coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चितवनमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशाला । तस्बिर : सूर्यप्रकाश/नागरिक

चितवनमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएका तीन सय आठ नमुना परीक्षणमध्ये १९ वटा नमुनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पिसिआर परीक्षणबाट पोजेटिभ नतिजा आएका १९ नमुनामध्ये आठ वटा चितवनको माडी नगरपालिकाभित्रका आठ जना पुरुषको रहेको छ । चितवनमा मङ्गलबार थपिएका आठ जना सबै माडी क्वारेन्टिनमा बसेकाहरु हुन् । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या एक सय आठ पुगेको छ ।

प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका थप ११ जना नवलपरासी (सुस्तापूर्व) का हुन् । उनीहरुमध्ये दुई जना पुरुष कावासोती नगरपालिका र आठ जना पुरुष एवं एक जना महिला गरी नौ जना बुलिङ्टार गाउँपालिकाभित्रका रहेका छन् ।

देशभर कोरोना संक्रमितको संख्या घट्दो देखिएपनि चितवन र नवलपरासीमा भने कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन ।

प्रकाशित: ३१ असार २०७७ ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App