गाउँमा सडक पुग्दा त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकस्थित देउराली काफलपानी गाउँका कान्छाबहादुर खाँण निकै खुसी भएका थिए। सडक पुगेपछि सदरमुकामसम्मको दुरी पनि छोटियो भने दैनिक उपभोग्य सामानहरु गाउँमा ल्याउन पनि सजिलो भयो। घर नजिकैबाट सवारी साधन गुड्ने भएपछि उनको खुसीको सीमा रहेन।
मनसुन कमजोर बन्दै : जोखिम टरिसकेको छैन
मुलुकभर मंगलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
भिरबाट लडेर महिलाको ज्यान गयो
ओखलढुंगामा भिरबाट लडेर महिलाको ज्यान गएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–६ की चन्द्रकला मगरको भिरबाट लडेर ज्यान गएको हो ।
कोरोना संक्रमित सम्पर्कविहीन
कोरोना भाइरस संक्रमण देखिएका एकजना विराटनगरका व्यक्ति सम्पर्कविहीन भएका छन् । कोरोना संक्रमित पुरुष मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा ज्वरो आएपछि जचाउन आएका थिए ।
'हचुवाकै भरमा हटाइयो लकडाउन'
सरकारले मंगलबार राति एक्कासी लकडाउन खोलेको कदमलाई विज्ञहरुले हचुवाको भरमा खोलेको प्रतिक्रिया दिएका छन् ।
बलात्कार भई शिशु जन्मेपछि पक्राउ !
बलात्कारको एक वर्षभन्दा बढी समयपछि प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । रामेछाप खाँडादेबी गाउँपालिका वडा नं. ९ स्थायी घर भएका मोहनबहादुर भण्डारीका छोरा वर्ष २२ का राजेश भन्ने सुरेश भण्डारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ
चोरी आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक, नाग्रेगगर्चे गाउँपालिका वडा ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पक्राउ गरेको हो ।
सप्तकोशीले पूर्वी तटबन्धको दुईवटा स्पर निरन्तर कटान
सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेर क्रमशः घट्दै गएपनि पूर्वी तटबन्धको सुनसरी बराहक्षेत्र वडा नं. ६ को दुईवटा स्परमा कटान थालेको छ । बराहक्षेत्र वडा नं. ६ को ठाकुरबारीमा रहेको स्पर नं. ९ र १० स्परमा कटान गरेको हो ।
धरानको सर्दु र सेउती खोलामा कायकिङको परीक्षण
वर्षाको समय त्यसै पनि पर्यटनको लागि अफ सिजन हो । त्यसमाथि कोभिड १९ को महामारी र लकडाउनले गर्दा झण्डै ४ महिनादेखि नेपालको पनि पर्यटन क्षेत्र ठप्प छ । लकडाउन विस्तारै खुकुलो हुँदै गएपछि अफ सिजनलाई अप सिजन बनाउन बाढीमा कायकिङको परीक्षण गरिएको हो ।
रौतहटमा बाढीको कहर : सडक संजाल जलमग्न, धान खेती नष्ट
लगातार परेको पानीले रौतहटको अधिकांश जमिन डुबानमा परेसँगै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको क्याम्प समेत डुबानमा परेका छन् । गत आईतबार देखि निरन्तर रुपमा भईरहेको वर्षाको कारण बकैया र बागमती नदिमा आएको बाढीको पानीले सशस्त्र प्रहरी तथा नेपाल प्रहरी कार्यालयहरू डुबानमा परेपनि सुरक्षाकर्मीले बाढी पिडितको उद्धारमा खटेको पाइएको छ ।
प्रदेश २ मा कोरोनाले लियो सात जनाको ज्यान
कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट महोत्तरी गाउँपालिका–३ मडही गाउँका ६४ वर्षीय पुरुषको मंगलबार राती उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि प्रदेश प्रहरी कार्यालय सिल
विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालय मंगलबार रातिदेखि सिल गरिएको छ। त्यस कार्यालयका एक जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय शिल गरिएको छ। संक्रमित प्रहरी विराटनगरको स्थानीय हुन भने पद खुलाइएको छैन। उनलाई ४/५ दिन अघि रुघा र ज्वरो आएपछि होम क्वारेन्टिनमा बस्दै आएको प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलले बताए।
बाढीपहिरोले भत्काएको मौवाखोला पुल मर्मत सुरु
अविरल बर्षासँगै आएको बाढीपहिरोले भत्काएको पृथ्वीराजमार्गस्थित मौवाखोलाको पुलको मर्मत कार्य सुरु गरिएको छ। बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत बुधबारदेखि सुरु गरिएको हो। बर्षा हुन रोकिएसँगै मर्मतको कार्य गरिएको सडक विभागका महानिर्देशक केशव शर्माले बताए।
बालिका जवरजस्ती करणी गर्ने एक पक्राउ, तीन फरार
१६ वर्षे बालिकालाई जवरजस्ती करणी गर्ने सुनसरी वराहक्षेत्रका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना फरार भएका छन् ।
पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक
काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ ।
आत्महत्या गर्नेको सङ्ख्या बढ्दो, सवारी दुर्घटना घट्दो
तीन वर्षको अवधीमा नुवाकोटमा १ सय ७२ जना नागरिकले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६१ जना, २०७५/७६ मा ४६ जना र २०७६/७७ मा ६५ जना नागरिकले आत्महत्या गरेका गरेका छन् ।
‘केरुङ च्छो’ ताल फुट्न सक्ने भन्दै सतर्कता अपनाउन प्रशासनको आग्रह
छिमेकी देश चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ ।
थप १०० जनामा कोरोना संक्रमण, २०७ डिस्चार्ज
बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।
नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु
नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षीय चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको साउन ६ गते निधन भएको हा ।
विद्युत अनियमित हुँदा उपभोक्तालाई हैरानी
सुर्खेतमा नेपाल विद्युत प्राधिकरणले वितरण गर्दै आएको विद्युत अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । पटकपटक जाने हुँदा उपभोक्ताको दैनिकी असहज भएको छ ।
चितवनमा बाढीले बगाएका पाँच शव फेला, एउटाको मात्रै सनाखत
यस वर्षको बाढीबाट गत असार अन्तिम साता माडी नगरपालिकामा दुई जनाको मृत्यु भएको चितवनमा बुधबार नदी तटीय क्षेत्रमा पाँच वटा शव फेला परेका छन् ।
प्रदेश ५ मा सवारी दुर्घटना : तीन वर्ष यताकै कम मृत्यु
५ नम्बर प्रदेशमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि ४ सय ८३ जनाको मृत्यु भएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका कुल १२ जिल्लामा भएका सवारी दुर्घटनामा ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्ला दुई वर्ष भन्दा कम हो ।
प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश
पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।
कोरोनाका कारण नेपालमा एक चिनियाँको मृत्यु
कोरोना संक्रमणका कारण एक चिनिया नागरिकको मृत्यु भएको छ। उनको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
पहिरोले निम्त्याएको पीडा
गाउँमा सडक पुग्दा त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिन्चोकस्थित देउराली काफलपानी गाउँका कान्छाबहादुर खाँण निकै खुसी भएका थिए। सडक पुगेपछि सदरमुकामसम्मको दुरी पनि छोटियो भने दैनिक उपभोग्य सामानहरु गाउँमा ल्याउन पनि सजिलो भयो। घर नजिकैबाट सवारी साधन गुड्ने भएपछि उनको खुसीको सीमा रहेन।