८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

लिङदेनको प्रश्न: भाटभटेनीमा रक्सी चोर्ने सह-महामन्त्रीको छोरालाई किन छोडियो ?

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटको घटनामा कांग्रेस सहमहामन्त्रीकै छोरो पनि भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले भाटभटेनी लुटपाटमा सहमहामन्त्रीकै छोरो भएपछि गृहमन्त्रीले हतार हतार छोडेको बताएका हुन्। उनले लुटपाटमा गएका तपाईंकै पार्टीका सहमहामन्त्रीको छोरोलाई किन छोडियो भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका छन्।  

उनले भने, 'हामीसँग रेकर्ड छ, भाटभटेनीको लुटपाटमा गृहमन्त्रीकै पार्टीको सहमहामन्त्री कै छोरा पक्राउ परे। किन छोड्नु भो तुरुन्तै ? तपाईंका नेताको छोराले रक्सी लिएर गयो। उसले ल्याएको मान्छेले म रक्सी खान्न कपडा लान्छु भनेर कपडा लिएर गयो। पुलिसले भिडियोमा हेरेर पक्रियो पछि नेताको छोरा परे। नेताको छोरालाई छोड्नु भो ल्याएको मान्छेलाई छोडिएन। पछि यो कुरा बाहिर ल्याउँछु भनेपछि सबैलाई छोड्नु भो ।'

प्रकाशित: १२ वैशाख २०८२ १५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App