१ जेष्ठ २०७८ शनिबार
उपेन्द्र लामिछाने


उपेन्द्र लामिछानेका लेखहरु :

कसले जित्यो, कसले हार्‍यो ?

सत्ताका ‘शेर’ यतिबेला सिकार नखाने मुडमा छन्। आइतबार बिहान आफूलाई भेट्न आएका ठाकुर र महतोले जसपाको भर नपर्न आग्रह गर्दा पनि उनी निराश देखिएनन्। नेकपा टुक्रिएर खुसी भएका उनी यति बेला नेकपा एमालेको संम्भावित फुटमा आफ्नो जीत देख्दै छन्।

अविश्वासको पोखरीमा वार्ताको बाँकटे

उनीहरु डुब्नदेखि पनि डराउँछन् तर अविश्वासको पोखरी पुर्न पनि सक्दैनन् । त्यसैले जति सुकै बार्ता गरेपनि डुव्ने डर कायमै रहन्छ । किनकी अविश्वास पोखरी सुख्खायाममा पनि सुक्दैन । अझ त्यसमा पनि झाक्रीको स्टाटास अझै मेटिएको छैन, 'हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे ।’

हसने रहरहरु आँसुमा डुबे...

वि.सं.१९९४ सालमा जन्मेका सुमधुर स्वरका धनि प्रेमध्वज प्रधान बिहीबारबाट जीवनको घुम्तीमा कहिल्यै आँखा जुधाउन नआउने गरी अस्ताएका छन्।

के सत्ता अक्सिजन हो ?

हैन भने, कोरोनाको यत्रो महामारीमा किन सत्ताको लागि मरिहत्ते गरेको? बाग्मती किनारमा कोरोना संक्रमितको शव जलिरहँदा सरकार किन गण्डकीमा सांसदको किनबेचमा व्यस्त रहन्छ। राजधानी कोरोनाको सन्त्रासले मौन रहँदा सरकार किन लुम्बिनीको शान्त राजनीति बिथोल्न उद्धेलित रहन्छ।

शान्ति भूमिमा अशान्त राजनीति

अहिले कोरोनाको महामारी छ। केन्द्रले कोरोनासंग कसरी जुध्नेभन्दा पनि कसरी आफ्नो सत्ता जोगाउनेतर्फ लागेको छ। आइतबार मात्र प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटे । कोरोना संक्रमणको बारेमा कुरा गर्न भनेपनि कतिपयले लुम्बिनीको बढ्दो राजनीतिक तापक्रम चिसो पार्न शितल निवास पुगेको अनुमान गरे ।

विवेकको रथ कसले तान्ने ?

व्यवस्थित ढंगबाट सुरक्षा मापदण्ड अपनाउदै जात्रा मनाउँन भनेर जात्रालु अग्रसर भए । तर सुरक्षा मापदण्डको बेवास्ता भयो । भद्रगोल तरिकाले हजारौको भिडद्धारा भैरवको रथ तानियो । ‘जिम्मेवारीको रथ’ कसैले तानेनन् । भिडभाड हुने जात्रा अझै बाकी छ । कोरोनाको संभावित जोखिमपुर्ण यो अवस्थामा विवेकको रथ कसले तान्ने होला ?

भैरव रथको भव्य यात्रा (फोटोफिचर)

भक्तपुरको टौमढीमा शनिबार दिउँसो भैरवनाथको रथ तानेर प्रसिद्ध बिस्का जात्रालाई स्वागत गरिएको छ। कोभिड १९ रोग संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णयसंगै जात्रा सुरु भएको हो।

चिटिक्क भक्तपुर

२०७२ वैशाख १२ को भूकम्पले सांस्कृतिक नगरी भक्तपुर बिथोलिएको थियो। भूकम्पको पाँच वर्षपछि आइतबार भक्तपुर दरबार क्षेत्र पुग्दा आकाश पूरै खुलेको थियो। भत्किएका अधिकांश सम्पदा ठडिएका थिए। बजारमा धिमे र बाँसुरीको धुन बज्दै थियो। सांस्कृतिक नगरीका सम्पदाले आफ्नै लय लिएको देखिन्थ्यो।

हमर ‘अप्पन’ बेटी बा

‘यी हमर ‘अप्पन’ बेटी बा,’ पत्रकारलाई आँगनमा देख्नेबित्तिकै सरोजले भनिन्, ‘मान्छेहरू किन लक्ष्मीको मन दुखाउँछन्, हामीलाई थाहा छैन ।’ लक्ष्मीको मुस्कानमा पछिल्लोसमय केही अँध्यारो छाउन थालेको सरोजले सुनाइन् । छिमेकका केही मानिसले लक्ष्मीलाई खेतमा भेटाएको भन्दा लक्ष्मीले अँध्यारो मुख लगाउने गरेको उनले बताइन् । लक्ष्मीको अँध्यारो अनुहारले घर नै अँध्यारो हुने अनि लक्ष्मी हाँस्दा घरमा खुसीयाली छाउँने उनले सुनाइन् ।’

बाबाको बाटो पहिल्याउँदै सीता

गोकर्णको सुन्ताखानकी सिता भण्डारी तबलामासँगै आधुनिक गीत संगितमा रमाउँदै छिन्। प्रसिद्ध तबला बादक अच्युतराम भण्डारीकी छोरी सिता सानैदेखि बाबाको कलालाई पछ्याउँदै पछ्याउँदै आएकी छिन्। उनले बाबाको सीपलाई जीवनको मार्ग बनाउने सोच राखेकी छिन्।

बुर्काभित्रका सपनाहरू

वीरगन्ज–३२ परसवाकी गुलाब्सा खातुन बाराको जितपुरस्थित मदिना एकडेमीमा कक्षा ४ मा अध्ययन गर्दैछिन्। कालो बुर्कामा सजिएर विद्यालय जाँदै गरेकी उनले भविष्यमा डाक्टर बन्ने चाहना व्यक्त गरिन्। ‘डाक्टर बन्ने रहर छ,’ घुम्टोभित्रैबाट उनले भनिन्, ‘त्यसैले उर्दू अरबीसँगै अंग्रेजी, विज्ञान र गणित पनि पढ्दैछु।’ परिवारको चाहनाअनुसार बुर्का लगाएर उर्दू सिक्दै गरेकी उनले आफ्नो रहर पूरा गर्न आधुनिक शिक्षाको सहारा लिएको सुनाइन्।

‘दुःखीलाई सधैं कोरोना’

‘दुःखीलाई सधैं कोरोनो,’ ६० वर्षीया पत्नी फूलकुमारीसँग पिँढीमा बसेका ६७ वर्षीय लट्टुले चिन्तित हुँदै थपे– जमिन गुम्न लागेको पिर कोरोना भन्दा पनि डरलाग्दो छ ।

पथप्रदर्शक नै बाटोविहीन

अरुलाई बाटो देखाएर गुजारा चलाउँदै आएका पथप्रदर्शक कोरोना कहरबीच जीवन अगाडि बढाउने बाटो नदेखेपछि अन्योलमा छन्।

भोको पेटमा मलम लगाउँदै ‘हन्ड्रेड समूह’

‘ठूला कुरा गरेर सरकारमा गएका नेताले गरिबको पेट भर्न सकेनन्,’ उनले भने, ‘पसिना बगाउने मजदुरले एक छाक राम्रोसँग खान नपाउनु निकै पीडादायक अवस्था हो।’

भारीले होइन, कोरोनाले थिच्यो

काठमाडौंको बौद्ध क्षेत्रमा भरियाको काम गरेर छाक टार्ने करिब १५ जनाको अवस्था यस्तै रहेछ । ‘हामी त चिउरा खाएर पनि पेट भर्ने गरेका छौं’, कृष्णले भने, ‘कति साथी त त्यही पनि खान नपाउने अवस्थामा पुगिसके ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्