११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी विराटनगर महानगर अधिवेशन : जनार्दन पक्षका राजवंशीको प्यानलै निर्वाचित

माओवादीको विराटनगर महानगर अधिवेशन

नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा माओवादी नेता जनार्दन शर्मा पक्षका दिनेशकुमार राजवंशीको प्यानल नै निर्वाचित भएको छ। शनिबार विराटनगरमा सम्पन्न निर्वाचनमा राजवंशीको प्यानल पार्टी अध्यक्ष पुष्पकमल दाहाल पक्षकी अध्यक्ष उम्मेदवार नमिता न्यौपानेको प्यानललाई हराउँदै विजयी भएको हो।

राजवंशीले ४६ मत प्राप्त गरी विजयी हुँदा न्यौपानेले ३५ मत मात्रै प्राप्त गरिन्। यसअघि महानगरको उपाध्यक्ष रहेका राजवंशी अब नयाँ नेतृत्वमा उक्लिएका छन् भने पूर्व सचिव न्यौपाने अध्यक्ष पदको दौडमा पराजित भएकी छिन्।

निर्वाचनमा दुई प्रमुख गुटबीच प्रतिस्पर्धा देखिएको थियो। राजवंशीको समूहबाट उपाध्यक्षहरूमा चन्द्रबहादुर वन, धर्मलाल माझी र सनोजकुमार यादव  निर्वाचित भए। यसैगरी, सचिवमा सोनु केवट विजयी भए भने सहसचिवमा दिनेशकुमार कामत निर्वाचित भए। कोषाध्यक्षमा भने मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

माओवादी केन्द्रको विधान अनुसार कार्यसमिति सदस्यहरूले मतदानमार्फत पदाधिकारी चयन गर्ने प्रावधान रहेको छ। यस निर्वाचनमा ८१ जना कार्यसमिति सदस्यहरूले मतदान गरेका थिए।

प्रकाशित: १३ वैशाख २०८२ २०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App