१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सागर घिमिरे
२०६९ देखि अार्थिक पत्रकारिता गरिरहेका घिमिरे Republica अंग्रेजी दैनिकमा कार्यरत छन्। उनी बैंकिङ, स्टक मार्केट र श्रम क्षेत्रबारे रिपोर्टिङ गर्छन्।

  

सागर घिमिरेका लेखहरु :

डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बित

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । राष्ट्र बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनको छानबिनको लागि समिति गठन गरेको छ। छानबिन समिति गरेपश्चात उनी निलम्बनमा परेका हुन् ।

उथान्तको सम्झना र सम्मान

पाँच दशक पहिले संयुक्त राष्ट्रसंघ (युएन) का तत्कालीन महासचिव उथान्त लुम्बिनी आएर े अवधारणा अघि बढाएपछि युएनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा चासो देखाएको थियो। सन् १९७० मा जापानीज वास्तुविद केन्जो तेङ्गेसहित लुम्बिनी विकासको गुरुयोजना बनाउन उथान्तले मुख्य भूमिका निर्वाह गरेका थिए।

प्रधानमन्त्री ओलीकाे गुनासाे : व्यापारीले झुक्याए

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन्। नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका हुन्।

नाफामुखी बैंक पोस्दै डिफिड

युके एडको डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट (डिफिड) ले गरिब नागरिकको वित्तीय पहुँच बढाउने नाममा वार्षिक अर्बौं रुपैयाँ नाफामा रहेका बैंक तथा वित्तीय संस्थालाई अनुदान वितरण गर्दै आएको छ।

ब्याजदर बढाएपछि एनआईसी बैंकसँग कट्टी !

नेपाल बैंकर्स एशोसिएसनले ब्याजदरसम्बन्धी भद्र सहमति अवज्ञा गरेको भन्दै एनआईसी एशिया बैंकसँग एशोसिएसनमा आबद्ध २७ बैंकहरुले कुनै किसिमको अन्तर बैंकिङ कारोवार नगर्ने निर्णय गरेको छ ।

फोहोर उठाउन २ सय १९ रुपैयाँ

लगानी वोर्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे नेपवेस्टसँगको सहमतिपत्रलाई अन्तिमरुप दिएको छ। सार्वजनिक नीजि सहभागिता (पीपीपी) मोडल अन्तर्गत फोहोर व्यवस्थापन गर्न दुई पक्षबीच सहमतिपत्र तयार पारिएको हो। नेपाली र फिनिस लगानीकर्ताहरुले यसमा काम गर्ने छन्।

जलवायु लक्ष्यमा ४६ अर्ब डलर लगानीको अवसर

जलवायुसम्बन्धी नेपालले तय गरेका राष्ट्रिय लक्ष्य कार्यान्वयनका क्रममा सन् २०३० सम्म ४६ अर्ब अमेरिकी डलर बराबर लगानीको अवसर सिर्जना हुने एक अध्ययनले देखाएको छ ।

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ।

'ऊर्जा र पूर्वाधारमा लगानी गर्न चाहन्छौं'

एसियाली पूर्वाधार लगानी बैंक २०१६ जनवरी १६ स्थापित बहुपक्षीय वित्तीय संस्था हो। नेपालसहित ५६ संस्थापक देशले  'एसियाभर पूर्वाधारको चर्को आवश्यकता सम्बोधन गर्न सबै देशलाई एकै स्थानमा ल्याउन' बैंक स्थापना गरेका हुन्।

तरलता अभावबारे विवाद

बैंकहरुमा तरलता (लगानीयोग्य रकम) अवस्थाको बारेमा बैंकहरु र तिनीहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबीच विवाद देखिएको छ। बैंकहरुले पैसा अभावका कारण नयाँ ऋणीलाई रित्तो हात फर्काउनुपर्ने अवस्था आएको भन्दै राष्ट्र बैंक गुहारे पनि राष्ट्र बैंक अधिकारीहरु भने  बैंकरहरुले दाबी गरे जस्तो तरलता संकट नभएको बताउँछन्।

बिमा समिति अध्यक्षमा चापागाईं

सरकारले बिमा समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका निर्देशक चिरञ्जीवी चापागाईंलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको गत बिहीबार बसेको बैठकले उनलाई चारवर्षे कार्यकालका लागि बिमा क्षेत्रको सर्वोच्च नियमनकारी निकाय बिमा समितिको रिक्त अध्यक्ष पदमा नियुक्त गरेको नेपाल सरकारका मुख्य सचिव सोमलाल सुबेदीले नागरिकलाई जानकारी दिए ।

बजार वृद्धिसँगै अस्वस्थ प्रतिस्पर्धाको चिन्ता

मोबाइलको बिक्रीमा वृद्धिसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि देखिन थालेको छ। विभिन्न मोबाइल ब्रान्डको प्रवेशसँगै बजारमा देखिन थालेको यस्तो अस्वस्थ प्रतिस्पर्धालाई समयमै रोकथाम नगरे यसले समग्र बजारलाई नै असर गर्ने चिन्ता सरोकारवालाको छ।

बिमा समितिमा घिमिरे र चापागाईँको सम्भावना

सरकारले बिमा समितिको रिक्त अध्यक्ष पदमा बिमाविज्ञ रविन्द्र घिमिरे वा नेपाल राष्ट्र बैंकका निर्देशक चिरञ्जीवी चापागाईंमध्ये एकजनालाई नियुक्त गर्ने सम्भावना रहेको छ।

बन्ने भयो नेपालकै पहिलो नागढुङ्गा–नौविसे सुरुङमार्ग

नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग बन्ने निश्चत भएको छ। जापान सरकारको करिब १५ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोगमा उक्त परियोजना निर्माण हुने लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्