coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा बाढीले बगाएका पाँच शव फेला, एउटाको मात्रै सनाखत

यस वर्षको बाढीबाट गत असार अन्तिम साता माडी नगरपालिकामा दुई जनाको मृत्यु भएको चितवनमा बुधबार नदी तटीय क्षेत्रमा पाँच वटा शव फेला परेका छन् । यससँगै बाढीले चितवनमा मृत्यु हुनेको संख्या सात पुगेको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिकाभित्र नारायणी नदी किनारको तीन ठाउँमा चार जना र खैरहनी नगरपालिकाको बुढीरापती खोला किनारमा एक जनाको शव फेला परेको हो ।

नारायणी नदी किनारमा भेटिएका चार शवमध्ये एउटाको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार सनाखत भएका मृतक भरतपुर महानगरपालिका १६, झनझने निवासी ४० वर्षीय कर्णबहादुर सुनार हुन् । सुनारको शव नारायणी नदी छेउमा भेटिएको हो । बुधबार भेटिएका पाँच शवमध्ये सुनारको मात्र सनाखत भएको छ ।  

भरतपुर महानगरपालिका १, ठिमुरामा दुई जनाको शव भेटिएको छ । दुईमध्ये एक जना बालिका र एक जना अधवैंशे पुरुष हुन् । दुबै शवको सनाखत हुन नसकेको चितवन प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका १, गैँडाचोकनजिक नदी किनारमा ५० वर्षीया एक जना महिलाको पनि शव भेटिएको छ । प्रहरी प्रवक्ता थापाका अनुसार खैरहनी नगरपालिको बुढीरापती खोला किनारमा बाढीले बगाएर ल्याएको अन्दाजी ५० वर्षका एक जना पुरुषको शव भेटिएको छ । उनले बुधबार भेटिएका पाँच शवमध्ये चार वटाको सनाखत हुन नसकेको बताए ।

प्रकाशित: ७ श्रावण २०७७ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App