भक्तपुरको टौमढीमा हजारौको भिडले भैरवनाथको रथ तानेसंगै एक साताभन्दा बढी लामो जात्रा शनिबारबाट सुरु भएको छ । सामान्य अवस्थामा यो उत्सवकै कुरा हो । विज्ञहरूले कोरोना भाइरसको नयाँ प्रकारको सङ्क्रमण निकै छिटो फैलन सक्ने चेतावनी दिदै गरेको अवस्थामा हजारौ मान्छेहरु एकै ठाउँमा जम्मा भएर पर्व मनाउँदा चिन्ता लाग्नु स्वभाविकनै हो ।
केही समय अगाडी प्रशासन र स्थानीयविच अविश्वास निकै बढेको देखियो । जात्रा मनाउने र नमनाउने बिषयमा भएको मतभेदपनि रथ तानेजस्तै जोखिमपुर्ण थियो
केही अगाडिसम्म सरकार मूल सडकमा प्रतिष्पर्धापुर्ण राजनीतिक सभा गर्न व्यस्त थियो । त्यहि सरकारले जात्रामा हुने भिडले कोरोना बढाउछ भन्ने तर्क गर्यो । जात्रालुले पत्याएनन् ।
प्रशासन कोरोनाको कारण देखाउँदै जात्रा रोक्न लागिपरेको थियो । प्रमुख जिल्ला अधिकारीले जिल्लाबासीको स्वास्थ्यलाई ध्यानमा राखी जिल्ला कोभिड प्रकोप व्यवस्थापन समितिले यो वर्षको जात्रा औपचारिकतामा मात्रै सिमित राख्ने निर्णय गरेको बताउँदै भैरबनाथको रथ तान्ने र लिंगो उठाउने कार्य वन्द गरी पूजाआजाको मात्रै काम हुने बताउँदै थिए । तर जात्रालु कुनै हालतमा पनि जात्रा मनाउने भन्दै प्रशासनको निर्णयको विरोध गर्दे थिए । रथको तानातान जस्तै मतको तानातान जोडका साथ चल्दै थियो ।
यसैविच स्थिती विग्रन नदिन सरकारले व्यवस्थित ढंगबाट जात्रा मनाउन आग्रह गर्यो । तर जात्रा सोचजस्तो व्यवस्थित हुन सकेन । हजारौ मान्छे एकै ठाउँमा भेला भए । मास्कको प्रयोग विरलै थियो । कसैले कोरोनाको ख्याल गरेको देखिएन । बरुको जात्राको जोसमा एक अर्कामा ढुंगाहानिएको समेत खवर आयो ।
जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, माक्स वितरण गर्नेलगायतका तयारीहरू रहेको बताएको थियो । उसले केही गर्यो पनि । तर जात्रामा भिड यति धेरै भयो की धेरै कुरा ओझेलमा परे । केटाकेटी र बृद्धबृद्धा समेत सहभागिता भएको जात्रामा मास्कको प्रयोग समेत नगण्ड थियो ।
शनिबारको जात्रा सुरुवात मात्र हो । जात्रा र जात्रालुको भिड अझै धेरै बाकी छ । भैरबनाथको रथ तानेसंगै सुरु भएको जात्रा चैतको अन्तिम दिन चैत ३१ गते ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाउँदा पनि उस्तै भिड देखिने छ । त्यस्तै वैशाख १ गते त्यो लिंगो ढाल्नु मुख्य जात्रा हो । यी जात्रा दसौं हजार मानिस भेला हुने अनुमान छ ।
व्यवस्थित ढंगबाट सुरक्षा मापदण्ड अपनाउदै जात्रा मनाउँन भनेर जात्रालु अग्रसर भए । तर सुरक्षा मापदण्डको बेवास्ता भयो । भद्रगोल तरिकाले हजारौको भिडद्धारा भैरवको रथ तानियो । ‘जिम्मेवारीको रथ’ कसैले तानेनन् । भिडभाड हुने जात्रा अझै बाकी छ । कोरोनाको संभावित जोखिमपुर्ण यो अवस्थामा विवेकको रथ कसले तान्ने होला ?
महामारीको अन्त्य भएपछि मानव जातिले हर्षोल्लासका साथ उत्सव मनाउने चलन छ । तर अहिले विभिन्न वहानामा हुने भेला र सास्कृतिक जात्रा महामारीको कारण बन्लाकी भन्ने त्रास उत्तिकै छ । यस तर्फ दुवै पक्ष बेलेमै सचेत हुनु जरुरी छ । सरकारले जनताको मन जितेपछि मात्र उसलाई कुनै निर्णय पालना गराउन सक्छ । आफै भिड गर्ने अनि अरुलाई नगर भन्ने खराव अभिभावकको भूमिकामा जस्तो देखिएको छ अहिलको सरकार ।
किनकी केही अगाडिसम्म सरकार मूल सडकमा प्रतिष्पर्धापुर्ण राजनीतिक सभा गर्न व्यस्त थियो । त्यहि सरकारले जात्रामा हुने भिडले कोरोना बढाउँछ भन्ने तर्क गर्यो । जात्रालुले पत्याएनन् ।
व्यवस्थित ढंगबाट सुरक्षा मापदण्ड अपनाउदै जात्रा मनाउन भनेर जात्रालु अग्रसर भए । तर सुरक्षा मापदण्डको वेवास्ता भयो । भद्रगोल तरिकाले हजारौको भिडद्धारा भैरवको रथ तानियो । ‘जिम्मेबारीको रथ’ कसैले तानेनन् । भिडभाड हुने जात्रा अझै बाकी छ । कोरोनाको संभावित जोखिमपुर्ण यो अवस्थामा विवेकको रथ कसले तान्ने होला ?
प्रकाशित: २९ चैत्र २०७७ १३:१४ आइतबार