७ वैशाख २०८१ शुक्रबार
ब्लग

सकियो भक्तपुरको बिस्केट जात्रा

आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा आइतबारबाट समापन भएको छ। भक्तपुरको गःहिटी (पाँंचतल्ले मन्दिरको एक सय मिटरमा रहेका ठाउँं) मा रहेको काठैकाठले प्यागोडा शैलिमा बनाइराखिएको तीनतले करिब ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमको समापनसँंगै जात्रा सकिने परम्परा छ । पाँंचतल्ले मन्दिरअगाडि राखेर बनाइएको भैरबनाथको रथ तान्ने क्रमसँंगै सुरु हुने जात्रा यही रथ तान्ने क्रमको समाप्तिसँंगै सकिने गर्दछ। प्रत्येक वर्ष नयाँं वर्षको चार दिनअगाडि अर्थात् यो वर्ष २०७७ चैत २८ गते यही रथ तानेर सुरु भएको जात्रा प्रत्येक वर्ष वैशाख ५ गते यही रथ तान्ने क्रमको समापनसँंगै जात्रा समापन हुने गर्दछ।  

जात्राको समापननको दिन भैरबनाथको रथलाई परम्परा जस्तै साँंझ डोरीले तान्ने काम भएको थियो । रथको दुवैतिर राखिएको डोरीमार्फत दुईतिर जोडतोड्ले रथ तानिएको थियो। यो समाचार तयार पार्दासम्म (राति आठ बजेसम्म) रथ तान्ने क्रम जारी छ। रथलाई साँंझसम्म मात्रै तानेर जात्रा सकाई विसर्जन गर्ने तालिका रहे पनि अत्याधिक भीडका कारण रथलाई राति अबेरसम्म पनि तान्ने गरिन्छ।  

यसअघि आइतबार विहान भक्तपुरको पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिंगो ढालिएको थियो। पोटरी स्क्वायरका स्थानीयले परम्पराअनुसार डोरीको सहायताले लिंगो तानेर ढालेका थिए। प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वर्षको अन्तिम दिन अर्थात् यो वर्ष चैत ३१ गते मंगलबार उठाइएको लिंगो ढालिएको थियो। जात्राको क्रममा प्रत्येक वर्ष जात्राको अन्तिम दिन अर्थात वैशाख ५ गते यो लिंगो ढाल्ने गरिन्छ।

लिंगो ढालिएको हेर्न विहानदेखि भक्तपुर नगरभरिका हजारौं नगरबासी पोटरी स्क्वायर पुगेका थिए। बिहानैदेखि लिगो ढालिएको हेर्न उनीहरू घन्टाैं त्यहाँं रहेका थिए। यसअघि भक्तपुरको भेलुखेलमा उठाइएको ५५ हात लामो लिंगो वैशाख १ गते नै परम्पराअनुसार ढालिएको थियो।  

भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो ल्योसिंखेलमा उठाउनु, ढाल्नु, भैरबनाथको रथ तान्नुु र जिल्लाकै मध्यपुर थिमिमा जिव्रो छेड्नु भक्तपुरको विस्केट जात्राका मुख्य आकर्षणहरू हुन्। जात्राका क्रममा प्रत्येक वर्ष विभिन्न कारणहरूले गर्दा घाइते हुने गर्दछन्। अत्याधिक भीडमा हुने जात्रामा भैरबनाथको रथबाट खसेर, च्यापेर अनि लिंगो उठाउने तथा ढाल्ने क्रममा घाइते हुने गर्दछ। 

प्रकाशित: ६ वैशाख २०७८ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App