१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

नारी हुनु र नारीबादी बन्नु कति सहज ?

नारी विशेष एक कार्यक्रमममा सहभागी थिए जहाँ एक विशेष पुरुष अतिथिले नारीबादीको बारेमा निकै मज्जाले वर्णन गर्दै हुनुहुन्थ्यो जुन कुराले मेरो मन छोयो र मनन गर्दा महसुस भयो कि यति गहिराईमा नारी भएको नाताले मैले पनि नारीको परिभाषा बुझेकि थिईन। त्यस समय मेरो मनमा सोच आयो कि नारीबादी बन्ने आफ्नो बुझाई र चाहाना हो र कुनै पुरुष नारीबादीका लागी उदाहरणीय बन्न सक्छन्। जबसम्म पुरुष र महिलाल एकै किसिमको नारीबादीमा अडिदैन तबसम्म उनीहरुबीच समानता नआउला।  

तपाईँले नारीको परिभाषा कसरी बुझनुहुन्छ यो तपाईँको सानैदेखी हुर्किने क्रमको कुराहरुले झलकाउछ। तपाईको परिवारमा नारीको कस्तो अर्थ सिकाईयो , तपाईको स्कुले जीवनमा कसरी बुझनुभयो यी कुराहरुले तपाईको मन मस्तिष्कमा यस शब्दको अर्थ अडिएर बसेको हुन्छ। तपाईँ महिला हुनुस् या पुरुष तपाईँको परिचयसंग यसको कुनै पनि सरोकार रहदैन।  

कुनै पनि जेन्डरको आफनो परिभाषाभित्र पर्न सक्छ यस किसिमको सोचाई तथा बुझाई। महिला तथा नारी हुनु भनेको नारीवादीको भाषण गर्दै हिड्नु र यसमा समाबेश हुनु पनि होईन र पुरुष नै भएता पनि नारीवादी उसको आफ्नो स्व अधिकार रहेको हुन्छ। नारी, पुरुष वा अन्य जे भएपनि यो नारीबादस्रग कुनै पनि सरोकारको विषय हाईन। कोही नारी नारीबाद रुचाउदैनन् भने कोही पुरुषले यसलाई समर्थन गर्नं रुचाउँछन्।  

विश्वको सन्दर्भमा हेर्ने हो भने नारीवादको सुरुवात १४ औँ शताब्दीमाा भएको थियो। शिक्षा प्रदानका निम्ति फ्रान्समा एक फ्रान्सेली दार्शनिक महिलाले नै गरेकी थिईन्। क्रिस्टिन डि पिसानले यो कदम चालेकी हुन् जसबाट नारीबादको सुरु भयो।  

परम्परागत कालदेमा पुरुषलाई घरबाहिरको काममा संलग्न गराईन्थ्यो भने महिलाले भने घरको जिम्मेबारका साथै बालबालिकाको रेखदेखमा व्यस्त हुने गरेको चलन रहेको थियो । परिबर्तन हुदैँ गएको समयमा भने महिला र पुरुष्को अस्तित्व पनि फेरिदै गएको छ। समान अधिकार नै आजको मूल विषय हो। महिला र पुरुष यस समाजको एकै सिक्काका दुई पाटा हुन् र यी दुईबिना यो समाज नै चल्न सम्भब नहोला तर यी दुईबिचको अधिकार र समान प्राप्तिका लागि भने विश्मा अझै बिजोग रहेको छ। यो समानभता कहिले आउला भन्न सकिदैन।  

नेपालमा पहिलो महिला संघ स्थापना गर्ने संथापक मंगलादेवी सिंह हुन्। अहिले भने धेरै यस किसिमका संस्थाहरु रहेका छन् जसले महिलाका लागि आवाज उठाउने तथा उनीहरुका हकहितका लागि काम गर्दै आएका छन् । माईती नेपाल, शक्ति समूह, सञचचारिका समूह आदि रहेका छन्। कसैको हक हितका लागी हरेक व्यक्तिको आवाज उतिकै महत्वपूर्ण रहेको हुन्छ।  

नेपालको सन्दर्भमा नारीबाद ठूलो विषय रहेको छ । यहाँ नारीबाद भने समानता निष्पक्षको सन्दर्भमा रहेको छ। नारीको अस्तित्व कुनै समाजमा ठूलो रहेको छ भने कुनै समाजमा न्यून नै रहेको छ। यस अन्तरबिचको दुरी कम गर्नु नै नारीवादको प्रमुख बिशेषता रहेको हुन्छ।  नारीले पनि समान अबसर पाउनु पर्ने मुख्य योजना रहेको छ। यस समाजमा महिलाको अस्तित्व पुरुषको तुलनामा कम भएकाके देखिन्छ। एउटी नारी जन्मेपछि आफ्नो पिता र  दाजुभाइको  अन्तर्गतमा रहेकाक हुन्छन् भने विवाह पश्चात आफ्नो श्रीमानको।

नेपाल एक कुलपिता समाज हो जहाँ परम्परागत समयदेखि नै पुरुषले यस समाजलाई चलाउदै आएको प्रस्ट छ तर अहिलेको यस शताब्दीमा भने परिबेश बदलिदै गएको देखिन्छ। सामाजिक, राजनितिक र आर्थिक गतिबिधिमा महिलाकोा सङ्ख्या भने कम रहेको छ। यो वास्तविक हो कि देशको सबैभन्दा माथिल्लो तहमा महिला रहेकी छिन् तर के यो महिलाको लागी सबैभन्दा ठूलो प्राप्ति हो अथवा सबै बर्गमा महिलाको समान पहुँच हुन आवश्यक छ ? ३३ प्रतिशत ले पाएको अधिकारले समानता देखाउँछ ?  

एउटी नारी नारीवादी बन्न र नबन्नाले के फरक पर्छ ? तपाई एक नारीवादीलाई कसरी लिनु हुन्छ त्यो तपाईको स्वतन्त्रता हो। एक नारीको जन्म कस्तो परिवार, कस्तो परिवेशमा भएको छ भन्ने कुराले धेरै नै महत्व राख्ने गरेको हुन्छ। सबै महिलाको जन्म समान किसिमले भएको हुन्छ तर उसको परिवेशले उसको जीवनमा धेरै परिवर्तन ल्याईदिन्छ।  कोही नारीले जन्मसंगै आफ्नो सम्पूर्ण अधिकार प्राप्त गर्ने गर्छन् भने कोही त्यही अधिकारका निम्ति जीवनभर सङघर्ष गर्न बाध्य हुन्छन्। यसलाई तपाई के भन्नुहुन्छ र नारीवादलाई कसरी लिनु हुन्छ?    

प्रकाशित: ७ वैशाख २०७८ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App