२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

बालेन निवास पुगेर फर्किन प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्की काठमाडौं महानगरपालिकाका मेयर बालेनको घर पुगेर फर्किएकी छन् ।  

कार्की आज गैरीगाउँस्थित बालेनको घरमा पुगेकी हुन् । पिताको शोकमा रहेका बालेनलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्कीले बालेनका बुबा रामनारायण साहको निधनमा श्रद्धाञ्जली दिएकी छन् ।  

बालेन निवासमा उनी करिब २० मिनेट बसेर फर्किएकी हुन् । यसअघि गृहमन्त्री ओमप्रकाश अर्याल, पूर्वमन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि बालेन निवास पुगका छन् । मेयर बालेनका बुबाको मंसिर १५ गते निधन भएको थियो ।

 

प्रकाशित: २१ मंसिर २०८२ १४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App