६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपत्यकाका चार पालिकाको परिणाम आउन बाँकी

पाँच पालिका रहेको ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका हरिगोविन्द श्रेष्ठले अग्रता लिइरहेका छन् भने उपप्रमुखमा एमालेकी विना सुवेदीले अग्रता लिइरहेकी छन्।

सत्ता पक्षबीच नै प्रतिस्पर्धा

सत्तारूढ प्रमुख राजनीतिक दलहरूबीच स्थानीय तहको निर्वाचनमा सयभन्दा बढी स्थानीय तहमा मुख्य प्रतिस्पर्धा भएको छ।

धरमरमा सत्ता गठबन्धन

कांग्रेसका सबै कार्यकर्ताले धेरै स्थानमा माओवादी, नेकपा एस र जसपाका उम्मेदवारलाई मतदान नगर्दा हार्नुपरेको ती दलको गुनासो छ। यसबाट गठबन्धनमा हार्दिकता खलबलिएको संकेत मिलेको छ।

माओवादी विरासत–रोल्पामा जोगियो! रुकुममा भत्कियो!

रोल्पा जिल्लाका १० स्थानीय तहको निर्वाचन मतगणना सकिएको छ। माओवादी विरासत र उसको दम्भ भत्काउन भन्दै एक भएका कांग्रेस, एमाले र विप्लव लगायतका शक्ति असफल भएको माओवादीको जिकिर छ।

अब एमाले रणनीति ‘दुधभात’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न एमालेले ‘दुधभात’को रणनीति अपनाउने भएको छ।

बागलुङमा गठबन्धन हावी हुँदा एमाले किनारामा

जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ। केन्द्रीय निर्णयअनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो।

जसपाको निष्कर्ष, गठबन्धनबाटै धोका

स्थानीय तहको निर्वाचनको परिणााम सार्वजनिक भइरहेका बेला जनता समाजवादी पार्टीका नेताहरूले गठबन्धनमा रहेका दलहरूबाट आफूलाई धोका भएको निष्कर्ष निकालेका छन्।

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिको विजयी सुरुवात

कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। उसले अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा समेत जित हात पारेको छ।

शंखरापुरमा कसरी उदायो राप्रपा?

लामो समयदेखि काठमाडाैँको पूर्वी भेगबाट अर्थात् शंखरापुर क्षेत्रमा नेकपा एमालेको सूर्य उदाउँदै आएको थियो। तर, यस पटकको स्थानीय तह निर्वाचनमा भने शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापितले ४ हजार ७ सय मत हासिल गर्दै राप्रपाको उदय गराएका छन्।

संसद्मा प्रमुख दलको सक्रियता

दलहरू सच्चिने क्रमको थालनी प्रमुख विपक्षी नेकपा (एमाले)बाटै सुरु भएको छ। लामो समयदेखि संसद् अधिवेशन अवरोध गर्दै आएको एमालेले अब यसलाई सहज गराउन थालेको छ।

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ। आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ।

ताप्लेजुङका सबै पालिकाको नतिजा सार्वजनिक

ताप्लेजुङका सबै नौ स्थानीय तह सबैको नतिजा आएको छ। जस अनुसार कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।

काठमाडौं उपत्यकामा कांग्रेस र नेमकिपाले खाता खोले

स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौंको एउटा पालिका जितेर नेपाली कांग्रेसले उपत्यकामा पनि खाता खोलेको छ। काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत र उपमेयरमा बसन्ती डंगोल विजयी भएका हुन्।

नवनिर्वाचित वडा अध्यक्ष भन्छन्: जनताको सेवक भएर काम गर्छौ

वडा अध्यक्षमा दोस्रो पटक निर्वाचित भएपछि कमलामाई नगरपालिका ३ का खड्ग चौलागाई वडालाई पर्यटकीय क्षेत्र बनाउन आफू लाग्ने बताउँछन्।

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्