१५ वैशाख २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन्।

जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले तीन हजार ४६५ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले तीन हजार १०८ मत प्राप्त गरेकाे। गठबन्धनका आचार्यले ३५७ मतले अग्रता हासिल गरेकाे हाे। उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट तीन हजार ६०० मतसहित अघि छन् भने एमालेकी मञ्जुदेबी गुरुङले तीन हजार ५७५ मतसहित उनलाई पछ्याएकी छन्।

महानगरको वडा नं १ मा एमालेले विजय भएको छ। वडा नं १ मा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार साहारा प्रधानले एक हजार १४५ मत ल्याई विजय भए भने उनका प्रतिस्पर्धी कांग्रेसका वडाध्यक्षका उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत ल्याए।

वडा नं २ मा  कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिवशमान प्रधानाङ्ग एक हजार ८१९ मतसहित विजय भए भने उनका प्रतिस्पर्धी एमालेका दीपक शाहीले एक हजार ७९२ मत प्राप्त गरे।

प्रकाशित: २ जेष्ठ २०७९ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App