मनसुनसँग जुध्ने होइन व्यवस्थापन गर्ने हो
विपद् आफैंमा समस्या होइन, विपद्को जोखिमप्रति हाम्रो अपर्याप्त तयारी नै ठुलो समस्या हो।
विपद् आफैंमा समस्या होइन, विपद्को जोखिमप्रति हाम्रो अपर्याप्त तयारी नै ठुलो समस्या हो।
नेपालको सबैभन्दा ठुलो सम्पत्ति युवा जनशक्ति हो। यही जनशक्ति देशभित्र निष्क्रिय र विदेशमा सक्रिय हुने अवस्था कायम रह्यो भने नेपालले आफ्नो जनसांख्यिकीय लाभांश गुमाउनेछ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा सुरु भएको छ।
नेपालमा क्यान्सर रोगीको संख्या बर्सेनि बढ्दो छ। जीवनशैलीमा आएको परिवर्तन, बढ्दो प्रदूषण, सुर्तीजन्य पदार्थको प्रयोग, वातावरणीय जोखिम तथा औसत आयुमा भएको वृद्धिसँगै क्यान्सर सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखा परेको छ।
वन कार्यालयले वन अतिक्रमित जग्गा हटाउन थाल्यो। त्यस क्रममा वनका कर्मचारीहरूले टेम्पु भिरमा फालिएको कारुणिक दृश्य र समाचार बाहिर आएका छन्।
चार महिनादेखि पश्चिम एसियालाई युद्ध, अस्थिरता र ऊर्जा संकटको भुमरीमा फसाएको अमेरिका–इरान द्वन्द्व अन्ततः वार्ताको दिशातर्फ मोडिएको छ।
यस अघिसम्म भारतीय पक्षबाट अघोषित रूपमा भारतीय पक्षबाट हुने गरेको नेपाली चिया आयात यो पटक भने अझ गम्भीर रूपमा सतहमा देखिएको छ।
नेपालको वित्तीय इतिहास निजी क्षेत्र र नियामक निकायका अधिकारीको संरक्षणमा भएको एउटा ठुलो वित्तीय अपराधको घटना अनुसन्धान सकेर न्यायिक निरूपणमा प्रवेश गरेको छ।
नेपालमा वातावरण, जलवायु परिवर्तन र जैविक विविधताका विषय राज्यको प्राथमिकताबाट क्रमशः ओझेलमा पर्दै गएको देखिन्छ।
पछिल्ला वर्षमा परिवारभित्र हुने हत्या र हिंसाका घटनाले भयावह रूप लिन थालेका छन्।
प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने जानकारी पाएको अभिव्यक्ति संसद्मा दिएका थिए। त्यसप्रति विपक्षीले आपत्ति मात्र जनाएका छैनन्, उनीहरूले अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने अडान राख्दै आएका छन्।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रतिवेदनअनुसार २०७७ देखि २०८२ सम्मको अवधिमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुपात निरन्तर घटेको देखिन्छ।
केही खेलाडीले व्यक्तिगत संघर्षका आधारमा पदक जितिरहेका छन्। उनीहरूको सफलतालाई संस्थागत उपलब्धिमा रूपान्तरण गर्न सके मात्र नेपाली खेलकुदले वास्तविक फड्को मार्न सक्छ।
विश्व मौसम संगठन (डब्लुएमओ) को पछिल्लो प्रतिवेदनले मानव सभ्यताका लागि जलवायु संकटले निम्त्याएको गम्भीरतालाई फेरि एकपटक उजागर गरेको छ।
नेपालमा मनसुनी समय नजिकिएको छ। योसँगै बाढी–पहिरोको कहर सुरु हुनेछ। त्यसबाट धुले र कच्ची सडक मात्र होइन, विगतमा जस्तै मुख्य राजमार्ग प्रभावित हुने सजिलै अनुमान लगाउन सकिन्छ।
राष्ट्रको भविष्य आजका बालबालिकामा निहित हुन्छ भन्ने कुरा हामी बारम्बार दोहोर्याउँछौं तर यही भविष्यलाई संरक्षण गर्ने जिम्मेवारी बोकेका परिवार, विद्यालय, समुदाय र राज्य संयन्त्रकै आँखाअगाडि बालबालिका कुलतको दलदलमा फसिरहेका छन्।
पछिल्ला वर्षहरूमा सगरमाथाको चर्चा शिखर विजयभन्दा बढी भिडभाड, ट्राफिक जाम, फोहोर व्यवस्थापन र जलवायु परिवर्तनका असरका कारण हुन थालेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आज गणतन्त्र दिवस। २०६५ जेठ १५ गते अर्थात् आजकै दिन संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रलाई बिदा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।
इबोला भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेपछि विश्व समुदाय पुनः सतर्क बनेको छ।
संयुक्त राष्ट्रसंघीय महासभाले हालै पारित गरेको जलवायु परिवर्तन सम्बोधनमा विश्वका राष्ट्रको दायित्व रहने प्रस्ताव अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ।
नेपालमा यी वस्तुको खपत अत्यधिक रहेको छ। त्यसमा पनि युवाशक्ति र बालबालिकामा यसको प्रयोग बढी देखिएको छ। जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई आधार मान्दै विज्ञहरूले कर वृद्धि गरे उपभोग स्वतः घट्ने सिद्धान्तलाई अघि सारेका छन्।
नेपालले विगत केही दशकयता खुला दिसामुक्त अभियान, खानेपानी तथा सरसफाइ कार्यक्रमलगायत संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य (एसडिजी) प्राप्तिका लागि अनेकन् योजना अघि सारेको छ।