१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

जङ्गलको आगो फैलिएपछि नवदुर्गामा क्षति

नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा आगलागी भएको छ। जङ्गलमा आगो फैलिएपछि स्वास्थ्य, महिला तथा बालबालिका र आन्तरिक लेखापरीक्षण शाखामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार साहले जानकारी दिए।

आज दिउँसो आगलागी हुँदा प्रिप्याफ भवन र भवनमा रहेका महत्वपूर्ण कागजात जलेर नष्ट भएका उनले बताए। जङ्गल क्षेत्रमा आगो नियन्त्रणमा नआएकाले जोखिम कायमै रहेको र स्थानीयवासी, नेपाली सेना र प्रहरी संयुक्त रूपमा आगो निभाउने प्रयासमा जुटिरहेका छन्।

दुर्गा भवानी सामुदायिक वनमा लागेको डढेलोको आगो हावाको कारणले पालिकासम्म पुगेको हो। पालिका कार्यालयले हालसम्म क्षतिको यकिन विवरण सङ्कलन गर्न नसकेको जनाइएको छ। रासस

प्रकाशित: १३ वैशाख २०८२ २१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App