२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रविको प्रश्न: जग्गा हडप्ने, नागरिकता कीर्ते गर्ने र सहकारी ठग्नेलाई कारबाही गर्न कसले रोक्यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्तारुढ दललाई काम गर्न केले रोक्यो भन्दै प्रश्न गरेका छन्।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तारुढ दललाई सबै कुरा थाहा भए काम गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका हुन्।

'सत्तारुढ दललाई सबै थाहा रछ नगरेको चैँ किन। नयाँ दलले रोकेको भए कहाँ रोक्यो। पुराना दलले आफूलाई एकचोटि हेर्ने हो की। नयाँ दल त ७२ घण्टा छुटाएर कारबाही गर्ने दल हो, उनले भने, 'पुराना दलहरूमा अदालतले फैसला गरेका मान्छे पदाधिकारी छन्। सरकारी जग्गा किर्ते गर्ने आफ्नै दलभित्र छन् की, नागरिकता किर्ते गर्नेहरूलाई कारबाहिका दायरामा ल्याउने होकी सहकारी ठगलाई कारबाही गर्ने हो की। वर्षौँदेखि सरकारमै बसेको देखिन्छ। रोकेको चैँ कसले  हामी नयाँ दलले रोकेको हो त ?'

प्रकाशित: २४ माघ २०८० १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App