१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तु कारागारमा चार दिनअघि कैदीको मृ'त्यु, सूचना बिहीबारमात्र सार्वजनिक

अचेत भएका कपिलवस्तु कारागारका कैदीको मृत्यु भएको छ ।

गत कार्तिक १५ गते खाना खाएपछि अचानक अचेत भएका ३४ वर्षीय मोहम्मद तप्सिर जोलाहा भनिने मोहम्मद तफ्सिर अन्सारीको मृत्यु भएको हो । उनको मृत्यु ४ दिन अघि भए पनि बिहीबार मात्र खबर बाहिर आएको हो । 

कारागार प्रशासक शेरबहादुर भण्डारीका अनुसार खाना खाइसकेपछि अन्सारी एक्कासि बेहोस भएका उनलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

यसअघि पनि मृतक कारागारमा अचेत भएका थिए । प्रशासक भण्डारीले अन्सारीको मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने बताए । 

कपिलवस्तु कारागारमा दुईवटा ब्लकमा गरी हाल ४२४ जना कैदीबन्दी रहेका छन् । 

प्रकाशित: १९ कार्तिक २०८३ १९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App