१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिको विजयी सुरुवात

कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। उसले अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा समेत जित हात पारेको छ।

गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्तिका चित्रबहादुर चौधरीले १ हजार ५३५ मतको अन्तरमा विजयी भएका छन्। उनले ४ हजार ९०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिद्घन्द्वी नेपाली काँग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा नागरिक उन्मुक्तिकै रेखादेवी कठरिया विजयी भएकी छन्। उनले ४ हजार ५८१ मत पाएकी छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीको ३ हजार ३६८ मत छ।

नागरिक उन्मुक्तिले वडा नं. १,३,४ र ५ मा वडाध्यक्ष सहित पूरै प्यानलले जितेको छ। वडा नं. १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा नं. ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा, वडा नं. ४ को वडाध्यक्षमा रामजनम चौधरी र वडा नं.५को वडाध्यक्षमा अनरकुमार चौधरी विजयी भएका छन्।

त्यस्तै वडा नं. २ मा भने जसपाका विष्णुप्रसाद डगौरा, वडा नं. ६ मा माओवादी केन्द्रका भोजराज डगौरा र वडा नं. ७ मा नेकपा एमालेका बमबहादुर शाह विजयी भएका छन्।

जोशीपुर नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका हो। यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा जितेको थियो।

नागरिक उन्मुक्तिले कैलालीका जोशीपुर गाउँपालिका लगायत टीकापुर र भजनी नगरपालिकाका साथै जानकी गाउँपालिका समेत जित्ने निश्चित छ। सबै पालिकामा दोब्बर मतको हाराहारीमा अग्रता लिइरहेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App