१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सूर्यप्रकाश कँडेल


सूर्यप्रकाश कँडेलका लेखहरु :

एक अर्ब लगानी रहेको कागज उद्योग सञ्चालनमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा चितवनका चार जना युवा उद्यमीले एक अर्ब लगानीमा कागज कारखाना सञ्चालनमा ल्याएका छन् ।

‘मत्स्य’ छन्, विकास छैन

पाँच दशकअघि चितवनको भण्डारामा मत्स्य विकास कार्यालय स्थापना गरियो । उद्देश्य थियो माछापालक किसानलाई पर्याप्त भुरा सुलभ दरमा उपलब्ध गराउने ।

एक वर्षमा सवा तीन लाख बिरामीले लिए बहिरङ्ग सेवा

भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालबाट एक वर्षमा सवा तीन लाख बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् ।

चितवनमा सकियो ९५ प्रतिशत रोपाइँ

आज साउन पन्ध्र, खीर खाने दिन । खीर पकाउन चाहिन्छ दूध र चामल । चितवन दूधमा आत्मनिर्भर छ, चामलमा छैन । चामलका लागि असार र साउनमा रोपाइँ गरिन्छ ।

चितवनमा राज्यआतंक सिर्जना भयो : क्रान्तिकारी माओवादी

सुकुम्बासीका घर भत्काउने र चेपाङ युवालाई कुटीकुटी मार्ने काम गरेर सरकारले चितवनमा राज्यआतंक सिर्जना गरेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) चितवनले आरोप लगाएको छ । सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रान्तिकारी माओवादीले यस्तो आरोप लगाएको हो ।

बन्दाबन्दीका बेला दुर्घटनामा कमी, घट्यो ज्यान गुमाउनेको सङ्ख्या

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नपाओस् भनी सरकारले देशभर लगाएको चार महिना लामो बन्दाबन्दीका बेला चितवनमा सवारी दुर्घटनामा कमी आएको छ । जिल्लामा दुर्घटनाको सङ्ख्या घटेपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको छ ।

चितवनमा बाढीले बगाएका पाँच शव फेला, एउटाको मात्रै सनाखत

यस वर्षको बाढीबाट गत असार अन्तिम साता माडी नगरपालिकामा दुई जनाको मृत्यु भएको चितवनमा बुधबार नदी तटीय क्षेत्रमा पाँच वटा शव फेला परेका छन् ।

सुकुम्बासी बस्तीमा भएको आगजनीको सर्वत्र विरोध

तीनतिरबाट चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतिर सोमेश्वर पहाडले घेरिएको माडी नगरपालिका ९, कुसुमखोलामा गएको शनिबार सुकुम्बासी बस्तीमा रहेका दसमध्ये दुई घरमा आगजनी गर्ने र आठ घरलाई हात्ती परिचालन गरी भत्काउने काम भयो ।

नारायणी तटीय क्षेत्रका दर्जनौँ घर जलमग्न, त्रिशुलीले बगायो तीन घर

नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेपछि चितवनका नदीतटीय क्षेत्रस्थित दर्जनौँ घरमा पानी छिरेको छ । त्रिशुली नदीले तीन घर बगाएको छ भने भरतपुर महानगरका ६ वटा वडामा नारायणीको भेल पसेको छ ।

नारायणी नदीको सतह खतराको बिन्दुभन्दा माथि

अविरल वर्षाका कारण त्रिशुली र कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नारायणी नदीको सतहमा जोखिम बढेको छ। लगातार वर्षा भएपछि देव घाटधामको वेणीमा त्रिशुली र कालीगण्डकी मिसिएर सुरु हुने नारायणी नदी उर्लिएको हो।

चितवनमा कालगतिले एक वर्षमा मरे २६ गैँडा

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्ज रहेको चितवन जिल्लामा गत आर्थिक वर्षमा कालगतिले २६ वटा गैँडा मरेका छन्। विभिन्न प्राकृतिक कारणबाट राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र २४ र वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्।

साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक : कवि विनोदी

वरिष्ठ कवि गोविन्दराज विनोदीले साहित्य र पत्रकारिताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

चितवनमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएका तीन सय आठ नमुना परीक्षणमध्ये १९ वटा नमुनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अवैध मिर्गाैला प्रत्यारोपण: चिकित्सक, प्रहरी, वडाध्यक्ष लगायतको संलग्नता

प्रहरी, डाक्टर, वडाध्यक्षसहितको मिलोमतोमा मिर्गौला तस्करी भएको भेटिएको छ। जिम्मेवार निकायकै व्यक्तिहरूको संलग्नतामा अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको प्रहरीको मानव बेचबिखन केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्