२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

आख्यानमा नवचिन्तन

पुस्तक

सिर्जना आविष्कार हो भन्ने कुरा विभिन्न समयमा लेखिएका थुप्रै भविष्यमा घटित हुन सक्ने काल्पनिक विज्ञान कथाका प्रसङ्गले पनि प्रमाणित गरिसकेका छन्। जसमध्ये एचजी वेल्सद्वारा लिखित एउटा कथाको प्रसङ्ग यहाँ जोड्छु। ‘द ल्यान्ड आइरनक्लाड्स’ भन्ने साइन्स फिक्सनमा उनले ‘द ल्यान्ड आइरनक्लाड्स’ (एउटा काल्पनिक युद्ध ट्याङ्क) निर्माण गरेका थिए।

सन् १९१४ देखि सन् १९१८ सम्म पहिलो विश्वयुद्ध भएको थियो। युद्धताका कम मान्छेको क्षति होस् भन्नाका खातिर एचजी वेल्सद्वारा कल्पनामा रचित ‘द ल्यान्ड आइरनक्लाड्स’ तत्कालीन ब्रिटिस शासक विन्स्टन चर्चिलले इन्जिनियरहरूको टिमलाई यसको निर्माण गर्न लगाए।

एचजी वेल्सको काल्पनिक ‘द ल्यान्ड आइरनक्लाड्स’ जस्तै यथार्थ रूप सन् १९१६ मा निर्माण सम्भव गरियो, जसलाई विश्वयुद्ध र अन्य युद्धहरूमा सफलतापूर्वक प्रयोग गरियो र गरिँदै आइरहेको छ। यसको ‘प्याटेन्ट राइट’ चाहिँ एचजी वेल्सलाई नै दिइएको थियो। यसरी एउटा कल्पना यथार्थमा परिणत हुन सक्दो रहेछ भन्ने कुरा यस कथाले पनि प्रमाणित गरेको छ। त्यसैले लेखन आविष्कार पनि हो भन्नमा कुनै अत्युक्ति नहोला।  

सिर्जनामा आविष्कार खोज्ने उपन्यासकार गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ हो। उनी लेखनमा नवीनता प्रयोग गर्ने साहित्यकार हुन्। परम्परागत शैलीभन्दा फरक शैली दिन खोज्ने सापकोटाद्वारा लेखिएको ‘चिसो बाफ’ नवीन शैलीको उपन्यास हो।

सिर्जना आविष्कार हो भन्ने कुरा विभिन्न समयमा लेखिएका थुप्रै भविष्यमा घटित हुन सक्ने काल्पनिक विज्ञान कथाका प्रसङ्गले पनि प्रमाणित गरिसकेका छन्।

उच्चशिक्षाको अध्ययनका क्रममा बेलायतको युनिभर्सिटी अफ नटिन्घममा दर्शन पढ्न गएको अमित र मनोविज्ञान पढ्न गएकी मुना त्यही युनिभर्सिटीमा पढ्ने शरदको माध्यमबाट भेट हुन्छन्। विपरीत लिङ्गप्रतिको आकर्षण भनौं या बिरानो ठाउँमा एकअर्काको साथको खाँचोले उनीहरूबीच प्रेम हुन्छ।

पहिले दुवै जना बाध्यताले निम्ताएको विवशताले पनि लिभिङ टुगेदरमा बस्नुपर्ने हुन्छ र पछि रहँदैबस्दै गर्दा अन्ततः विवाह बन्धनमा बाँधिन्छन्। सीमित परिधिभित्र नै पात्रहरूले जीवनको आरोह-अवरोहमा थामिनसक्नुको आँधीहुरीको सामना गर्छन्।

ती दुई पात्रहरू रोमाञ्चित हुन्छन्, सपना बुन्छन्, सङ्घर्ष गर्छन्, रोगले थला परेपछि आतिन्छन्, थाक्छन्, निरास हुन्छन्, विक्षिप्त हुन्छन् र जिन्दगीदेखि हार्छन्। धेरै ठुलो महत्वाकांक्षा नबोकेका ती पात्रको उच्चशिक्षा अध्ययनका क्रममा भेटिएर सम्बन्धमा जोडिएपछिको दैनिकीलाई सिङ्गो विषयवस्तु बनाएर लेखिएको उपन्यास विषयवस्तुका रूपले, पात्रका हिसाबले या भनौं अभिव्यक्तिका शैलीले नवीन देखिन्छ।

यसरी दाम्पत्य जीवनको खुसी धेरै दिन सँगाल्न नपाउँदै कहिले नसुनेको, डाक्टरले पनि थाहा नपाएको रोग मुनालाई लाग्छ। एउटा सुन्दर परिवारमा एकाएक विपत्तिको कालो बादल मडारिन्छ। असहाय र अपरिपक्व अमित मानसिक रूपले नै गल्छ। के गर्नु र नगर्नुको दोसाँधमा ऊ के गर्दै छु थाहा नपाउने असामान्य अवस्थामा पुग्छ।

पहिले दुवै जना बाध्यताले निम्ताएको विवशताले पनि लिभिङ टुगेदरमा बस्नुपर्ने हुन्छ र पछि रहँदैबस्दै गर्दा अन्ततः विवाह बन्धनमा बाँधिन्छन्। सीमित परिधिभित्र नै पात्रहरूले जीवनको आरोह-अवरोहमा थामिनसक्नुको आँधीहुरीको सामना गर्छन्।

यसरी उसले मानसिक सन्तुलन गुमाउँछ। उसका पछिल्ला गतिविधिले हामी पाठकलाई समेत मगज रनन बनाउनुका साथै दिगमिगको अवस्थामा पुर्‍याउँछन्। उनीहरूले भोगेको जीवन भौतिक संसारको यथार्थभन्दा केही पर जादुमय यथार्थजस्तो पनि लाग्छ।

यस उपन्यासमा म्याजिक रियालिज्मको प्रयोग गर्न खोजिएको हो भनेर लेखकले भनेका छन्। म्याजिकल रियालिटी पहिलो पटक जर्मन लेखक फ्रान्ज रोहले सन् १९२५ मा उनको किताब आफ्टर एक्स्प्रेसनिज्म: म्याजिकल रियालिज्ममा प्रयोग गरेका हुन्।‌

मानिस रहस्यमय प्राणी हो। ऊ थुप्रै जादुमय यथार्थमा घेरिएको हुन्छ। एउटा सपना बोकेर विश्वको ठुलो र समृद्ध भनिएको देश बेलायतमा उच्चशिक्षा अध्ययन गर्न गएपछि त्यहाँ बस्दारहँदाको अमितको जीवनभोगाइ नै यस उपन्यासको सारभूमि हो।

पछि उच्चशिक्षा अध्ययनकै लागि भनेर आएकी मुनासँग भेट हुनु, आफूले माया गरेकी केटीसँग विवाहबन्धनमा बाँधिएपछि त्यो एउटा सानो प्यारो संसार या भनौं श्रीमती मुना एकाएक भयङ्कर रोगबाट गुज्रिनु र उसको स्याहारसुसारमा लागिपरेको अमित आफू स्वयम् नै थाहा नपाई असामान्य मानसिकतामा पुग्नु, उनीहरू प्रेममा पर्दाको मिठो क्षण अनि घुम्न निस्केका बेला रेस्टुरेन्टमा खाना बस्दा देखेका एउटा कृत्रिम रुख र त्यस रुखको वर्णन गर्ने क्रममा त्यस रुखबाट पसिना आउने सन्दर्भ अनि त्यो पसिना मुनाको यौन चाहनासँग जोडिनु, मृत्यु हुनुपूर्व नै मृत्युको अनुभूति गर्नु, नभोगेको जीवनको अनुभव गर्नु आदि असामान्य घटनाहरूलाई म्याजिक रियालिज्म टर्मिनोलोजीले जस्टिफाई गर्छ।

ग्याब्रियल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’, इसबेला एलेंडको ‘द हाउस अफ द स्पिरिट’, टोनी मोरिससको ‘बिलभेड’ आदि म्याजिकल रियालिटीका खुराकहरू पढिसकेका पाठकलाई भने यो उपन्यासलाई अझै रहस्यमय भाव अर्थात् मिस्टेरिअस स्पिरिट दिएर एउटा पूर्ण म्याजिक रियालिज्म बेस्ड उपन्यास बनाउन सकिन्थ्यो भन्ने लागिरहन्छ। जस्तो कि फ्रिजरमा राखेको मुनाको लास आफैं उठ्नु र सुतिरहेको अमितलाई यौनक्रिडा गर्नु अनि पुनः आफ्नै अवस्थामा फर्किनु। अमित निद्राबाट बिउँझेपछि थाहा पाउनु, डर लाग्नु, दिगमिग लाग्नु अनि बान्ता गर्नु आदि भइदिएको भए म्याजिक रियालिज्मलाई झनै सार्थक गर्ने थियो कि अतिप्राकृतिक अर्थात् सुपर न्याचुरल हुन्थ्यो भन्ने अन्तद्र्वन्द्व जस्तो पनि लागिरहन्छ।

मानिस रहस्यमय प्राणी हो। ऊ थुप्रै जादुमय यथार्थमा घेरिएको हुन्छ। एउटा सपना बोकेर विश्वको ठुलो र समृद्ध भनिएको देश बेलायतमा उच्चशिक्षा अध्ययन गर्न गएपछि त्यहाँ बस्दारहँदाको अमितको जीवनभोगाइ नै यस उपन्यासको सारभूमि हो।

‘चिसो बाफ’ पढ्दै जाँदा यसमा उधिनेका विषयवस्तु पृथक् लाग्छन्। अभिव्यक्तिको शैली पनि आम उपन्यासभन्दा फरक छ तर भाषा भने सरल छ। लेखकले होइन भने पनि यो प्रयोगधर्मी औपन्यासिक कृति बनेको छ, जुन लेखकको मौलिक विशेषता पनि हो।

प्रविधिबिना मानवजीवन प्रायः असम्भव जस्तो छ भन्ने कुरालाई यस उपन्यासले पुष्टि गरेको छ। रेस्टुरेन्टमा राखिएको प्लास्टिकको कृत्रिम रुखलाई, अहिले विज्ञान र प्रविधिको समयमा रित्तिँदै गएको मानवीय संवेदनासँग प्रतीकात्मक रूपले जोडेर हेर्न सकिन्छ भने पात्रहरूले अनुभव गरेको एक्सपेरियन्स द डेथ: नियर डेथ एक्सपिरियन्स, एक्सपिरियन्स द अल्टरनेटिभ लाइफ आदि कुरा विज्ञान र प्रविधिकै एक उपज मान्न सकिन्छ।

आजसम्म यो ब्रह्माण्डमा कतै नभएको मुनाको रोग जस्तो कि खुट्टा दुख्नु, भोलिपल्ट कालो दाग देखिनु, उक्त ठाउँमा चेतना हराउनु, हातखुट्टा, मुख नचल्नु, त्यसपछि बोल्न नसक्नु अनि क्रमशः एकएक गर्दै शरीरका सबै अङ्ग मर्नु र अन्तमा जीवनको सबै इहलीला समाप्त हुनु।

‘चिसो बाफ’ पढ्दै जाँदा यसमा उधिनेका विषयवस्तु पृथक् लाग्छन्। अभिव्यक्तिको शैली पनि आम उपन्यासभन्दा फरक छ तर भाषा भने सरल छ। लेखकले होइन भने पनि यो प्रयोगधर्मी औपन्यासिक कृति बनेको छ, जुन लेखकको मौलिक विशेषता पनि हो।

यी सबै कुरा अहिलेको विज्ञान र प्रविधिको युगमा लेखकले गरेको एउटा भयङ्कर अवस्थाको कल्पना हो। गोपी सापकोटाको यो उपन्यास जेजी बलार्ड, एचजी वेल्सका तहका साइन्स फिक्सन हुन सक्थ्यो यदि उस उपन्यासमा कोरोना कहरको समयलाई नलेखिएको थियो भने। यति हुँदाहुँदै पनि यो उपन्यासमा मानवीय संवेदनासँग विज्ञान र प्रविधि एकआपसका परिपूरक बनेर आएको छ। एउटा प्लटमा पनि सलल बगिरहन्छ उपन्यास, जुन यसको सबल पक्ष हो। 

प्रकाशित: १३ जेष्ठ २०८० ०२:०८ शनिबार

अक्षर