पुनर्निर्माण दशक: एक नायक लक्ष्मण बस्नेत
सरकारले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो।
सरकारले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरण गठन गरेको थियो।
पृथ्वी राजमार्गस्थित धादिङको मझिमटारबाट कच्ची सडक हुँदै पश्चिमतर्फको साढे दुई किलोमिटर उकालो चढेपछि थिङमाङ गाउँ आइपुग्छ।
नयाँ वर्षसँगै कर्णालीको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी सो क्षेत्रका करिब नौ हजार पुराना र नयाँ घरहरूको बिमा गराउन जुटेका छन्।
सरकारले पुनर्निर्माणका लागि यकिन गरेका सात हजार ६ सय ८८ विद्यालयमध्ये सात हजार ६ सय ६० विद्यालयको निर्माण सम्पन्न भइसकेको छ। निर्माण बाँकी ३० वटा मध्ये १६ वटा निर्माणाधीन छन् भने १४ विद्यालय पुनर्निर्माण गर्न बाँकी छन्।
दातृ निकाय, मित्रराष्ट्र र विकास साझेदारबाट करिब चार खर्ब १० अर्ब रूपैयाँबराबरको प्रतिबद्धता आयो। २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा दाताकै सहयोगले भरथेग भयो।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सर्वाधिक क्षति पुर्याउँदा खण्डहरमा बदलिएको सिन्धुपाल्चोकको फेरिएको रूप हो यो। सिन्धुवासी पुनर्निर्माणमा जुरुक्क जाग्दा ठडिएका गाउँ खानेपानी, शौचालय, बिजुलीलगायत न्यूनतम सुविधासहितका आकर्षक सहरोन्मुख बस्तीमा बदलिएका छन्।
सङ्क्रमणकालीन राजनीतिको अवस्थामा पनि नेपालीले विपतलाई एक भएर सामना गरे र राहात र उद्धारका कार्य अगाडि बढाए। राष्ट्रिय संकटको बेला पनि सही भिजन र सही उद्देश्यले अगाडि बढ्न सकेमा नेपालका सबै सरोकारवालालाई एकै ठाउँमा ल्याउन सकिने २०७२ भूकम्पले देखाएको छ।
भूकम्पअघि एकनासे ढुंगाले छाएका र बढीमा दुईतले घर थिए बारपाकमा। तर, अहिले चार–पाँच तलेसम्म घर बनेका छन्। घर बनाउन रड, सिमेन्ट, इँटा प्रयोग गरिएको छ। पहिलेभन्दा बलिया घर ठडिएका छन्। अब विपत्ति आइहाल्यो भने पनि भूकम्प थेग्ने वा पहिलेजस्तो घरमै पुरिएर ज्यान गुमाउने अवस्था नआउनेमा बारपाकवासी ढुक्क छन्।
खासमा सोनिसको जन्म तिथिका हिसाबले पुसमा हो, तर परिवारले उनको नयाँ जन्म वैशाख १२ लाई मान्ने गरेको छ। २२ घण्टा पुरिएर सकुशल निस्किएका सोनिस अहिले १० पूरा भएर ११ वर्षका भएका छन्।
२०७२ साल वैशाख १२ गतेको महाभूकम्पले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा जनधनको ठुलो क्षति पुग्यो।
‘बाहिर हिँड्दा त ऋण भुलिन्छ। घरभित्र छिर्दाबित्तिकै ऋणको सम्झना आइहाल्छ। बनाएको घर भत्काएर पनि ऋण नतिरिने अहिले घर चाँहि नबनाएको भए हुन्थ्यो जस्तो लागिरहेको छ।’
काठमाडौं जैसीदेवलका ७३ वर्षीय पूर्ण श्रेष्ठलाई २०७२ सालको भूकम्पमा आफ्नो घरको छानो भत्केको भन्दा पनि सुन्धारास्थित धरोहरा भत्केकोमा बढी पिर लागेको थियो।