गरौं ।
तत्कालीन माओवादी द्वन्द्वका क्रममा ९ सय ६९ सहिद र ३३ जना बेपत्ता रहेको रोल्पामा घाईते, अपाङ्ग, टुहुरा, एकल/महिला, विस्थापित, अङ्गभङ्गको संख्या गनि नसक्नुको छ ।
गर्भमा आएदेखि जन्मेर मर्नैबेलासम्म पनि नारीहरू सुरक्षित छैनन् । महिलाका दुश्मन महिला नै छन् । दाइजो प्रथाका विरुद्धमा एउटी सासूले बुहारीको पक्षमा बोले बुहारी जिउँदै जल्नुपर्नै थिएन । यस्ता थुप्रै घटनाहरू आज पनि गुपचुपमै सीमित छन् । परिवारको इज्जत जाने डरले कयौ महिलाहरू सहन बाध्य छन् । उनीहरू महिला हिंसाको विरुद्धमा आवाज उठाउन सक्दैनन् ।
आज फेब्रुअरी २ तारिख। विश्वभर आज विश्व सिमसार दिवस मनाइँदैछ। यसको मुख्य उद्देश्य सिमसार क्षेत्रको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाउनु हो। यसको अलावा बहुसरोकारवाला निकाय तथा व्यक्तिहरूलाई यसको संरक्षणका बारेमा ध्यानाकर्षण गर्नु र उनीहरूलाई संरक्षणमा लाग्नका लागि आह्वान गर्नु पनि हो। अब एकैछिन सिमसार भन्नाले के बुझिन्छ ? त्यसको बारेमा छलफल गरौँ।
एक महिना अगाडिको कुरा हो,एक परिचित व्यक्तिले मलाई अंग्रेजीमा "Is it the time to be in politics ?" भनेर यो प्रश्न गर्नुभएको थियो। यो प्रश्नमा उत्तर पाउने जिज्ञासा भन्दा बढी मलाई गरिएको खबरदारीको संकेत भान भएको थियो। उहाँको हाउभाउले मलाई एकछिन मै स्पष्ट पारिदियो। यो प्रश्न गर्नुको उद्देश्य राजनीति गर्नु हुन्न भन्ने पक्षमा थियो।
मान्छेका पेटहरु भोकाई रहँदा । बालबालिका अकालमै खेर गैरहँदा । अनि हरेक समस्याको पहिरो हरेक पल गैरहँदा । मान्छेमा केवल दुःख मात्रै नबढ्ने रहेछ । दुःखले थिचिदाँ मान्छेका पनि जरा पलाउँदा रहेछन् । भावनाका लामालामा जराहरु । ति जराहरुमा आशा पलाउँदो रहेछ । निडरता उम्रदो रहेछ । कहिल्यै नथाक्ने बल पलाउँदो रहेछ । अनि त्यहीँ जराका त्यान्द्राहरुले ऊ जस्तोसुकै परिस्थितिमा पनि नढल्ने मुढो बन्दो रहेछ ।
ऐतिहासिक हिसाबले नेपाल पुरानो देश भए पनि विश्वसामु यसको परिचय त्यति लामो छैन। बेलायती साम्राज्यको राजनीतिक तवरले सामना गर्न सफल भए पनि कूटनीतिक क्षेत्रमा नेपालले खासै सफलता हासिल गर्न सकेन। किनकि एकीकरणका बेलादेखि नै शाहवंशीय राजाहरूले धर्मलाई राजनीतिसँग जोडे। जसले देशलाई विज्ञानको ज्योतितर्फ होइन, अन्धविश्वासको गुफातिर धकेलिदियो।
काभ्रेपलाञ्चोक जिल्लामा ३७ वटा स्वास्थ्य चौकीकबो पुर्ननिर्माण भइरहेको छ। जसमा जिल्लाका ७ वटा स्वास्थ्य चौकी अति सुविधा सम्पन्न पक्की भवनका रुपमा स्थापित भएका छन्।
तिमी अब यो संसारमा छैनौ भन्ने कुरा स्वीकार्न यो मन मान्दै मानिरहेको छैन।
५ वर्षकी छोरी छन्। उनीसँग भेट नभएको दुई हप्ता भयो। कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि परिवारबाट अलग्गै बसेको छु।
व्यवस्था फेरिए पनि पञ्चायतकालीन सोचकै व्यक्ति पटकपटक सत्तामा पुगे। राजनीतिक नारा फेरिए, तर कार्यशैली फेरिन सकेन। सिसी नयाँ, रक्सी पुरानै। नेताले जनतालाई हेर्ने नजर उस्तै।
करिब तीन दशकअघिसम्म पनि घाँस/दाउरा खोज्न बिहानैदेखि वन/पाखा धाउनुपर्थ्यो। आफ्नो खेत/बारी र निजी वनको घाँस/दाउराले धेरैको निर्वाह चल्दैनथ्यो।
नेपालमा कोरोना संक्रमणको प्रवेशसँगै सुरु भएको लकडाउनले धेरैको दैनिकी फैरिन पुग्यो । अत्यावश्यक बाहेकको समय घरभित्रै बस्ने मेरो दैनिकीको आठौं महिनामा छिमेकिको लापरबाहीका कारण बेघर हुनबाट बालबाल बाँचे । मंगलबारको साँझको त्यो लापरबाहीपूर्ण घटना टलेपनि मेरो मानसपटलमा कैयन प्रश्न र डर छाडेर गएको छ ।
मंगलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपति चुन्ने चुनाव हुुँदै छ। त्यहाँको संविधानअनुसार हरेक ४ वर्षमा नोभेम्बर ३ का दिन यस्तो निर्वाचन हुन्छ।
नेपालको लोकतान्त्रिक व्यवस्था स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नागरिक समाज अन्ततः दलीय भागबन्डामा लिप्त बन्दै निष्क्रिय हुँदै गएको छ।