शरीर महिलाको, नियन्त्रण अरुको?
हिंसारहित सुरक्षित वातावरणमा आत्मसम्मान पूर्वक जीवन जीउन पाउने प्रत्येक ब्यक्तिको नैसर्गिक अधिकार हो।
हिंसारहित सुरक्षित वातावरणमा आत्मसम्मान पूर्वक जीवन जीउन पाउने प्रत्येक ब्यक्तिको नैसर्गिक अधिकार हो।
कतिपय ठूला भनिएका स्थानीय तहमा गठबन्धनका नाममा महिला अधिकार कुन्ठित गरिएको छ भने प्रायः सबै दलले महिलालाई प्रमुखतामा राखेको पनि पाइएन। कानुनलाई समेत चक्मा दिँदै विधिवत् गरिएका राजनैतिक खेलले फेरि एकपटक आधा बढी जनसंख्या ओगटेका महिलालाई सहभागितामा पछाडि छोडेको छ।
एउटा हातमा बच्चा र अर्को हातमा बन्दुक बोकेर १० वर्षे द्वन्द्व लडेका महिला यतिखेर अर्थपूर्ण अवसरको खोजीमा छन्। हरेक पटकका व्यवस्था परिवर्तनमा अग्रभागमा देखिने महिला अवसरका समयमा ओझेलमा पारिने गरेको इतिहास साक्षी छ। जनसंख्यामा मात्र नभएर त्याग र लगानीका हिसाबले पनि पुरुषभन्दा कहीकतै कमजोर नभएका उनीहरुलाई निर्वाचनका समयमा भुल्नु दुर्भाग्य हो।
गर्भदेखि सुरु हुने महिला हिंसा पलपलमा भईरहेको छ। सहरका स्तरीय मानिएका अस्पताल र मेरि स्टोपमा दैनिक हुने गर्भपतन मध्य ठूलो हिस्सा भ्रुण पहिचान पछिको हत्या हो। त्यसो त गाउँका सामान्य मेडिकलमा बेचिने बिभिन्न नामका औषधिहरु पनि प्रायः अवैध गर्भपतनका लागि प्रयोग हुन्छन्।
गाउँशहर, घरघरै चारैतिर उल्लासपूर्वक भित्रिने ठूला पर्वले खुसीयाली र रौनक त दिन्छ नै तर कहीँ कतै पीडा समेत थप्ने गर्दछ। हुनेखानेका लागि फरक बनिदिने चाडहरूले हुँदा खानेहरूका परिवारलाई भने आपत् निम्त्याउँछ।
एउटै महिलाले छोराको आशमा ६ पटकसम्म गर्भपतन गराएको सुनिन्छ। महिनावारीका समयमा छाउगोठदेखि घरका अँध्यारा कोठामा लुकाउने गरेका घटनाहरू छरपस्टै छन्। छोराको रहरमा गर्भमै तुहिने छोरीका अलिखित कथाबारे राज्य मौन बसिदिँदा आमाको स्वास्थ्य जोखिम पनि उत्तिकै छ।
विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन्। १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो।
फलानो वा फलानीले आत्महत्या गरेछ। कस्तो पापी रैछ। हेर परिवारको बिचल्ली। मलामी फर्केको १३ दिनसम्म आदि –इत्यादि सुनिन्छ। त्यसपछि छिमेकी आफन्त आफ्नो घरतिर लागेपछि परिवारका सदस्यले समेत मृत्युको दाग बोकेर बस्छन्।
अति भए पछि एकदिन उनले पसलबाट नयाँ ब्लेड किनेर ल्याईन् अनि बाहिर झरेको पाठेघर काटेर फाल्न थालिन्। ‘दिन दिनै हुने दुखाईभन्दा एकदिनको दुखाई सहन्छु भनेर काट्न थाले तर आधी भाग काटेपछि रगत धेरै बग्यो।’ उनी आफ्नै घाउसँग डराएर चिच्याईन्, कराईन्।
रुकुममा भएको मनकलाको हत्याले भोलिका दिनमा यस्ता घटना दोहोरिन नदिन हामी सबैलाई पाठ पढाउनुपर्ने हो तर आम रूपमा उनको परिवारमा परेका बज्रपात उनका लागि सीमित हुने निश्चित छ।
पीडाको पहाडले थिचिएको दुर्गम बस्तीभित्रका अबोध नागरिक। लालसाविहीन मुहारभित्र लोलाएका नजर। छलकपट र स्वार्थ कहीं कतै देखिंदैन यहाँ। १० वर्ष चलेको आन्तरिक द्वन्द्वले रुकुमका दुर्गम गाउँ आज पनि पुरानै अवस्थामा छन्। निस्वार्थीहरूको बस्तीमा नजर नपुगेका कारण परिवर्तनले गोरेटो कोरेको छैन।
अधिकारका क्षेत्रमा काम गर्नेहरूले ‘मेरो शरीर मेरो अधिकार’ भन्न थालेको धेरै भयो। त्यसो त ‘हाम्रो शरीर हाम्रै हो’ भन्ने विषयमा पनि बहस चलिरहने गर्दछ। पछिल्लो संविधान लेख्दा यस्ता विषयलाई समेटिएको भए पनि व्यवहारमा लागु हुन र गराउन सकिएको पाइँदैन।
त्रिवेणी गाउँपालिका वडा नं. ४ रुकुमकी शान्ता (नाम परिवर्तन) सानैदेखि पढाइमा राम्रै थिइन् । उनी ३ दाइ र ४ बहिनीमध्ये कान्छी छोरी हुन। सानो उमेरमा उनी घरको काम गर्ने, आमा र भाउजूलाई काममा सघाउने गर्दथिन्। १० कक्षामा पढ्दै गर्दा उनको ९ कक्षामा पढ्ने एक जना केटासँग फोन सम्पर्कबाट परिचय भयो। बेलाबेलामा फोन गर्ने र कुरा गर्ने गर्दै एक वर्ष बित्यो । कहिलेकाहीँ भिडियो कल पनि हुन्थ्यो ।
‘विपत्ति म आउँछु भनेर जानकारी दिएर आउँदैन’ त्यस्ता विपत्ति शारिरीक र मनोवैज्ञानिक रुपले सामना गर्नसक्नु नै मानव क्षमता हो। यतिबेला नेपालमा मात्र नभई विश्व समुदाय नै कोरोना भाइरसको महामारीले ग्रसित र त्रसित छ।
पश्चिम रुकुम मुसीकोट नगरपालिकामा जन्मिएकी उनको १६ वर्षको कलिलो उमेरमा विवाह भएको थियो । घरेलु कामदारका रूपमा मजदुरी गर्दै जीविकोपार्जन गरिरहेकी उनले ३ सन्तान जन्माउँछिन् ।