कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो। खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ।
मेरो स्वर्गीय बुवालाई सबैले शिक्षक भनेर सम्झन्छन् । म भने बुवालाई कृषकको रुपमा सम्झन्छु । एकाबिहानै कालो लामो गमबुट, ठाउँ–ठाउँमा च्यातिएर प्वाल परेको पैजामा अनि ह्वाल्ल भुँडी देखिने बन्डी लगाएर खेतका आलीआलीमा कुद्नुहुन्थ्यो । बोटविरुवासँग खै के अचम्मको साइनो थियो उहाँको ।