९ पुस २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पतालमा आगलागी : तीन करोड बढी क्षति, दुई दिन ओपिडी बन्द रहने

भेरी अस्पतालमा आगलागीपछि स्थलगत निरीक्षण गर्दै नेपालगन्जका मेयर प्रशान्त विष्ट, अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाह, कार्यालय प्रमुख डा. निराजन सुवेदी। तस्बिरः गणेश/नागरिक

नेपालगन्जस्थित भेरी अस्पतालमा शनिबार आगलागी भएको छ। विद्युत् सट हुँदा अस्पतालको बहिरंग सेवा (ओपिडी) भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएको हो।

आगलागीबाट ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायतका ठाउँमा क्षति पुगेको छ। आगलागीबाट झन्डै तीनदेखि चार करोडसम्मको क्षति भएको अनुमान गरिएको छ। मेडिकल स्टोरमा भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। छानबिन समितिको अध्ययनपछि पूरा विवरण आउने भेरी अस्पतालले जनाएको छ। उक्त मेडिकल स्टोरमा ल्याबलाई चाहिने रियाजेन्ट, भ्याक्सिनलगायतका मेडिकलहरू क्याथल्याब, औषधि तथा सर्जिकलका सामानहरू राखिएको थियो। ति जलेर नस्ट भएका छन्।

नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अस्पताल कर्मचारी,  स्थानीयहरूले एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट अहिले प्रयोगशाला सञ्चालन गर्न सक्ने अवस्था छैन। पुरानो वाइरिङ भएकाले पनि विद्युत् सट भएको हुन सक्ने आँकलन गरिएको छ। यससम्बन्धी छानबिन गर्न एउटा समितिसमेत निर्माण गरिएको छ। अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको भेरी अस्पतालका कार्यालय प्रमुख डा. निराजन सुवेदीले जानकारी दिए।

हरेक दिन खपत हुने सामान राखिएकै स्टोरमा आगलागी हुँदा अस्पतालको सेवा प्रभावित हुने उनी बताउँछन्। ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसीलगायतका ठाउँमा क्षति भएको कारण तत्काल अस्पतालको बहिरंग सेवा सुचारु गर्न नसकिने भएकाले दुई दिन ओपिडी सेवा बन्द रहने उनले जानकारी दिए। उनका अनुसार आइत र सोमबार अस्पतालको ओपिडी सेवा बन्द रहने छ।

‘प्रयोगशालामेत बन्द रहने छ,’ उनले भने, ‘आकस्मिक सेवा भने नियमित सञ्चालन हुनेछ।’ अस्पताल बन्द हुँदा सयौं बिरामी प्रभावित हुने भएका छन्। पश्चिम नेपालका जिल्लाहरूबाट यहाँ दैनिक सातदेखि एक हजारसम्म बिरामी सेवा लिन पुग्छन्। ‘महँगा भ्याक्सिनहरू जलेका छन्,’ उनले भने, ‘केमिकल, सर्पदंशको भ्याक्सिनलगायतका औषधीनज्य सामान पनि जले।’

यस्तै घटनाको स्थलगत अनुगमनमा लागि भेरी अस्पताल पुगेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले तीन तहका सरकारले तत्काल सेवा सञ्चालनका लागि सामूहिक पहल गर्नु पर्ने बताए। ‘अस्पताल जस्तो सम्बेदनशील ठाउँमा आगलागी हुँदा दुखित भएका छौं,’ उनले भने, ‘आगो नियन्त्रणमा आइसकेपछि छिटै अस्पतालको सेवा सुचार हुनेमा म विश्वस्त छु।’

प्रकाशित: १३ वैशाख २०८२ १९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App