कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो। खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ।
सन् १९८० को दशकमा विश्वका धेरै मुलुकमा जैविक कृषिमा सम्बद्ध किसान तथा उपभोक्त सचेत हुँदै जैविक कृषिका लागि आवश्यक नीतिनियम बनाउन, सिफारिसपत्र दिने व्यवस्था गराउन र जैविक कृषि बजारको व्यवस्था गर्न अग्रसर भए। जसले गर्दा जैविक कृषि उपजहरूको मापदण्ड निर्धारण र सिफारिस गर्ने काम थुप्रै विकसित देशमा सन् १९९० को दशकबाट अघि बढ्यो।
नेपाल विश्व भोकमरीको सूचकांकमा दयनीय अवस्थामा छ। करिब ३७ लाख मानिस खाद्य असुरक्षाको स्थितिमा छन्। खाद्यान्न आयात उच्च छ। कुपोषण र अन्य मानव स्वास्थ्य सूचकहरूको समेत अवस्था नकारात्मक छ।
खेती र खाद्य प्रणालीको साङ्लो टुटेकाले खाद्यान्नको उपलब्धता, सरल पहुँच, उपयोग र दिगो आपूर्तिमा असन्तुलन निम्तिएको छ। जसले दिगो विकास लक्ष्यलाई समेत प्रभावित तुल्याउने अवश्यम्भावी छ।