८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहलगाम आक्रमणमा भारतीय सरकारले स्वीकार गर्‍यो सुरक्षा कमजोरी

भारतको केन्द्र सरकारले बिहीबार पहलगाम आक्रमणमा सुरक्षा त्रुटि भएको स्वीकार गरेको छ। सर्वदलीय बैठकपछि संसदीय मामिला मन्त्री किरेन रिजिजुले आईबी र गृह मन्त्रालयका अधिकारीहरूले बैठकमा सुरक्षा कमजोरीको बारेमा विपक्षी नेताहरूलाई जानकारी गराएका थिए।

यस समयमा विपक्षीहरूले आफूहरू सरकारको साथमा रहेको बताएका थिए। विपक्षी सांसदहरूले आतंकवादी शिविरहरू नष्ट गर्न माग गरेका छन्। सरकारले आतंकवादविरुद्ध कडा कारबाही गर्नुपर्ने उनीहरूले बताए।

सर्वदलीय बैठकपछि राहुल गान्धीले सरकारको हरेक कार्यमा पूर्ण समर्थन रहेको बताएका थिए। सर्वदलीय बैठक दुई घण्टासम्म चलेको थियो। बैठकमा पहलगाम आक्रमणमा मारिएकाहरूको आत्माको शान्तिको लागि दुई मिनेट मौनधारण गरिएको थियो।

अप्रिल २२ मा पहलगाम नजिकै बैसरन उपत्यकामा आतंककारीहरूले २६ पर्यटकको हत्या गरेका थिए। ती मध्ये एक नेपाली नागरिक पनि थिए। १० जनाभन्दा बढी घाइते भएका थिए। एजेन्सी

प्रकाशित: १२ वैशाख २०८२ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App